Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आम सञ्चारगृह सम्बन्धि निर्णय फिर्ता नभए पत्रकारहरू आदोलनमा उत्रने

नेपाल अभियान नेपाल अभियान
५ असार २०७८, शनिबार
in समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ५ असार । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७८÷०७९ का लागि सार्वजनिक गरेको बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापना गर्नेगरी बजेट बिनियोजन गरेको प्रति पत्रकारहरू आन्दोलनमा उत्रने भएका छन् ।

सो विषयममा सर्बत्र बिरोध र निन्दा हुन थालेपछि नेपाल पत्रकार महासंघले शनिवार आयोजना गरेको भर्चुअल (जुम) अन्तरकृयाले पत्रकार महासंघ बागमती प्रदेश समितिको नेतृत्वमा आन्दोलनमा जाने निर्णय गरेको हो ।
अन्तरकृयाका क्रममा प्रदेश सरकारको उक्त निर्णय स्वतन्त्र प्रेसको बिश्वब्यापी मान्यता बिपरित रहेको र त्यसले लोकतन्त्रको आधारभूत मुल्य र मान्यतामै प्रहार गर्ने नियत देखिएको भन्दै अधिकांस बक्ताहरुले आपत्ति जनाएका थिए ।
नेपाल पत्रकार महासंघको बागमती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतमा सम्पन्न बागमती प्रदेश सरकारको बजेट र त्यसमा समेटिएका सञ्चार क्षेत्र संबन्धि बिषयहरू सम्बन्धि भर्चुअल अन्तरकृयाका सहभागिहरुले सञ्चारमैत्री हुन नसकेकोमा चिन्ता ब्यक्त गर्दे स्वतन्त्र प्रेस बिरोधि नीतिहरू कार्यान्वयन हुन नदिन दवावमुलक कार्यक्रमहरू संचालन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले लोकतान्त्रिक राज्य ब्यवस्थामा सरकार आफैंले संचारमाध्यम संचालन गर्ने बिषय स्वीकार्य नहुने बताउँदै लोकतन्त्रको मर्ममा प्रहार गर्ने गरी आएका नीति र कार्यक्रमहरू फिर्ता नभए महासंघ कडा आन्दोलनमा उत्रने चेतावनी समेत दिए । सरकारी संचारमाध्यमहरूलाई पूर्ण सम्पादकीय स्वतन्त्रतासहित सार्वजनिक प्रशारण सेवाका रुपमा बिकसित गर्ने बहस चलिरहेका बेला बागमती प्रदेश सरकारले आमसञ्चार गृह स्थापना गर्ने नीति अख्तियार गरेको प्रति महासंघको गम्भिर आपत्ति रहेको बताउँदै अध्यक्ष पोखरेलले प्रेस स्वतन्त्रता बिरोधि सबै खाले हर्कतहरूका बिरुद्ध सबैको ऐक्यबद्धता रहनुपर्ने धारणा समेत ब्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देलले आफु नियन्त्रित सञ्चारगृह संचालन गर्ने तयारीले बागमती प्रदेशमा लोकतन्त्र नभएको दुःखद अनुभुति गराएको बताउँदै सञ्चारक्षेत्रलाई नियन्त्रणमा राख्ने र स्वरोजगारमुलक संचारमाध्यमहरूलाई समस्यामा पार्ने नीतिको कडा प्रतिरोध गरिने बताउनुभयो ।
अन्तरकृयामा महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रतिष्ठान प्रदेश समितिका अध्यक्ष बालकृष्ण अधिकारी, बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप बिष्ट, बागमती प्रदेश समितिका महासचिव कृष्ण सारुमगर, उपत्यका प्रदेश समितिका महासचिव टेनिश रोका, प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी र प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापाले बागमती प्रदेश सरकारले सञ्चारमाध्यमको प्रबद्र्धन भन्दा पनि नियन्त्रणको गलत नियत राखेको बताउँदै सरकारको नियन्त्रणमुखी सोचका बिरुद्ध चरणबद्ध आन्दोलनमा उत्रनुको बिकल्प नरहेको धारणा ब्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, चितवनका अध्यक्ष नारायण अधिकारी, धादिङका अध्यक्ष राजाराम शर्मा, काभ्रेका अध्यक्ष बद्रीराज तिमिल्सिना, ललितपुरका अध्यक्ष सागर न्यौपाने र मकवानपुरका अध्यक्ष मणिराज गौतम लगायतले सञ्चार क्षेत्रलाई दीर्घकालीन असर पार्ने बागमती सरकारको आम संचारगृह संचालन संबन्धि नीतिको खारेजीका लागि तत्काल दवावमुलक कार्यक्रमहरु संचालन गर्नुपर्ने र त्यसमा जिल्ला शाखाहरुको सक्रिय सहभागिता रहने स्पष्ट पारेका थिए ।
यसअछि गत असार १ गते सार्वजनिक बागमती प्रदेश सरकारको आर्थिक बर्ष २०७८–०७९ को बजेट बक्तव्यमा प्रदेश सरकारको स्वायत्त संस्थाको रुपमा आम संचारगृह स्थापनाका लागि १० करोड रुपैयाँ बिनियोजन गरिएको थियो । प्रदेश सरकारले यसअघि कार्यान्वयनमा आएर संचारमाध्यमहरुको प्रबद्र्धन र संचारकर्मीहरुको क्षमता अभिबृद्धिका लागि प्रेस रजिष्ट्रारको कार्यालय मार्फत कार्यान्वयन हुने कार्यक्रमहरुमा समेत बजेट कटौती गरिनुलाई महासंघको बागमती प्रदेश समितिले दुर्भाग्यपूर्ण ठहर गरी सरकारको उक्त निर्णय फिर्ता नभए चरण बद्ध आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

Share12Tweet8Share2

Related Posts

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

५ असार २०७८, शनिबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

५ असार २०७८, शनिबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

५ असार २०७८, शनिबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

५ असार २०७८, शनिबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

५ असार २०७८, शनिबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

५ असार २०७८, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero