Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

“केन्द्रको गठबन्धन भत्किए पनि जिल्लाको भत्कन दिन्न”–नव निर्वाचित सांसद कान्छाराम

नेपाल अभियान नेपाल अभियान
१२ मंसिर २०७९, सोमबार
in राजनीति, समाचार
0
31
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ,१२ मंसिर । नव निर्वाचित प्रतिनिधि सभाका सदस्य पूर्ण बहादुर तामाङ (कान्छाराम)ले केन्द्रको गठबन्धन भत्किएपनि जिल्लाको भने भत्कन नदिने बताउनुभएको छ ।
सो कुरा सोमवार मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापले मन्थलीमा आयोजना गरेको प्रतिनिधि सभा र प्रदेश सभाका माननिय हरुलाई प्रमाणपत्र बितरण समारोहका अबसरमा बताउनु भएको हो । तामाङले गठबन्धन बाट निर्वाचित तीनै जना सांसदहरुले जिल्लामा ल्याएको बजेट समन्वयकारी ढंगवाट गर्च गर्ने भन्दै प्रदेश सभा क र ख मा वरावरी बिकास निर्माणका कामहरु हुने बताउनुभयो ।
उहाले भन्नुभयो – “आफुले सबै पालिकामा गएर गरेको र निर्वाचनका बेला जारी गरेको प्रतिबद्धता पत्र अनुसार नै काम गर्ने योजना रहेकोले प्रदेश सभा क र ख का सांसदहरुले ल्याएको बिकास निर्माणको रकम र आफुले केन्द्र बाट ल्याएको रकम समन्वयकारी ढंगबाट योजना वनाएर खर्च गर्छौ ।”


सो अबसरमा उहाले निर्वाचनका बेला अहोरात्र खट्ने राष्ट्रसेवक कर्मचारी हरु र सहयात्री राजनैतिक दल एबं सञ्चारकर्मीहरु समेतलाई धन्यवाद दिंदै निर्वाचनका बेला कसैलाई गाली गलौज गरेको वा रुखो वोली गरेको भएपनि त्यस्ता कुरालाई मनामा नराख्न आग्रह गर्नुभयो । उहाले वआगामी दिनमा सबैसँग समन्वय गरेर मात्र काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृत इन्दिरा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा क का सांसद तारानारायण श्रेष्ठले आफुहरु जनताले दिएको अभिमत लाई कद्दर हुने गरी उनीहरुको पक्षमा काम गर्ने बताउनुभयो । उहाले आफ्नो कार्यकालभरी जिल्लाका सहयात्री बिपक्षी दलका नेताहरुसँग पनि सल्लाह लिएर काम गर्ने बताउनुभयो ।

जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा बोल्दै प्रदेश सभा ख का सांसद युवराज चौलागाईले जिल्लामा पर्यटनका धेरै संम्भावनाहरु रहेकाले प्रचार प्रसार सहित आबश्यक संरचनाहरुको निर्माण गरी त्यसलाई प्रबद्र्धन गरिने बताउनुभयो । उहाले जिल्लामा धेरै विकास निर्माणका कामहरु गर्न आबश्यक रहेकोले जिल्लाको सबृद्धिका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा काम गरिने बताउनुभयो ।
सो अबसरमा जिल्ला निर्वाचन अधिकारी मधुकर शाह,प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मी, जिल्ला समन्वय प्रमुख चिना खड्का लगाएतले कार्यक्रममा आ–आफ्नो मन्तब्य राख्नुभएको थियो ।


यसै विच नेपाल पत्रकार महासघले पनि सोमवार नै नव निर्वाचित माननियहरुलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । महासंघका अध्यक्ष बद्री नयाँघरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा प्रतिनिधि सभाका सांसद कान्छाराम तामाङ, प्रदेश सभाका सांसद क्रमश युवराज चौलागाँई, र तारानारायण श्रेष्ठ, पूर्ब गृह राज्य मन्त्री श्यामकुमार श्रेष्ठ लगाएतले जिल्लाका सम्पुर्ण मतदाताहरुलाई धन्यवाद दिदै मतदाताहरुको अमुल्य मतको कद्दर गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।

Share12Tweet8Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१२ मंसिर २०७९, सोमबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१२ मंसिर २०७९, सोमबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१२ मंसिर २०७९, सोमबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१२ मंसिर २०७९, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१२ मंसिर २०७९, सोमबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

१२ मंसिर २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero