Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप काँग्रेस महासमिति सदस्य निर्वाचन प्रकृया सुरु ,
११ पदका लागि २१ जनाको उमेद्वारी, जनजाति महिला र दलित निर्विरोध निर्वाचित

नेपाल अभियान नेपाल अभियान
२३ मंसिर २०८०, शनिबार
in राजनीति, समाज
0
174
SHARES
Share on FacebookShare on Twitter


रामेछाप,२३ मंसिर । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागि शनिवार २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ जना महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उमेद्वारी दर्ता गराएको निर्वाचन समितिका संयोजक लक्ष्मण कुमार घिमिरेले जानकारीे दिनुभयो ।

महासमिति सदस्यमा जनजाति महिला र दलित सदस्यहरु भने निविरोध भएका छन् । निर्वाचन समितिका अनुसार उक्त समावेसी पदका लागि १÷१ जना निर्वाचित हुने विधान अनुसार सो पदका लागि १ ÷१ जनाको मात्र उमेद्वारी परेका कारण उनीहरु निर्विरोध निर्बाचित भएका हुन् । यसरी निर्वाचित हुनेहरुमा जनजाति महिला र दलित सदस्यहरुमा क्रमशः कुमारी हायु र बलवहादुर दमाई रहनुभएको छ ।

महासमिति सदस्य खुल्ला ५ जनाका लागि १० जनाको उम्मेदवारी परेको भने खुल्ला २ महिलाका लागि ५ जनाको उमेद्वारी परेको छ । त्यसैगरी १ जना खस अर्यका लागि २ जनाको उमेद्वारी परेको छ भने आदिवासी जनजाति खुल्लाका १ पद का लागि २ जनाको उमेद्वारी परेको छ ।
यसरी उमेद्वारी दर्ता गराउनेहरु मध्ये खुल्ला ५ पदका लागि उमेद्वारी दर्ता गराउनेहरुमा पर्टि सभापति पूर्ण बहादुर तामाङ (कान्छाराम), पूर्व पार्टि सभापति रामचन्द्र खड्का, बागमती प्रदेश समेत रहनुभएका अर्जुन के सी महाधिवेशन प्रतिनिधिहरु क्रमश भरत चौलागाई, युवराज भट्टराई, ध्रुवहरी ढुङ्गेल, झप्पडराज भण्डारी, वीर बहादुर तामाङ, रत्न बहादुर कार्की, गेल्जे शेर्पाले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तैगरी खुल्ला महिला २ जनाका लागि उमेद्वारी दिने ५ जना महाधिबेशन प्रतिनिधिहरुमा क्रमश मिना कार्की, गङ्गा अधिकारी, विनिता खड्का, उषा कार्की र एन्जिला न्यौपाने रहनु भएको छ ।

त्यस्तै गरी खस आर्य पुरुष १ पदका लागि यस अघि खस आर्य बाट नै महाधिवेशन प्रनितिधिमा बिजयी भएका महेश कार्की र केशव प्रसाद चालिसेले उमेद्वारी दिनुभएको हो । आदिवासी जनजाति पुरुष १ जना सदस्य पदका लागि पनि २ त्यस्तै १ मात्र पद रहेको जनजाति खुल्ला पुरुषकालागि जसमा जितेन्द्र मोक्तान र नरबहादुर थापाले उमेद्वारी दर्ता गराउनु भएको छ ।
यहि पुष २ गते सम्म दावि विरोध र फिर्ता लिने समय कायम भएकोले सहमतिको अधिकताम प्रयास त्यस विचमा गर्ने तयारी भैरहेको मेलमिलाप कार्यदलका संयोजक लवश्री न्यौपानेले बताउनुभयो ।
उक्त दिन सम्म सहमति नजुटे यहि पुष ६ गते यस अघि विभिन्न वडा बाट क्षेत्रिय प्रतिनिधिका रुपमा छनौट भएका कुल १ हजार ३ सय ९९ जनाले मतदान गर्नेछन् ।

Share70Tweet44Share12

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ मंसिर २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ मंसिर २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ मंसिर २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ मंसिर २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ मंसिर २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२३ मंसिर २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero