मन्थली,६ माघ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आज भएको मनानयन कार्यक्रममा रामेछापमा १७ जनाले मनोनयन दाखिला गरेका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापका अनुसार यसरी मनोनयन दर्ता गराउने हरुमा क्रमशः नेपाली काँग्रेका रामचन्द्र खड्का , नेकपा एमाले बाट माधब प्रसाद ढुंगेल, नेपाली कम्युनिष्ट पार्टि बाट श्यामकुमार श्रेष्ठ, रा स्व पा बाट डा. कृष्णहरी बुढाथोकी, राप्रपा बाट गोरे तामाङ, नेमकिपा बाट केशरी श्रेष्ठ, राष्ट्रिय जनमोर्चा बाट अर्जुन थापा मगर, स्वतन्त्र बाट अरुण कार्की, सन्तोष घिमिरे र बाबुकाजी खड्का, उज्यालो नेपाल बाट दीप बहादुर योन्जन, श्रम संस्कृति पार्टि बाट ढाल बहादुर खपाङ्गी मगर, नेशलनल रिपब्लिक पार्टि बाट याम बहादुर मोक्तान , प्रगतिशिल लोकतान्त्रिक पार्टिबाट बिरेन्द्र श्रेष्ठ, आम जनता पार्टि बाट पदम बहादुर तामाङ,मंगोल नेशनल अर्गनाइजेशन बाट बिनोद घिसिङ र नेकपा माओवादी बाट यमुन बहादुर बस्नेत रहनुभएको छ ।
। मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछाप ले फरक फरक पार्टी लाई मनोनयनका लागि छुट्टाछुट्टै समय दिएको थियो । २ वटा नगरपालिका र ६ वटा गाँउपालिका सहित ८ वटा पालिका रहेको यस जिल्लामा कुल १,७८,९५२ जनाले ९६ मतदान स्थल र २२८ मतदान केन्द्र बाट मतदान गर्ने जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेले बताउनुभयो ।












यो बारेमा तपाईको प्रतिकृया