नयाँदिल्ली (भारत ), २६ कार्तिक । नेपालको कला तथा संस्कृति जोगाउन भारतको नयाँदिल्लीमा रहेका प्रवासी नेपालीहरुले पनि तिहारको बेला देउसी भैलो खेलेका छन् । उनीहरुले संस्थागत रुपमै नेपाली संस्कृति जगेर्ना गर्दै चार्ड पर्व मनाएर रमाइलो गर्ने उद्धेश्यका साथ देउसी भैलो खेलेका हुन् ।
नेपालबाट सो ठाँउमा रोजगारी तथा अन्य सिलसिललामा अाई बसोवास गर्ने नेपालीरुको घर,पसल तथा आवासिय क्षेत्रमा प्रवासी नेपाली मञ्च र मगर समाज लगाएतका संस्थाहरु दिल्लीमा देउसी भैलो खेलेको एन वि टुर एण्ड ट्राभल्सका सञ्चालक विष्णु शाहीले नेपाल अभियानलाई बताउनुभयो ।
हराउदै गएको देउसी भैलोको नेपाली संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै तिहारका बेला घर गएर परिवारसँग रमाइलो गर्न नपाएका नेपालीदाजुभाई तथा दिदिवहिनीहरुका लागि तिहार भरी देउसी भैलो कार्यक्रमको आयोजना गरिएको प्रवासी नेपाली सम्पर्क मञ्च भारतका रमेश बुढाथोकीले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया