Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“सेना भित्र हुने भ्रष्ट्राचारको अन्त्य गर्न रक्षा मन्त्री हुने रहर छ ”–कान्छाराम

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१३ मंसिर २०७९, मंगलवार
in राजनीति, समाचार
0
45
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,१३ मंङ्सिर । नव निर्वाचित प्रतिनिधि सभाका सांसद पूर्णबहादुर तामाङ .(कान्छाराम)ले सेना भित्र लुकेको भ्रस्टाचार हुने भएकोले त्यसको अन्त्य गर्न आफुलाई रक्षा मन्त्री हुने रहर भएको बताउनु भएको छ ।
भुतपूर्व सैनिक संघ र भूतपूर्व सैनिक वचत तथा ऋण सहकारी संस्थाले संयुक्त रुपमा गरको नव निर्वाचित सांसदहरुलाई सम्मान कार्यक्रमका अबसरमा उहाले सो कुरा बताउनु भएको हो ।


उहाले भन्नुभयो–सेनाको अनुशासित पन आफुलाई मन पर्ने गरेको भएपनि उनीहरु भित्र हुने गरेको लुकेको भ्रष्ट्राचार आफुलाई मन नपर्ने र त्यस्तो कृयाकलापलाई आफुले जरैदेखि उखेलेर फाल्न मन छ । काठमाण्डौको भद्रकालीमा र महाङकल थान मा सेनाको कल्याणकारी कोष बाट निर्मित करोडौ लागतको भवन बिना टेन्डर निर्माण गरिएको र त्यस वापद त्यहाका उच्च ओहदाका ब्यक्तिहरुले भ्रष्टाचार गरेको आरोप लगाउनुभयो ।
अब आफुले जिल्लाको सबै क्षेत्रको बिकासका लागि पहल गर्ने भन्दै भूपु सैनिक लाई पनि आबश्यक सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।
भूपु सैनिक संघ रामेछापका अध्यक्ष जय बहादुर कठायतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा प्रदेश सभा क का सांसद तारानारायण श्रेष्ठ, र ख का सांसद युवराज चौलागाँइले पनि आ–आफ्नो मन्तब्य राख्दै आफुहरुको काधमा रामेछापका नागरिकले ठुलो जिम्मेवारी दिएको प्रति धन्यवाद दिदै उनीहरुले दिएको मतको कद्दर गर्दै आबश्यक कामहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


यसै बिच मन्थली बचत तथा ऋण सहकारी संस्थाले पनि नव निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । संस्थाको आफ्नै कार्यालयमा गरिएको सम्मान कार्यक्रमका अबसरमा बोल्दै प्रनिनिधि सभाका सांसद कान्छाराम तामाङले करोडौ को कारोवार गर्न सफल भइसकेको मन्थली वचतको बिस्तार जिल्लाभर गर्न अनुरोध गर्नुभयो । आफुले कोभिडका बेला जिल्लाका नागरिकहरुको उपचारका लागि सहयोग पुगोस भनेर आफु पदमा नहुँदा पनि करिव २५ लाख बरावरको आई सि यू बेड तामाकोशी अस्पताललाई दिएको स्मरण गर्दै अब जिल्लामा यसलाई सुबिधा सम्पन्न अस्पताल बनाउन आफुले सकेको सहयोग गर्ने र कानुनले मिले सम्म हरेक वर्ष पूर्बाधार विकासका लागि आफ्नो नाममा आउने रकमको २० देखि २५ प्रतिशत सम्मको रकम तामाकोशी अस्पतालमा नै खर्च गर्ने तर त्यो खर्च पारदर्शि हुनुपर्नेकुरालाई जोड दिनुभयो ।
कार्यक्रमका अबसरमा प्रदेश सभा क का सांसद तारानारायण श्रेष्ठले स्वर्गिय जगदिश घिमिरेको स्मरण गर्दै उहाद्धारा लिखित अन्तरमनको यात्रा आफुले पढेको र त्यसमा जिल्लाको सबै समस्या र त्यसका लागि आफुले गरेको प्रयासका बारेमा स्प्रस्ट पारिएको भन्दै उहाले देखाउनुभएको वाटोमा आफुहरु हिडन तयार रहेको बताउनुभयो ।

यसै बिच मंगलवारनै व्रम्हाकुमारी राजयोग सेवा केन्द्र मन्थली ले पनि नव निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ ।
सो अबसरमा बोल्दै सांसद तामाङले आफुलाई यसमा लाग्नेहरु असाध्यै मनपर्ने भएकोले सबै जना यस अभियानमा लाग्नेहो भने कुुनैकिसिमको झै झगडा र रीस राग नहुने बताउनुभयो । उहाले यस सस्थाको बिकासका लागि आफुु लागिपर्ने भन्दै अबका दिनमा यस तर्फ लाग्न सबैलाई अनुुरोध गर्नुभयो ।

सोहि अवसरमा बोल्दै प्रदेश सभा क का सांसद तारानारायण श्रेष्ठले शरिर र आत्माको बारेमा ब्याख्या गर्दै आत्मा र परमात्माका बारेमा चर्चा गर्नुभएको थियो ।

Share18Tweet11Share3

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ मंसिर २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ मंसिर २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ मंसिर २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ मंसिर २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ मंसिर २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१३ मंसिर २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero