Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एमाले रामेछापले बनायो गोकुलगंगा,लिखु,र मन्थलीमा बनायो निर्वाचन परिचालन कमिटी

नेपाल अभियान नेपाल अभियान
२९ आश्विन २०७९, शनिबार
in प्रदेश नं ३, राजनीति, समाचार, समाज
0
84
SHARES
Share on FacebookShare on Twitter


रामेछाप २९ असोज । आगामि मंसिर ४ गतेको निर्वाचनका लागि प्रचार अभियान आरम्भ गरेको नेकपा एमाले रामेछापले जिल्लाका तीन वटा पालिकामा निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सकेको छ । यस अघि मन्थली,लिखु तामाकोशि गाउँपालिका मा कार्यक्रम सम्पन्न गरेको एमालेले शनिबार गोकुलगंगा गाउँपालीकामा पनि उक्त कार्यक्रमको आयोजना गरेको हो ।
आफना केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्यतामा शनिबार भएको उक्त कार्यक्रममा बौल्दै सदस्य ढुंगेलले नेकपा एमाले संग मात्र एक्लै निर्वाचन लड्ने तागत भएकोले काँग्रेस माओवादीले गठबन्धन रोजेको वताउनु भएको छ । यो मुलुकमा नेकपा एमालेसँग मात्रै एक्लै चुनावमा जाने तागत भएको भन्दै उहाँले सुर्य चिन्हमा मतदान गर्न मतदाता आतुर रहेको पनि बताउनुभएको छ ।
नेकपा एमाले गोकुलगंगा गाउँपालिका कमिटीको निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दे ढुङ्गेलले एक्ला एक्लै निर्वाचन लड्ने हो भने एमालेले प्रत्यक्ष तर्फको १६५ सिट मध्य १२५ सिट जित्ने दाबी समेत गर्नु भयो ।
एमालेका विरुद्धमा सबै राजनीतिक शक्तिहरू सारा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरू, पैसा सबै प्रयोग गरेर लागेको पनि उहाँको आरोप छ । एमालेलाई निर्वाचन जित्न माधवकुमार नेपाल, झलनाथ खानाल लगायतका समूहहरूका कारण कुनै असर नपार्ने भन्दै भ्रमको पछि नलाग्न पनि सबैलाई आग्रह गर्नु भयो ।
शुक्रबार पनि नेकपा एमाले रामेछाप मन्थली नगर कमिटीले मन्थलीमा निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरि पार्टि निर्वाचनमा होमिएको उद्घोष गरेको थियो ।
एमाले मन्थली नगर कमिटी अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्ययतामा भएको उक्त कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष आनन्द श्रेष्ठ, वाग्मती प्रदेश कमिटी सदस्य एवं मन्थली नगरपालिका प्रमुख लबकुमार श्रेष्ठ, जिल्ला उपसचिव प्रकाशकुमार कार्की, एमालेबाट प्रदेश सभा ख का उम्मेदवार मिलनकुमार घिसिङ लगायतका वक्ताहरूले बोल्नु भएको थियो ।
कार्यक्रमका वक्ताले अबको ध्यान मङ्सिर ४ को निर्वाचनमा केन्द्रित हुन पर्नेमा जोड दिनुभयो । एमालेका उम्मेदवारलाई जिताउन योजनाबद्ध रूपमा अघि बढ्नु पर्ने उहाँहरूले बताउनुभयो । यसको लागि पार्टी नगर कमिटीलाई विशेष योजना बनाएर अघि बढ्न र कार्यकर्तालाई हरेक मतदाताको घरमा पुग्न आग्रह गर्नुभयो ।
यसै गरी एमालेले शुक्रबारनै धोबी बजारमा लिखु तामाकोसी गाउँपालिका निर्वाचन परिचालन कमिटी घोषणा तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
पार्टीको प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य कैलाशप्रसाद ढुङ्गेलको प्रमुख आतिथ्यता तथा पालिका पार्टी अध्यक्ष भीम तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा एमालेको तर्फबाट प्रदेश क का उम्मेदवार शान्तिप्रसाद पौडेल, एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरिया लगायतका नेताहरूले बोल्नु भएको थियो ।
तीनवटा पालिकामा उत्साहजनक ढंगले भएको उक्त कार्यक्रमलाई सबै पालिकामा संचालन गर्नै कार्यक्रम पनि एमालेले तय गरेको छ । यस अन्र्तगतका कार्यक्रम सम्पन भए संगै पार्टिले पुन सबै बस्ति बस्तिमा लक्षित चुनाबी तथा घर देैलो कार्यक्रम संचालन गर्ने तयारी गरेको पनि नेकपा एमाले रामेछापले जनाएको छ ।

Share34Tweet21Share6

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२९ आश्विन २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२९ आश्विन २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२९ आश्विन २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२९ आश्विन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२९ आश्विन २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२९ आश्विन २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero