मन्थली, २३ कार्तिक । आधुनिक गित र सङ्गितका कारण तिहारमा खेलिने देउसी भैलोको मौलिकता हराउदै जान थालेपछि यहाँका बिभिन्न सङ्गठनहरू देउसी भैलोको मौलिकता जोगाउन जुटेका छन् ।
तिहारका बेला खेलिने परम्परागत देउसी भैलो लोप हुने संम्भावना बढेपछि त्यसलाई संरक्षण गर्न रामेछापमा नेपाल प्रेस युनियन रामेछाप, ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थली र राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रामेछापले मौलिकता जोगाउन सामुहिक देउसी भैलो खेलेका हुन् ।
ति संङ्गठनहरुले सकभर मादल र झ्याली बजाएर भट्याएको देउसी खेलेर संस्कार र संस्कृति जोगाउने प्रयास गरिरहेका छन् ।
आफ्नो संस्थामार्फत मौलिक र परम्परागत देउसी कस्तो हुन्छ भनेर वर्तमान पुस्तालाई देखाउदै जनचेतना जगाउने योजनका साथ आफुहरुले देउसी भैलो खेलिएको नेपाल प्रेस युनियन रामेछापका उपाध्यक्ष सागर बोहोराले बताउनुभयो ।
पछिल्लो समयमा देउसी भैलो निक्कै भड्किलो तथा उछृङ्खल खाले हुँदै गएको छ । पश्चिमेली तथा विदेशी मुलुकहरुको नक्कल गरेर देउसी भैलो खेल्दा परम्परागत नेपाली मौलिक कला र सस्कृतिहरु हराउदै गइरहेको प्रति यहाँका स्थानीय चिन्तित छन् ।
यसरी संस्कृतिहरु हराउदै जादा पछिल्लो पुस्तालाई मौलिक देउसीका बारेमा जानकारी नहुने अबस्था सृजना हुने हुँदा जुनसुकै समुहले पनि देउसी भैलो खेल्दा मौलिकता झल्कने गरी खेल्नु पर्ने स्थानीय सममाजसेवी एबं पत्रकार बद्री नयाँघरे बताउनुहुन्छ ।
पछिल्लो समयमा देउसीका र्याप र पप गितमा रमाउने चलन बढ्दै गइरहेको छ । देउसी भट्याउनेको भाका पनि रेकर्ड गरी ल्याएर देखावटी देउसी भैलो खेल्ने गरिएको छ ।
देउसी भैलोलाई परम्परागत संस्कृति जगेर्ना गर्ने मात्र हैन आध्यात्मिक ज्ञान सँग पनि जोड्नु पर्छ भन्ने सन्देश दिने उद्ेश्यले आफ्नो संस्थामार्फत लोप हुन लागेको देउसी भैलो लाई परम्परागत शैलीबाट हरेक वर्षको तिहारमा खेलेर मनोरन्जन गर्ने गरेको ब्रम्हकुमारी राजयोग सेवा केन्द्र रामेछापका श्याम श्रेष्ठ बताउनुहुन्छ ।
वर्तमान समयमा मौलिक देउसी भैलो मात्र हैन स्थानीय कला र गलाको संरक्षण हुन छाडेको छ ।
तिनै मौलिकता तथा कला र गलालाई संरक्षण र सम्बद्र्धन गर्ने उद्धेश्यले आफुहरुले पनि यो बर्षको तिहारमा दुइदिन सम्म परम्परागत मौलिक ढङ्गको देउसी भैलो खेलेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष कल्पना सुनुवार बताउनुहुन्छ ।
स्थानीय कला सस्कृति जगेना गर्नु सबैको कर्तब्य हो । तर अहिलेको पुस्ता पश्चिमा शैलीको सिको गर्ने गरेकाले मौलिक र नेपाली पन भने झनै हराउदै गएको छ । यसका लागि सबैले देउसी भैलोको सस्कृति जोगाउ अभियान सञ्चालन गर्ने हो भने मात्र यस्ता मौलिक संस्कृति जोगिने समाजसेवी नवराज घिमिरेले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया