रामेछाप ६ कार्तिक । निस्वार्थि विकास र समाज सेवामा आफुलाई ब्यवहारीक रुपमा अब्बल सावित गराएका नेपाली काँग्रेस रामेछापका सभापति कान्छाराम तामाङ्ग,आगामि मंसिर ४ गते हुन लागेको संघिय निर्वाचनका लागि गठबन्धनको तर्फ बाट उमेद्वारी बनेका छन् । कर्ममा मात्र विश्वास राख्ने कान्छारामले अघिल्लो निर्वाचनमा पनि पार्टिको तर्फबाट एक्लै उमेद्वार बनेका कान्छाराम तत्कालीन बाम गटबन्धन्को उमेद्वार संग थोरै मतले पराजित हुन पुगे ।
निर्वाचनमा पराजित भएपनि अनवरत समाज सेवामा लागेका कान्छारामले यस पटक पनि पार्टिको तर्फबाट टिकट पाएपनि उनिको ब्यवहारलाई नजिक बाट नियालेका सर्वसाधारण कान्छारामलाई जिताएर संसदमा पठाउने कुरामा ढुक्क छन् ।
विकासका नाममा आएको राज्यको पैसामा गिद्धे नजर लगाउनेहरुको हावि भएको बेलामा कान्छारामको विजयले संसदको प्रतिष्ठा बढाउने तिल्पुङका गणेश बोहोरा बताउँछन् । निजि पैसाले राज्यले ध्यान दिन नसकेको विकास निर्माणको काम र समाजसेवा गर्दै १२ बर्ष देखि रामेछापको ओराली उकालीमा विताएका पूर्णवहादुर तामाङ (कान्छाराम) प्रतिनिधिसभा सदस्य पदमा उमेदवार भएपछि धेरै रामेछापेली विकासको अधुरो कुरा पुरा हुनेमा आशावादी देखिएको पनि बोहोराले बताए । उनले भने कान्छाराम यो पटक का‘ग्रेसबाट उमेदवार वनेका छन् र मतदाताको चाहना पनि उनैलाई संसद वनाउने छ ।
स्वास्थ्य क्षेत्रमा कान्छारामले गरेको सहयोग जिल्लामा मात्र हैन, देशकै लागि उदाहरणीय छ । आफ्नो परिवारको सम्पत्तिबाट उनले जिल्लाका विभिन्न स्थानबाट गुड्ने गरी १३ वटा एम्बुलेन्स निशूल्क उपलव्ध गराएका छन् । मृतकको शव वोक्नका लागि एउटा शव वहान उपलव्ध गराएका छन् । निशूलक दिएका एम्बुलेन्सको संचालनको बारेमा पनि उनले बारम्बार चासो राख्ने गरेका छन् । विग्रीएका एम्बुलेन्स आफ्नै खर्चमा मर्मत गरीदिने , चालकको तलव वेहार्ने , एम्बुलेन्सको शूल्क कसैले तिर्न नसकेको अवस्थामा त्यस्तो खर्च वेहोर्न पनि उनि पछि परेका छैनन् । गाडि दुर्घटना होस या प्राकृतिक प्रकोपमा परेका जिल्लाबासीको प्राण जोगाउनका लागि हेलिकप्टर लिएर घटनास्थलमा पुग्ने कान्छारामले धेरैको ज्यान वचाएका छन् ।
रामेछाप नगरपालिका वडानै ४ का वडा अध्यक्ष समेत रहेका कृपा मगर पनि यस पटक कान्छारामको आगमनमा कुनै बाधा प्राबधान देख्दैनन् । उनी भन्छन् ‘व्यक्तिगत खर्चमा त यति धेरै काम गर्दै आएको व्यक्ति पदमा पुगेपछि जिल्लाबासीको समस्यामा पक्कै पनि कानमा तेल हालेर वस्नेछैन भन्ने कुरामा मतदाता विश्वस्त छन् ।
उनले अहिले सम्म गरका सबै कामका आधारमा हेर्दा यसअघीका प्रतिनिधिले ध्यान दिन नसकेका नागरिकको समस्यामा कान्छारामको आंखा पुग्नेछ भन्ने विश्वास आफुहरुमा रहेको गोकुलगंगा गाउँपालिकाकि मतदाता ईश्वरी कार्कि बताउँछिन् । पक्की सडक, कृषिमा आधुनिकीकरण, सहज शिक्षा र स्वास्थ्यको लागि जिल्लामा धेरै काम गर्न बांकी रहेकोले त्यसका लागि कार्किले एक मात्र योग्य तिनै कान्छारामलाई देखेकी छिन् । उनि सगैं गाउंका सवैको आशाको दियो अव कान्छाराम वनेका छन् । कान्छारामले जिल्लाका दुर्गम बस्तिहरुमा पुगेर पनि आफनो अभियानमा रोक नलाग्ने बताउँदै आएका छन् ।
जनमानसमा कान्छाराम अनि जेठो कामको पगरि पाउँदै आएका उनको समाजसेवाको भावनाले भने उनको उचाईलाई उठाएको छ । व्यक्तिगत कुनै लाभको आशा नगरी उनले जिल्लाका कयौं सडक निर्माण गरेका छन् । खानेपानी , विद्यालय, मठमन्दिर र गुम्बा वनाउन, सहयोग गरेका छन् ।
कान्छाराम नेपाली काँग्रेसका नेता हुन । तर उनले सामाजिक सेवामा दल भनेका छैनन् । उनले काँग्रेसलाई मात्र गुन लगाएका छैनन् । जिल्लाका सवै नागरिकलाई समान आँखाले देख्ने उनले कोरोनाका बेला जिल्लाबाट उपचारका लागि काठमाण्डौं लैजानु पर्ने विरामीलाई निशूल्क एम्बुलेन्सको सेवा प्रदान गरे । त्यसबाट सयौ विरामी लाभान्वित भएका थिए । ‘पिपीई, अक्सिजन सिलिण्डर, मास्क, मात्र हैन, झण्डै २५ लाख पर्ने २ वटा आईसियु वेड समेत अस्पतालमा ल्याएर कोरोनाबाट जिल्लाबासीलाई वचाउने उनको योगदानलाई हामीले भुल्नै सक्दैनौं ’ रामेछापका उत्तरवहादुर श्रेष्ठले भने । उनले समाजमा योगदान गरेको आधारमा कान्छारामले सवैको माया पाउने ठोकुवा गरे ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पनि उमेदवार भएका कान्छाराम नेकपा (नेकपा) का उमेदवार संग पराजित भएका थिए । त्यस बेलाको निर्वाचन प्रचारमा जाँदा स्थानीयले उनी सँग राखेको माग उनले निर्वाचन हार्दा पनि पुरा गरिदिएर उदाहरणीय काम गरे ।
चनखु जाने सडक भताभुंग थियो , झण्डै ८० लाख खर्चेर ग्राभेल गरिदिए । गौश्वाराको विकट वस्तीमा सडक खोल्नका लागि निशूल्क डोजर दिए । रामेछाप र मन्थली नगरपालिकाका केहि सडक चौडा पार्ने काममा महिनौं डोजर त्यसै चलाउन दिए । अहिले पनि उनका मेसिन जिल्लामा सहज यातायात आवागमनका लागि तैनाथ छन् ।
कान्छाराम दयालु छन् । उनलाई संसद भएर पैसा कमाउने आशा छैन । निर्वाचन प्रचारमा गाउं पुगेका बेला उनले भनेका छन् – मलाई संसद सचिवालयबाट आउने तलव भत्ता गाउंकै सेवाका लागि समर्पित गर्छु । मलाई खान, लाउन र वस्न मेरै सम्पत्ति पुग्दो छ । संसदको हैसियत हुदाँ राज्यका निकायमा पहुँच हुने भएकाले जिल्लाको विकासमा आमुल परिवर्तन गर्ने उनको अठोट धेरैका लागि आशालाग्दो रुपमा खडा भएको ठोसेका सुन्दर कार्कीले वताए । कार्कीले भने – एउटा क्रियासिल समाजसेवीलाई राज्यको पहुँचमा पु¥याउदा जिल्लाले धेरै लाभ लिन सक्छ ।
यो पटक सत्ता गठवन्धनमा रहेका दल मध्ये काँग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीका साझा उम्मेदवारको रुपमा कान्छाराम निर्वाचनको प्रचारमा यतिवेला मतदाताको घर दैलोमा छन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादी मिलेर वनेको नेकपा जोड्दा धेरै माथि मत भएपनि अप्रत्याशित मत ल्याएर चर्चा कमाएका कान्छाराम यो पटक जितको सिढीमा उक्लिदैछन् । एमालेका कैलाश प्रसाद ढुंगेल उनका मुख्य प्रतिस्पर्धि भएपनि माओवादी र एकिकृत समाजवादीको साथ पाउदा ढुंगेललाई धेरै मतान्तरले कान्छारामले पछार्ने आंकलन मतदाताको छ ।
प्रदेश सदस्यमा माओवादीबाट क्रमस तारानारायण श्रेष्ठ र युवराज चौलागाई उमेदवार वनेका छन् । प्रदेश क मा उमेदवार भएका तारारायण श्रेष्ठ यस अघी संविधानसभाको सदस्य निर्वाचीत भएका अनुभवि राजनीतिज्ञ हुन । उनले सर्वदलिय संयन्त्रमा रहेर जिल्लाको विकासका लागि काम गरेका थिए । उता ख प्रदेशका प्रभावशाली युवा उमेदवार युवराज चौलागाई अभिव्यक्तिका कारण चर्चाको चुलीमा छन् । चौलागाईका बौदिक र तार्किक राजनीतिक विश्लेषण सहितको अभिव्यक्तिले उनको गोलाकार भित्रको हसियाँ हथौडामा भोट हाल्न मतदाता आतुर छन् ।
यो बारेमा तपाईको प्रतिकृया