Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गठबन्धनको जित सुनिश्चित –कान्छाराम

नेपाल अभियान नेपाल अभियान
१४ कार्तिक २०७९, सोमबार
in राजनीति, समाचार
0
26
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१४ कार्तिक । लोकतान्त्रिक वाम गठबन्धनका प्रतिनिधि सभा का उमेद्वार पूर्ण बहादुर तामाङ (कान्छाराम) ले रामेछाप जिल्लामा गठबन्धनको जित सुनिश्चित भैसकेको बताउनुभएको छ । सो कुरा उहाले रामेछाप नगरपालिकाको रामपुरमा सोमबार आयोजित चुनावी सभाका अबसरमा बताउनुभएको हो ।
उहाले गठबन्धनको जित सुश्चितका आधारहरुमा बिष्लेषण गर्दै भन्नुभयो–“रामेछापमा गठबन्धनले जित्ने पर्याप्त आधारहरु छन् त्यसमध्ये पहिलो आधार भनेको जिल्लाका ८ वटा स्थानीय तह मध्ये ५ वटा तह गठबन्धनले छ दोस्रो आधार भनेको २०७४ को निर्वाचनमा एमाले र माओवादी मिल्दा पनि काँग्रेसले मैले ३५ हजार ७ सय ७१ मत प्राप्त गरे । तत्कालिन मेरा प्रतिद्धन्दी श्याम कुमार श्रेष्ठले ४२ हजार १ सय १७ मत प्राप्त गरी ६ हजार ३ सय ४६ मतान्तरले मात्र आफु उपबिजेता भएकोले अब आफुले माओवादी र काँग्रेको गरी ६५ हजार भन्दा बढि मत ल्याई एमाले सँग दोब्वरको फरकमा चुनाव जित्ने सुनिश्चित छ । ”

स्थानीय निर्वाचन–२०७९ मा रामेछाप नगरपालिका, लिखु तामाकोशी गाउपालिका र गोकुलगंगा गाँउपालिका नेपाली काँग्रेसले जितेको छ भने सुनापति र दोरम्बा शैलुङ गाँउपालिका माओवादी केन्द्रले जितेको छ । यसका आधारमा पनि गठबन्धन वलियो भएको नेपाली काँग्रेसका जिल्ला सचिब दिपक खड्काले बताउनुभयो ।
जिल्लाका स्थानीय तह मध्ये ३ वटा पालिका मात्र एमालेले जितेको थियो । त्यस मध्येमा पनि नेकपा एमालेले जितेका पालिका अन्तर्गत ७ वटा वडा रहेको उमाकुण्ड गाँउपालिकामा उपाध्यक्ष(काँग्रेस) सहित २ वटा वडा (१ काँग्रेस, १ मओवादी) गठबन्धनले जितेको छ । त्यसैगरी ९ वटा वडा रहेको खाँडादेवी गाँपालिकामा पनि २ वटा वडा गठबन्धनले जितेको छ भने मन्थली नगरपालिकामा पनि वडा नं १,४,६,७,१०,१२ काँग्रेस वडा नं ११ माओवादी र वडा नं ५ मा समाजवादि सहित ८ वटा वडा गठबन्धनले जितेकोले पनि यो निर्वाचन गठबन्धनको जित सुनिश्चित जस्तै भएको बिश्लेषकहरुले बतएका छन् । गठबन्धनको आँकलन अनुसार गठबन्धनलाई कम मत झर्ने पालिका भनेको खाँडादेवी गाँउपालिका मात्र हो, अरु बाँकी सबै पालिकामा पर्याप्त मत गठबन्धनलाई आउने भएकोले पनि गठबन्धनको जित पक्का पक्की भएको बिश्वास गरिएको छ ।

यस अघि कस कसले जिते रामेछापबाट निर्वाचन ?
तत्कालिन अबस्थामा क्षेत्र नं १ र २ गरी २ वटा निर्वाचन क्षेत्र रहेको रामेछापमा पञ्चायति ब्यवस्था पछि प्राप्त बहुदलिय ब्यवस्थाको पहिलो २०४८ सालको निर्वाचनमा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका लक्ष्मण प्रसाद घिमिरे र एमाले र जनमोर्चा को वाम गठबन्धनभई कमल चौलागाँइ बिजयी भएका थिए । त्यस पछि भएको २०५१ सालको मध्यावदी निर्बाचनमा क्षेत्र नं १ बाट नेकपा एमालेका देवशंकर पौडेलले काँग्रेका लक्ष्मण घिमिरे लाई ११ मतान्तरले पराजित गरेर आफु बिजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका पद्म शंकर अधिकारी निर्वाचित भएका थिए । त्यसैगरी २०५६ सालको निर्वचनमा क्षेत्र नं १ बाट नेपाली काँग्रेसका रामहरी ढुंगेल र नेकपा एमालेका कमल प्रकाश सुनुवार बिजयी भएका थिए । त्यस पछि जन युद्धका कारण लामो समय सम्म हुन नसकेको निर्वाचन संविधान संसोधन गर्ने सर्त सहित भएको शान्ति सम्झौता पछिको २०६४ को निर्वाचनमा क्षेत्र नं १ र २ बाट तत्कालिन नेकपा माओवादीका क्रमश तारानारायण श्रेष्ठ र डिल्लीमान तामाङले निर्वाचन जितेका थिए ।
५ वर्ष सम्म पनि संविधान सभाले नयाँ संविधान दिन नसकेपछि २०७० सालमा पुनःदोस्रो संविधान सभाको निर्वाचन भयो । सो समयमा भएकोे निर्वाचनमा क्षेत्र नं १ बाट नेकपा एमालेका कमल प्रकश सुनुवार र क्षेत्र नं २ बाट एकिृकत माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठ विजयी भएका थिए ।
त्यस पछि भएको संघिय संरचना अनुसार रामेछापलाई प्रतिनिधि सभाको १ र प्रदेश सभाको २ क्षेत्रमा बिभाजन गरियो । सोहि अनुसार २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाका सदस्यको निर्वाचनमा नेकपा एमाले र मओवादी केन्द्रले संयुक्त वामगठबन्धन गरी प्रतिनिधि सभामा माओवादी केन्द्रका श्याम कुमार श्रेष्ठले काँग्रेसका उमेद्वार पूर्णबहादुर तामाङ कान्छाराम लाई ६ हजारको मतान्तरले पराजित गरी आफु बिजयी भए भने प्रदेश सभा (क) मा शान्ति प्रसाद पौडेल र (ख) मा कैलाश प्रसाद ढुंगेल विजयी भएका थिए । यि इतिहासका का आधारमा पनि गठबन्धनले चुनाव जीत्ने पक्का पक्की भएको नेपाली काँग्रेसका निवर्तमा पार्टि सभापति लवश्री न्यौपानेले बताउनुभयो ।


Share10Tweet7Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१४ कार्तिक २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१४ कार्तिक २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१४ कार्तिक २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१४ कार्तिक २०७९, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१४ कार्तिक २०७९, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१४ कार्तिक २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero