Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप र रामेछापवासीको शिर झुक्न दिने छैन– ढुङ्गेल

बद्री नयाँघरे बद्री नयाँघरे
१८ माघ २०८२, शनिबार
in राजनीति, समाचार
0
30
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ,माघ १७ । नेकपा (एमाले) रामेछापबाट आगामी प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा नेकपा एमालेको केन्द्रीय सदस्य माधव ढुङ्गेलले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनबाट आफु निर्वाचित भए रामेछाप र रामेछापवासीको शिर झुक्न दिने खालको कुनै पनि काम नगर्ने दावी गर्नुभयो ।

उहाँले जिल्लाको समग्र विकासका लागि आफु दृढताका साथ लागि पर्ने बताउनु भएको छ ।
सो कुरा उहाँले शनिवार एमाले पार्टीको प्रचार विभागले मन्थलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमका अबसरमा बताउनु भएको हो ।

कार्यक्रमा बोल्दै ढुङ्गेलले अस्थिर राजनितिका कारण देश अप्ठेरो अबस्थामा गुज्रिन लागेको भन्दै राजनीतिक स्थिरता, विकास, समृद्धि र दीगोपनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको पनि बताउनुभयो ।

उहाँले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई उत्साहित तरिकाले सहभागि गराउनु पर्ने भन्दै आफुले सँसदमा पुगेर विकास र समृद्धिका लागि आवश्यक नीति बनाउनका लागि पनि आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । ढुङ्गेलले आफुले विद्यार्थि कालदेखि एमालेको राजनिति यात्राको अनुभव सँगाली सकेको आधारमा रामेछाप सँगै समग्र देशको विकास र समृद्धिका लागि कानुन निर्माणको अविभारा बहन गर्नेका लागि पनि सँसमा आफनो खाँचो औंल्याउनु भयो ।

पत्रकार सम्मेलनमा बोल्दै नेता ढुङ्गेलले गत भदौ २३ र २४ जेन्जीका नाममा भएको विध्वंस र तोडफोड कुनै पनि राष्ट्रवादी नेपालीले गर्न नसक्ने भन्दै ढुङ्गेलले त्यस्ता अराजक खालका घटनालाई रोकेर देशमा सुरक्षा र अमन चयनका लागि पनि रामेछापमा आफनो पार्टिले अनिवार्य रुपमा निर्वाचन जित्नै पर्ने अवस्था रहेको पनि बताउनुभयो ।सो क्रममा उहाँले रामेछापमा पर्याप्त रुपमा कृषि, पर्यटन, जलस्रोत,खनिज र जटिबुटिको सम्भावना रहेको भन्दै त्यसको व्यावसायिक विकास र जलश्रोत बाट प्राप्त हुने रोयल्टीलाई रामेछापेली जनताको सम्बृद्धि सँग जोड्न सकिने जानकारी पनि गराउनु भयो ।त्यस खालका निति निर्माणका लागि पनि आफुले सँसद सम्मको यात्रा तय गर्नेका लागि पनि आफनो उमेद्वारी रहेको ढुङ्गेलले बताउनुभयो ।

निर्वाचनको अभियान अन्र्तगत दुई पालिकाको भ्रमण गरि सकेर फर्केका ढुङ्गेलले सो अभियानबाट आफु उत्साहित भएको बताउनु भयो । निर्वाचन कार्यक्रमको प्रतिवद्धता र जवाफेदेहिता ग्रहण गर्दे उहाँले जेन्जीहरुले उठाएको मागका आधारामा जिल्लामानै रोजगारी सृजना गर्ने खालका विभिन्न आएमहरु पनि सँचालन गर्न सकिने र त्यसको लागि आफु दिमागि रुपमा तयार रहेको पनि बताउनु भयो । उहाँले त्यसका लागि रामेछापमा सामाजिक सञ्जाल ‘फेसबुक÷डिजिटल पाल्ट फर्महरू, (एआई) को डाटा सेन्टर’ निर्माणको लागि प्रारम्भिक चरणको अनुसन्धान गर्न सकिने आधार रहेको र यसलाई पनि आफुले गम्भिरताका साथ अगाडि बढाउने बताउनु भयो । त्यसका लागि डाटा सेन्टर आबश्यक रहेको र उपर्युक्त बातावरण पनि रामेछापको भूगोलमानै रहेको बताउनु भयो ।
आफू पहिलो पटक निर्वाचनमा आएको बताउँदै ढुङ्गेलले नयाँ खोज्नेको मागलाई पनि आफ्नो उपस्थितिले सम्बोधन गर्ने दाबी गर्नुभयो ।
ढुङ्गेलले आफु पहिलो पटक सँसदिय राजनितिमा आउन लागेको भन्दै एक पटक आफूलाई जाँचेर हेर्न जिल्लावासी मतदाताहरु समक्ष पनि आग्रह गर्नुभयो । पार्टिको समग्र राजनिनिमा पुरानो दख्खल भएपनि जिल्लामा आफु नयाँ अनुहारका रुपमा उठ्न लागेको भएपनि आफ्नो चुनावि एजेन्डालाई पनि बुझेर मतदान गर्न पनि आग्रह गर्नु भयो । उहाँले ‘मलाई मात्रै दिनु पर्छ भन्ने छैननी, अरू पनि उम्मेदवार छन्’ मेरो एजेन्डाका आधारमा मनपरे मात्र आफुलाई मतदान गर्न पनि ढुङ्गेलले आग्रह गर्नु भयो । उहाँले आफु पनि युवा र भिजनेवल उम्मेद्वार भएको दाबी गर्दै त्यसको परिणाम निर्वाचन पछि मात्र देखिने विश्वास ब्यक्त गर्नुभयो ।

Share12Tweet8Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१८ माघ २०८२, शनिबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१८ माघ २०८२, शनिबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१८ माघ २०८२, शनिबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१८ माघ २०८२, शनिबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१८ माघ २०८२, शनिबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१८ माघ २०८२, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero