मन्थली,१० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टि रामेछापले शनिवार साँझ रामेछापको सदरमुकाम मन्थलीमा राँके जुलुस प्रदर्शन गरेको छ ।
वर्तमान सरकारको राजिनामाको माग गर्दै उक्त जुलुस प्रदर्शन गरेको थियो । देश भरका ७७ वटै जिल्लामा भातृ संगठनहरुको सहभागितामा राँके जुलुस प्रदर्शन गर्ने कार्यक्रम अन्तर्गत रमेछापमा पनि यो कार्यक्रम गरिएको भुपू सैनिक संगठनका अध्यक्ष खगेन्द्र खड्काले बताउनुभयो । मन्थली स्थित राप्रपाको पार्टि कार्यालय बाट निस्किएको जुलुसले मन्थलीका बजारका विभिन्न भागहरु परिक्रमा गरी देबकोटा चोकमा आएर कोण सभा गरेको थियो । कोण सभामा बोल्दै राप्रपा रामेछापका उपाध्यक्ष शिबजी घिमिरेले वर्तमान सरकारमा सुन काण्ड र सहकारी ठगी काण्डमा मुछिएकाहरु रहेकोले यो सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाउनु भयो । उहाले वर्तमान सरकारको राजिनामा माग गर्दै यहि चैत्र २७ गते आफ्नो पार्टिको राजधानी केन्द्रीत आन्दोलन रहेकाले सबैलाई सहभागि हुन पनि आग्रह गर्नु भयो ।
यो बारेमा तपाईको प्रतिकृया