Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सुबेदी परिवारद्वारा विभिन्न शैक्षिक संस्थाका ८३ जना छात्रालाई विद्यालय सामग्री हस्तान्तरण

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
९ भाद्र २०८२, सोमबार
in शिक्षा, समाचार, समाज
0
17
SHARES
Share on FacebookShare on Twitter


मन्थली,९ भदौ । “शिक्षा हो उज्यालो बत्ती अन्धकार हटाउने, चेत र नैतिकता खुलाएर ज्ञानी र असल बनाउने” भन्ने मूल नाराका साथ रामेछापको मन्थली नगरपालिका वडा नं –१ का स्थानीय श्याम सुबेदी तथा उहाँको परिवारले जिल्लाका विभिन्न विद्यालय तथा क्याम्पसहरुमा अध्ययन गर्ने विपन्न छात्रालाई नगद तथा विद्यालय सामग्री हस्तान्तरण गरेको छ ।


सोमवार एक कार्यक्रमका वीच उक्त साम्ग्री हस्तान्तरण गरिएको हो । सुबेदी परिवारलेले आफ्नो ब्यक्तीगत लगानीमा जिल्लाका ६ वटा शैक्षिक संस्थाका ८३ जना छात्रालाई १० लाख बरावरको नगद तथा १ बर्षलाई पुग्ने कापी डटपेन झोला,ट्रयाकसुट हस्तान्तण गरेको हो ।


जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रम अन्तर्गतको उक्त कार्यममा जिल्लाको मन्थली मावि मन्थलीका ३५ जना” भैरवी मावि सुनारपानी, सेती देवी मावि सालु र शिद्धेश्वर मावि गैराथोक का १०÷१० जना, मन्थली शहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीका ६ जना,तामाकोशी क्याम्पस खिम्ती का १२ जना गरी कुल ८३ जनालाई नगद सहित विद्यालय सामाग्री हस्तान्तरण गरिएको थियो ।


जस अन्तर्गत मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसका गिता पन्त र सुमित्रा पुर्कुट्टी लाई नगद छात्रबृत्ति (१८ हजार नगद सहित ट्रयाकसुट,झोला र डटपेन) साथै रेसुना रोक्का, सुनिला तामाङ, अम्बिका श्रेष्ठ, र एलिना श्रेष्ठलाई विद्यालय शैक्षिक सामग्री (ट्रयाकसुट, झोला, एक बर्षलाई पुग्ने कापी, डटपेन) हस्तान्तरण गरिएको थियो भने तामाकोशी क्याम्पस खिम्तीका सुक्ष्मा काफ्ले,छत्र माया श्रेष्ठ, रुकु कार्की, र सजिना बरुवाल लाई रु १८ हजार नगद सहित ट्रयाकसुट,झोला र डटपेन ( नगद छात्रबृत्ति) प्रदान गरिएको थियो भने सबिना खड्का, सुलोचना थापा, सिर्जना बुढाथोकी, पार्वती बरुवाल, अस्मिता थापा , बिन्दा खत्री लक्ष्मी बुढाथोकी र रिता थापा मगरलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।


त्यसैगरी भैरवी मावि सुनारपानीका सुस्मिता पहरी, निरुता र अनुष्का भुजेललाई नगद छात्र बृत्ति ( १० हजार नगद सहित ट्रयाकसुट,झोला र डटपेन) र नबिना बसेल, अन्जु श्रेष्ठ, करिश्मा बसेल, आशिका कार्की, सावित्रा बसेल, मनिषा पहरी र संचिता भट्टराईलाई शैक्षिक सामाग्री हस्तान्तण गरिएको थियो ।
यसैगरी शिद्धेश्वर मावि गैराथोकका दिपा पुलामी, पुजा मगर, बिमला आलेलाई १० हजारका दरले नगद छात्रबृत्ति र गिता सिंञ्जाली, सरस्वती पिठाकोटी, रन्जिता तोलाङ्गे,शोभा आले, सुकुमाया पुलामी, दिपशिखा थापामगर र सरिता घिमिरे लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।


त्यसैगरी सेतीदेवी मावि सालुका रश्मि श्रेष्ठ, अनुषा काफ्ले र जेनी तामाङ्ग लाई नगद छात्रबृत्ति १० हजारका दरले र अस्मिता तामाङ, समिक्षा खड्का,रोशना काफ्ले, प्रतिमा भट्टराई, दिक्षा खत्री, खिल कुमारी सुनुवार, र करुणा रानामगरलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । त्यसैगरी मन्थली मावि मन्थलीका सुष्मा नेवार, दिपिका कार्की, सुदिना श्रेष्ठ, सुष्मा खत्री, सन्ध्या मगर, दिखुषा माझी, रमा मुङ्राती, करिश्मा मगर, एलिना खत्री र आस्था भुजेललाई रु १० हजारका दरले नगद छात्रबृत्ति प्रदान गरिएको थियो भने रेशिका रोक्का, आस्था माझी, एलिजावेथ थापामगर, मनिषा भण्डारी, आकृति माझी, विनिता बुढाथोकी,जुनतिा माझी, इन्दिरा बुढाथोकी, सपना बुढाथोकी, रोशनी माझी, अनिषा मगर, अस्मिता खत्री, रुबिना कार्की, सुमिना भुजेल, भवाना खड्का, निरमाया श्रेष्ठ, प्रतिमा नेपाली, रोजिता बि.क, गंगा तामाङ, सरस्वती के शी , सलिना मगर, अरुणा कार्की, करिना मगर,सोबिता बुढाथोकी र रोशीका बुढाथोकी लाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो ।


कार्यक्रमका अवसरका बोल्दै श्याम सुवेदीले मन्थली नगरपालिका वडा न –१३ मा रहेको हर्रे चिण्डे मावि फुलासी, वडा नं –६ मा रहेका सिद्धेश्वर आवि हात्तिटार र वडा नं –२ मा रहेका कालिका आ.वि टेकनपुरका छात्राहरुलाई पनि विद्यालय पोशाक दिने योजना रहेको बताउनुभयो ।


उहाले समाजमा छोरीलाई अगाढि बढाउनु पर्छ भन्ने मान्यतालाई आफुले आत्मसाथ गर्दै बिगत १० बर्ष अघि देखि विभिन्न विद्यालयका छात्राहरुलाई यो कार्यक्रममा सहभागी गराउने गरिएको बताउनुभयो ।


छात्रा छनौटमा पारदर्शि र जवाफदेहि वनाउन सम्बन्धित बिद्यालयलाई बिपन्न तथा जेहेन्दार छात्राहरुको नाम सिफारिस गर्न लगाएर सोही आधारमा आफुले शैक्षिक सामग्री हस्तान्तण गर्ने गरेको पनि उहाले बताउनुभयो ।


आफु जस्ता विपन्न छात्राहरुलाई यो कार्यक्रमले निक्कै सहयोग पुगेकोले यस्ता कार्यक्रमहरु निरन्तर चलिरहन आबश्यक रहेको सेतीदेवी मावि सालुकी विद्यार्थी रश्मिश्रेष्ठले बताउनुभयो ।


सिद्धेश्वर मावि गैराथोकका प्रधानाध्यापक गणेश श्रेष्ठले विपन्न छात्राहरुका लागि यो कार्यक्रमले प्रत्यक्ष सहयोग पुग्नुका साथै विद्यालयमा शैक्षिक गतिविधि बढाउन समेत निक्कै सहयोग पुगेकोले यो सामाजिक काम प्रति खुलेर प्रशंसा गर्नुभयो ।


श्याम सुवेदीको अध्यक्षता एबं मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका पूर्व प्रमुख गुञ्जबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

Share7Tweet4Share1

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

९ भाद्र २०८२, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

९ भाद्र २०८२, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

९ भाद्र २०८२, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

९ भाद्र २०८२, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

९ भाद्र २०८२, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

९ भाद्र २०८२, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.