रामेछाप,१३ भदौ । प्रदेश सभापति इन्द्र बानियाले प्रदेश सदस्यमा मनोनित गरे सँगै रामेछाप नगरपालिका वडा नं ८ का सम्भु घिमिरेले यहि मंसिर ४ गते हुने सांसदको निर्वाचनमा रामेछाप प्रदेश सभा “क” बाट आफ्नो दावी रहेको बताउनु भएको छ ।
घिमिरेले नेपाली कँंग्रेसको लामो राजनितिक यात्रा पछि प्रदेश सभा “क” मा आफ्नो दावी पार्टि भित्र रहेको बताउनु भएको हो ।
घिमिरेले भन्नुभयो – “नेपाली काँग्रेस भित्र मेरो पनि टिकटको दावी छ । मैले बिगत लामो समय देखि नै पार्टीमा रहेर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पार्टीलाई सहयोग गर्ने गरेको छु र गाँउमा सामाजिक काम पनि गरिरहेको छु ।
जिल्लाका सबै नागरिक सँग पनि मेरो राम्रो सम्बन्ध छ । प्राय उनीहरुको घर दैलोमा म बिभिन्न कार्यक्रम लिएर पगेको छु । त्यसैले पार्टीले बिश्वास गरे मलाई टिकट दिएमा सहज तवरले पार्टिको जित गराएर देखाउने छु ,यो मेरो प्रतिवद्धता हो ।”
२०४६ सालदेखि पार्टिमा निरन्तर रुपमा लाग्नु भएका घिमिरे गठबन्धन भएपनि वा नभएपनि चुनाव लड्न आफु तयार रहेको बताउनुहुन्छ ।
हल सम्म पार्टिबाट घिमिरेले कुनैपनि लाभको पद लिनुभएको छैन ।
घिमिरे लायन्स क्लवमा रहेर सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । घिमिरेले बिपदमा परेका , समस्यामा परेका जिल्लाका बिभिन्न क्षेत्रका नागरिकलाई लायन्स क्लव मार्फत र ब्यक्तिगत रुपमा सहयोग गर्दै आउनु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया