Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

प्रेस युनियनको पत्रकार भेटघाट कार्यक्रम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
८ जेष्ठ २०८३, शुक्रबार
in राजनीति, समाचार, समाज
0
17
SHARES
Share on FacebookShare on Twitter

मन्थली,८ जेठ । नेपाल प्रेस युनियनले शुक्रवार नेपाली काँग्रेसको जरा अभियान –२०८३ सहितको कृयासिल सदस्य अध्यावधिक सम्बन्धि जानकारी लिन पत्रकार भेटघाटको आयोजना गरेको छ ।

युनियनकी अध्यक्ष ज्ञानु श्रेष्ठको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै रामेछाप काँग्रेसका कार्यवाहक सभापति नवराज थोकरले आजैदेखि नेपाली काँग्रेको जरा अभियान–२०८२ सुरु भएको र उक्त अभियान २१ गते भित्र सम्पन्न गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– “यो अभियान एक महिना अघि (बैशाख) देखिनै सुरु भएको भएपनि तत्कालिन पार्टि सभापति पूर्ण बहादुर तामाङ्ग कान्छारामलाई पार्टिले कार्वाही गरेको र कार्यवाहकको चिठि केही समय पछि मात्र मलाई दिएकोले यो अभियान सञ्चालन गर्न ढिलाई भएको हो ।”
उक्त अभियान सम्पन्न गर्न ६४ वटै वडामा प्रतिनिधि खटाउने तयारी भैरहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रमका अबसरमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै सो अभियानका केन्द्रीय प्रतिनिधि किरण गिरीले बिशेष महाधिबेशनबाट म्यान्डेट पाएर आएको नेपाली काँग्रेस पार्टीले यसअघि नविकरण गरिएका कृयासिल सदस्यहरूलाई डिजिटल प्रणालीमा आबद्ध गरी अद्यावधिक गर्ने योजनाका साथ यो अभियान थालिएको बताउनुभयो ।

बाहिर हल्ला भए जस्तो पार्टि फुट्ने कुरा कल्पना पनि गर्न नसकिने बरु मिलएर लानलाई केन्द्रीय सभापति गगन कुमार थापाले अझैपनि निकै प्रयत्न गरीरहनु भएको पनि उहाले बताउनुभयाे । उहाँले भन्नुभयो– “जुनसुकै शक्तिशाली पार्टिको सरकार तीन बर्ष नटिकेकाे इतिहास नेपालमा भएको भन्दै तानाशाह नटिकेको,राजा नटिकेको यो मुलुकमा वालेन सरकारको रबैया पनि टिक्दैन । यो सरकारको आयु पनि ३ बर्ष भन्दा बढि हुँदैन । यो हावाहुरीमा आएको सुनामी जस्तै भएकोले रवि,वालेन र सुधनको रबैया विस्तारै निस्तेज भएर जाने पक्का छ ।”

कार्यक्रमा अबसरमा पार्टिका प्रबक्ता कुमार श्रेष्ठले यस अघि नवराज थोकरलाई दिइएको प्रशिक्षण विभागको जिम्मेवारी उपसभापति लेख बहादुर कार्की लाई दिने, ६४ वटा वडामा जरा अभियान सञ्चालन गर्न लागि जिल्लाबाट प्रतिनिधि खटाउन सचिवालय लाई जिम्मेवारी दिने,साथै जरा अभियान प्रभावकारी ढंगबाट सम्पन्न गर्ने निर्णय भेलाले गरेको कुरा सार्बजनिक गर्नुभयाे । विस्तारित भेला पछि नेपाली काँग्रेस जिल्ला कार्य समितिको बैठक समेत आयोजना गरिएको थियो ।

Share7Tweet4Share1

Related Posts

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

८ जेष्ठ २०८३, शुक्रबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

८ जेष्ठ २०८३, शुक्रबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

८ जेष्ठ २०८३, शुक्रबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

८ जेष्ठ २०८३, शुक्रबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

८ जेष्ठ २०८३, शुक्रबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

८ जेष्ठ २०८३, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero