
रामेछाप ,१२ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टी भित्रको समस्याको समाधान पार्टीको विशेष महाधिवेशन भएको बताउनु भएको छ ।
सो कुरा उहाँले मन्थलीमा नेपाली काँग्रेस रूपान्तरण अभियान अन्तर्गत आयोजित बागमती विषेशको अन्तरक्रिया कार्यक्रमका अवसरमा बताउनु भएको हो ।
उहाँले पार्टीको बैठक नबसेको पनि ११ महिना भएकोले पार्टी भित्र देखिएको समस्याका बारेमा सुझाव दिन नपाएको बताउनुभयो, उहाँले पार्टी सुधारका लागि दबाब दिन र गाउँ गाउँका कार्यकर्ताहरूको मनोवाद उच्च राख्न यो अभियान सञ्चालन गरेको बताउनुभयो ।
सो अवसरमा बोल्दै बागमती प्रदेश प्रतिनिधि एवं अभियान टोलीका सदस्य जगदीश नरसिंह केसीले भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पार्टीले कार्वाहि गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीले आफ्ना र आफन्त नभनी आपराधिक क्रियाकलाप गर्ने जो सुकैलाई पनि कार्वाहिको दायरामा ल्याउनु पर्ने बताउनुभयो । ।
कार्यक्रम का अवसरमा बोल्दै नेपाली काँग्रेस रामेछापका नेता कृष्ण महतले पार्टी भित्रको आन्तरिक द्धन्द का कारण १४औ जिल्ला अधिवेशनमा आफूलाई आफ्नै समूहका साथीहरूले हराएकोले पार्टीभित्र कसैको विश्वास नहुने बताउनुभयो ।
सो अभियानमा को टिममा रहेका काँग्रेस नेतृ विष्णु देवी पाण्डे र धर्मेन्द्र नेवाङले पनि अभियानका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश काँग्रेसका कार्यकर्ताहरूले गुट उपगुटको अन्त्य नभएसम्म र शेरबहादुर देउवाको नेतृत्व रहुन्जेल सम्म काँग्रेस पार्टी रूपान्तरण नहुने ठोकुवा गरेका थिए ।
यो बारेमा तपाईको प्रतिकृया