Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा गठबन्धनको चुनावी सभा सुरु

नेपाल अभियान नेपाल अभियान
१ कार्तिक २०७९, मंगलवार
in राजनीति, समाचार
0
20
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछापमा सत्ता गठबन्धनको वडा स्तरीय चुनावी सभा सुरु भएको छ । संघ र प्रदेश क ले लिखुतामाकोशी गाउँपालिकाको वडा नं ५ नगदहबाट र प्रदेश ख ले मन्थली नपाको वडा नं ८ चिसापानी बाट सोमबार देखि अभियान सुरु भएको हो ।
संघ अन्तर्गतका जिल्लाका ६४ ओटै वडा सम्म पुग्ने गरी संअभियान सुरु गरिएको जिल्ला स्तरीय निर्वाचन परिचालन समितिले जनाएको छ ।

चुनावी सभालाई संबोधन गर्दै नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका पूर्ण बहादुर तामाङ (कान्छाराम)ले रामेछापको विकासको लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभयो । उम्मेद्वार तामाङले आफू सरकारको कुनै पनि जिम्मेवारीमा नहुँदा पनि जिल््लामा व्यक्तिगत खर्चमा धेरै सामाजिक काम र भौतिक विकासको काम गरेको बताउँदै अब सरकारकै प्रतिनिधि भएर काम गर्ने चाहना रहेकाले मंसिर ४ को निर्वाचनमा आफ्नो नेतृत्वमा रहेको उम्मेद्वारलाई जिताउन अनुरोध गर्नुभयो
नेपाली काँग्रेसकै सरकारले लिखुतामाकोशीको हलेदे देखि धोवी सिरिशे सडकलाई कालोपत्रे गर्ने काम सुरु गरेकाले अबको‌ पाँच वर्ष भित्र उक्त सडकलाई सम्पन्न गरेर‌ अन्य विकासको काम गरिने बताउनुभयो । रामेछापमा धेरै विपतका घटनाहरु हुने गरेको र तत्काल उद्दार‌ नहुँदा धेरै मानिसले ज्यान गुमाउनु परेकाले अहिले आफैले हेलिकप्टर खरिद गरेर ल्याएको बताउँदै उम्मेद्वार तामाङले आर्थिक अबस्था कमजोर हुनेलाई निःशुल्क उद्दार गरिदिने पनि बताउनुभयो ।
त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट रामेछाप प्रदेश सभा (क) का उम्मेद्वार तारानारायण श्रेष्ठले अहिलेको निर्वाचन एउटा पात्रले मात्रै जित्ने निर्वाचन नभइ जिल्लाको पाँच बर्षको विकासको खाकाले जित हुने भएकाले सबै मतदाताले निर्वाचनमा भाग लिएर गठबन्धनका उम्मेद्वारहरुलाई जिताउन आग्रह गर्नुभयो । प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले २०७४ को निर्वाचनमा एमालेबाट निर्वाचित भएका सासंद मन्त्री हुदाँ पनि रामेछापको प्रदेश सभा (क) मा कुनै पनि बिकास नभएको स्मरण गर्दै आफुले यस पटक जितेमा प्रदेश क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व गृहराज्य मन्त्री एवं नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज श्याम कुमार श्रेष्ठ कुशलले अहिले राजतन्त्र फर्काउने एजेण्डा सहित एमाले चुनावी अभियानमा आएको आरोप लगाउदै रामेछापमा‌ एमालेलाई जनताले अस्वीकार गर्ने धारणा राख्नुभयोे । उहाले अहिले प्रतिनिधिसभाको उम्मेद्वार रहेका कान्छाराम तामाङ समाजसेवी र विकास प्रेमी नेता रहेकाले अत्याधिक मतले बिजय गराउन आम मतदातालाई अनुरोध गर्नुभयो । त्यस्तै प्रदेश सभाका उम्मेद्वार श्रेष्ठले‌ यस अघि संविधान सभाको सदस्य हुँदा सविधान बनाउने काम गरेर देशलाई स्थिरताको बाटोमा पुर्याएको बताउँदै अब जिल्लाको विकासको लागि पनि जिताउन अनुरोध गर्नुभयोे ।
नेपाली काँग्रेस रामेछापका पुर्व पार्टि सभापति लवश्री न्यौपानेले २०७४ को निर्वाचनमा बहुमतका साथ जितेको एमालेको घमण्डीले गर्दा सरकारबाट बाहिरिनु परेको बताउँदै मंसिर ४ पछिको निर्वाचनमा मतदाताले एमालेलाई सडकमा पुर्याइदिने बताउनुभयो । २००७ साल देखि बिभिन्न आन्दोलनको नेतृत्व गरेको काँग्रेस र २०६२ र २०६३ को आन्दोलनको सहयात्री बनेको माओबादीको संयुक्त गठबन्धनका उम्मेद्वारलाई जिताएर विकासको ढोका खोल्न आम मतदातालाई अनुरोध गर्नुभयो ।
लिखुतामाकोशी ५ नागदहमा‌ नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापति भोज बहादुर खड्का सुन्दर र वडा नं ३ चिलाउनेमा नेकपा माओबादी केन्द्र वडा न ३ का वडा कमिटी अध्यक्ष अमृत तामाङको अध्यक्षतामा‌ सम्पन्न‌ भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा तर्फ माओबादीको तर्फबाट समानुपातिकको उम्मेद्वार सुनिता गौतम नेपाली काँग्रेस‌ रामेछापका उपसभापति लेख बहादुर कारकी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि ध्रुवहरि ढुंगेल, नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (क) का सभापति निरोज खड्का, नेकपा माओबादी केन्द्र लिखुतामाकोशी गाउँ कमिटी सदस्य सन्दिप कार्की, नेविसंघ रामेछापका अध्यक्ष बिनोद बुढाथोकी लगायतले आ आफ्नो भनाई राखेका थिए ।
त्यसैगरी प्रदेश सभा ख को चुनावि सभा पनि सोमबार देखि नै सुरु भएको छ । सोमबार मन्थली नगरपालिकाको वडा नं ८ चिसापानी, वडा नं ९ को पुरानागाँउ, र वडा नं १० को चनखुको चुनावी सभाहरु भएका छन् । ति भसाहरुमा प्रदेश ख का उमेद्वार युवराज चौलागाई, नेपाली काँग्रेस प्रदेश ख का सभापति राजेश श्रेष्ठ, नगर सभापति शंकर अधिकारी, नेकमा माओवादीका जिल्ला नेता उद्धब रम्तेल लगाएतकाले आ आफ्नो धारणा राख्दै यस पटक गठबन्धनका उमेद्वारहरुलाई जिताउन आग्रह गरेका थिए ।

Share8Tweet5Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१ कार्तिक २०७९, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१ कार्तिक २०७९, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१ कार्तिक २०७९, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१ कार्तिक २०७९, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१ कार्तिक २०७९, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero