Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

योग शिक्षा र अभ्यासलाई जीवन उपयोगि बनाउन जोड

नेपाल अभियान नेपाल अभियान
७ असार २०७८, सोमबार
in प्रदेश नं ३, रोचक, विश्व, समाज
0
81
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ७ असार सातौ विश्व योग दिवस रामेछापमा पनि मनाइएको छ । “सबैको कल्याणको लागि योग भन्ने मूल नाराका साथ योग दीबस जिल्ला मुल समारोह समितिको आयोजनामा सोमबार भर्चुअल माध्यमबाट दिवस मनाइएको हो । दिवसका अबसरमा जिल्लाका सरोकारवालाहरुले समाज परिबर्तनका लागि योगलाई जिवन उपयोगि विधाका रुपमा अबल्म्वन गर्नु पर्ने धारणा राख्नु भएको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछाप, पतञ्जली योग समिति रामेछापको सहयोगमा र विश्व योग दिवस जिल्ला समारोह समिति रामेछापको सहयोग र समन्वयमा भर्चुअल माध्यमबाट दिवस मनाईएको हो ।


जिल्ला समन्वय समितिका प्रमुख प्रेम खड्काको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्ने सबैजसो बक्ता अतिथीहरुले राज्यले योग शिक्षालाई विद्यालयको कोर्समा राखेको भएपनि त्यसको कार्यान्वयनलाई उपयोगि बनाउन समान सबैको सहयोग र ईच्छाशक्ति आबस्यक पर्ने धारणा राख्नु भएको थियो । सहभागि हरुल योगको माध्यबाट जीवनलाई सार्थक बनाउन सकिने बताउनु भयो । उहाँले योग शिक्षालाई अझै महत्वका साथ लिएर काम गर्नु पर्ने कुरामा जोड्दीनु भयो ।

कार्यक्रममा पतञ्जली सेवा समितिका अध्यक्ष रामहरी सुवेदीद्वरा योगा अभ्यास गराइएको थियो । जिल्ला आयुर्वेद केन्द्रका प्रमुख डा. नरेन्द्र गिरीले अष्टांग योगको बारेमा प्रकाश पारेका थिए । ब्रह्माकुमारी बिष्णु दिदीले वर्तमान समयमा राजयोगको अपिहार्यता उल्लेख गर्दै राजयोगको अभ्यास गराउनु भएको थियो । ब्रह्माकुमार भरतकुमार श्रेष्ठले शारीरिक स्वास्थ्य का लागि शरीर चलायमान र मानसिक स्वास्थ्य का लागि मन स्थिर हुनुपर्ने, योगले कार्यमा कुशलता ल्याउने, आन्तरिक शक्ति मजवुत बनाउन योगको भूमिका रहने उल्लेख गर्नु भयो । सो अबसरमा पतञ्जली योग समिति उपाध्यक्ष जे.एन. दाहाल, मन्थली मा.वि.का प्र.अ. टंकप्रसाद दाहाल समेतले शुभकामना मन्तब्य राख्नु भएको थियो । त्यसैगरि विश्व योग दिवसका सन्दर्भमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र बाट ७ गते बाट १३ गते सम्म बेलुका ४ देखि ६ बजेसम्म अनलाइन राजयोग मेडिटेशन कोर्ष हुने जानकारी पनि गराईएको थियो ।

त्यस्तै रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूले योग नै जीवनको मूल कडी भएको बताए । उनले यसलाई दैनिक ब्यवहारमा जोड्न सके सुखी नेपाली, समृद्ध नेपालको परिकल्पना गर्न सम्भव हुने बताउनु भयो । कोरोना भाइरसको विकराल परिस्थितिमा योगा र ध्यानले मानिसलाई स्वास्थ राख्ने भन्दै सबै नेपालीहरुले योगलाई अंगाल्नु पर्नेमा जोड्दिए ।त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष बद्री नयाँघरेले कोरोना भाइरस संक्रमणको यो परिस्थितिमा योग अभ्यासले मानिसलाई स्वास्थ राख्न मद्त पुग्ने विश्वास् ब्यक्त गर्नु भयो । उहाँले पत्रकारहरुलाई कोरोनाको संक्रमण हुँदाको दिन सम्झिदै आफ्ना धेरै पत्रकार साथिहरुले योग आभ्यास र आत्मबलका कारण कोरोना जितेको स्मरण पनि सुनाउनु भयो । कार्यक्रममा ब्रह्माकुमारी सीता दिदीले पनि योग र यसको फाईदाका बारेमा जानकारी गराउँदै योग अभ्यासले मानब जीवनमा आमुल परिबर्तन आउन सक्ने भन्दै त्यसको निरन्तरतामा ध्यान दिन सबै संग आग्रह गर्नुृ भयो ।

Share32Tweet20Share6

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

७ असार २०७८, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

७ असार २०७८, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

७ असार २०७८, सोमबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

७ असार २०७८, सोमबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

७ असार २०७८, सोमबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

७ असार २०७८, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.