Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“बिगतमा गरेको सामाजिक कामनै मैले चुनाव जित्ने आधार हो ”–कान्छाराम

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०७९, शनिबार
in राजनीति, समाचार
0
20
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२९असोज । नेपाली काँग्रेस रामेछापका प्रतिनिधि सभा सदस्यका उम्मेद्वार पुर्णबहादुर तामाङ्ग (कान्छाराम) ले बिगतमा गरेको सामाजिक कामका आधारमा आफुले चुनाब जित्ने दाबि गर्नु भएको छ ।
शानिवार राजधानी काठमाडौमा आयोजित चुनावी सभा कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
सो अबसरमा उहाँले आफु आफ्नो स्वार्थको लागि नभएर जनताको सेवाकै लागि राजनीतिमा समर्पित भएकोले आफनो जनसेवा गर्ने अभिलाषाले आगामि मंसिर ४ को निर्वाचन बाट पूणर््ाता पाउने दाबि पनि गर्नु भयो ।
उहाँले एमालेले जस्तो मिठो भाषण गरेर मात्र जनताको सेवा हुन नसक्ने भन्दै शुद्ध मनले जनताको सेवा गर्ने भावना भएको नेतानै अहिलेको आबश्यक्ता रहेको पनि बताउनु भयो । विभिन्न पार्टिका नाममा धेरै नेताहरुले मिठा र चिल्ला भाषण गर्ने तर नागरिकका सबाल र समाजिक समस्याका बारे ध्यान नदिने प्रवृतिका बिरुद्ध आफ्नो उमेद्वारी रहेको पनि उहाले ठोकुवा गर्नु भयो ।

यसका लागि आफनो पार्टि गठबन्धन सहित चुनाबी मोर्चामा सामेल भएकोले गठबन्धनको समुहलाईनै विजयी बनाउन पनि मतदाताहरुलाई आग्रह गर्नु भयो ।
उहाँले एमाले उमेद्वार कैलाश ढुंगेललाई लक्षित गरी सरकारी ढुकुटी बाट गरेको कामलाई आफुले गरेको भन्दै प्रचार गर्नेको पछि नलाग्न समेत मतदाताहरुलाई आग्रह गर्नु भायो । आफू सामाजिक सेवा र जिल्लाको विकास प्रति समर्पित भएको भन्दै तामाङले निर्वाचित भएको अबस्थामा आफूले नमूना काम गरेर देखाउने दाबि गर्नुभयो ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा आफनो पार्टि एक्लै चुनाबमा होमिदा पनि मतदाताहरुले आफुले ईज्जतिलो मत दिएको स्मरण गर्दे उहाँले त्यस बेलाको चुनावी सभामा बोलेको कुरा आफुले पराजित भएर पनि पुरा गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो– मैले ढाँट्न जानेको छैन्, म जे बोल्छु त्यो पुरा गर्छु । मेरो अरुको जस्तो चुनाबको बेला बोल्ने र चुनाब जिते पछि बेवास्ता गर्ने बानी छैन् । त्यसकारण पनि मंसिर ४ गते हुने निर्वाचनमा नागरिक हरुले म र मेरो साथमा रहेको गठबन्धन समुहका उमेद्वारहरुलाई जिताउने कुरामा म बिश्वस्त छु ।

अघिल्लो निर्वाचनमा पराजय भए पनि तामाङ्गले जिल्लामा १४ वटा एम्बुलेन्स, १ वटा शववाहन ब्यक्तिगत रुपमा विभिन्न गाउँ पालिका र वडा तथा क्लव मार्फत सञ्चालन हुने गरी उपलब्ध गराउनु भएको थियो ।
त्यसैगरी उहाँले कोरोना महामारीका बेला कोरोनका विरामीहरुकालागि निःशुल्क ६ महिना सम्म एम्बुलेन्स सेवा पनि उपलब्ध गराउनु भएको थियो । निर्वाचनमा पराजित भएर पनि उहाँले ब्यक्तिगत रुपमा रामेछापका विभिन्न स्थानमा सडक निर्माण लगाएतका कामहरु गरेर जनताको मन जित्ने काम गरेको मन्थली वडा नं –५ का वडा अध्यक्ष नविन कार्की बतउनु भयो ।
उल्लेखित र अन्य दर्जनौ समाजसेवाबाट मतदाताहरु विच लोकपृय बनेका कान्छाराम पार्टिको घोषणा पत्र र आफनो चुनाबि प्रतिबद्धताका आधारमा पार्टिले तयार पारेको कार्यतालिका सहित असोज ३१ गतेबाट गठबन्धन सहितको साझा चुनाबि अभियानमा गाउँ जान लाग्नु भएको नेपाली काँग्रेसका उप–सभापति लेख बहादुर कार्किले जानकारी दिनु भयो ।
कार्यक्रममा गठबन्धन दलका तर्फबाट प्रदेश क का उमेद्वार तारानारायण श्रेष्ठ, र प्रदेश ख का उमेद्वार युवाराज चौलागाँई को समेत उपस्थिति रहेको थियो ।
सो अबसरमा बोल्दै प्रदेश सभा क का उमेद्वार तारानारायण श्रेष्ठ ले राजतन्त्रको अन्त्य सँगै संघिय गणतन्त्रको संस्थागत विकासका लागि पनि गठबन्धन लाई जिताउनु अपरिहार्य रहको बताउनुभयो ।
त्यसैगरी प्रदेश ख का उमेद्वार युवराज चौलागाईले समग्र जिल्लाको समृद्धि र विकासका लागि पनि गठबन्धनलाई अनिवार्य रुपमा जिताउनु पर्ने कुरालाई जोड दिनुभयो ।

Share8Tweet5Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ आश्विन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ आश्विन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ आश्विन २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ आश्विन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ आश्विन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२९ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero