Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापमा प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला सम्पन्न

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
३१ बैशाख २०८३, बिहीबार
in शिक्षा, समाचार
0
18
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,१ जेठ । प्रारम्भिक तहको शिक्षाको गुणस्तर बृद्धि गर्न रामेछाप नगरपालिकामा एक दिने प्रारम्भिक बाल विकासको लागि अभिभावक सिकाई मेला २०८३ सम्पन्न भएकोे छ ।

चाइल्ड एड नेटवर्क र सेतो गुँरास राष्ट्रिय बाल विकास सेवाको सहयोग तथा रामेछाप नगरपालिकाको आयोजनामा उक्त मेलाको सम्पन्न भएकाे हाे ।

सिकाइ मेलमा परम्परागत रुपमा रहेको हलो,जुवा,ढिकी,जाँतो,ठेकी,मदानी,कोदालोकोदाली,नाङ्लो,डालो,डोको लगाएतए अन्व लगाएत विज्ञानका र शिक्षण सिकाईमा प्रयोग हुँने अन्य सामग्रीहरू समेत प्रदर्शनीमा राखिएको थियो ।
अभिभावकले वालवालिकाहरुलाई कस्तो ब्यवहार गर्नु पर्ने,वालवालिकाहरुलाई चाहिने पुर्वाधार कसरी तयार पार्न सकिन्छ, प्रारम्भिक तहको शिक्षा हासिल गर्नका लागि अभिभावकहरुले वालवालिकाहरुलाई के कस्ता शैक्षिक सामग्री हरुका लागि आबश्यक स्रोत र साधन जुटाउनु पर्छ भन्ने सन्देश अभिभावक हरुलाई दिन र एक विद्यालयले प्रदर्शन गरेको शैक्षिक सामग्री अर्को विद्यालयले अवलोकन गरेर एक आपसमा वालवालिका विच अन्तरघुलन गराई सिकाई आदान प्रदान गर्नका लागि नगरपालिकामा पहिलो पटक यस्तो मेलाको आयोजना गरेको रामेछाप नगर प्रमुख लव श्री न्यौपानेले बताउनुभयो ।
स साना उमेर समूहका बाल वालिकाहरुलाइ जन्मेदेखि विद्यालय तह सम्म कसरी हेराचह गर्नु पर्छ, बाल विकास , बाल संरक्षण, बाल वचाउ जस्ता गतिविधिहरु कसरी गर्ने भन्ने बारेमा अभिभावकहरुलाई जानकारी दिने उद्धेश्यले रामेछाप नगरमा पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चाँपागाईले बताउनुभयो । उहाँले जन्मे देखि निश्चित उमेर समुह सम्मका बाल वालिकाहरुका लागि विभिन्न आध्यात्मिक ज्ञान, ब्यवहारीक ज्ञान र आधुनिक शिक्षा समेत प्राप्त हुने भएकोले यस्ता मेलाहरु प्रत्येक वर्ष गर्नुपर्ने अाबश्यक देखिएकाे पनि बताउनुभयाे ।

यस्ता मेलाले आफु जस्ता अभिभावकहरुलाई आफ्ना वालवालिकाहरुलाई प्रारम्भिक शिक्षाका लागि अपनाउनुपर्ने उपायहरु, उनीहरुप्रति गर्ने ब्यवहार साथै बालविवाह, बालश्रम जस्ता कामहरू गर्न नहुने कुराको जानकारी भएको बालमन्दिर आ.वि रामेछापका अभिभावक धनबहादुर हायुले बताउनुभयो ।

मेलामा विभिन्न विद्यालयबाट निर्माण गरी ल्याइएका शैक्षिक सामग्रीहरूको अवलोकन पश्चात ति सामग्रीहरू कसरी बनाउने भन्ने जानकारी पाएकाे साथै बाल अधिकार सँग सम्बन्धित गीत र नाटकले बाल विवाह र बाल श्रम गर्न नहुने सन्देस आफुहरू जस्ता धेरै विद्यार्थीहरुलाई प्राप्त भएकोले यस्ता कार्यक्रमहरू भइरहनु पर्ने शारदा संस्कृत माविकी छात्रा शर्मिला शाहीले बताउनुभयो ।

यो कार्यक्रमले अभिभावकहरूलाई विद्यालयहरुमा हुने गरेको शिक्षण सिकाई क्रियाकलापका बारेमा धेरै जानकारी भएको बालवालिका प्रति गर्नुपर्ने ब्यवहार र सिक्षण सिकाइका लागि आबश्यक पर्ने सामग्रीका बारेमा जानकारी भई उपलब्धि मुलक भएको गोल्माडाँडा आधारभूत विद्यालय दाँइजोर,रामेछाप न पा – ५ रामपुरका शिक्षक यज्ञबहादुर तामाङले बताउनुभयो ।
उहाँले भन्नुभयाे हाम्राे विद्यालय मार्र्फत निर्माण गरीएका सामानहरू धेरै अभिभावक र विद्यार्थीहरूले चासाे दिएर अबलाेकन गरेकाे देख्दा मलाइ निक्कै खुसी लागेकाे छ ।
कार्यक्रममा बिभिन्न विद्यालयका बाल वालिकाहरूले बाल अधिकार सँग सम्बन्धित सडक नाटक, गित एबं विबिध सास्कृतिक कार्यक्रमहरु प्रदर्शन गरेका थिए ।
रामेछाप नगर प्रमुख लव श्री न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सांसद तारानारायण श्रेष्ठले गर्नु भएको थियो ।
नौं वटा वडा रहेको उक्त नगरपालिकाका करिब ३५ भन्दा बढि विद्यालयका विद्यार्थीहरूले तयार पारेका शैक्षिक सामग्रीहरु,विज्ञान सँग सम्बन्धित सामग्रीहरू र पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत उत्पादन गरिएका कृषि उपज अन्तर्गतका रैथाने वालीहरू लगाएतका सामग्रीहरू प्रदर्शनमा राखिएका थिए ।
प्रदर्शनीमा प्रथम, दितिय, तृतिय हुने बिद्यालयहरू क्रमश भिमेश्वर मा.वि. रामपुर, महाकाली अा.बि मुडाजाेर र जनता मा वि काेलन्जेार रामपुरले पुरस्कार प्राप्त गरेका थिए भने जनता अा वि तिलवारी हिमगंगाले सान्त्वना पुरस्कार प्राप्त गरेकाे रामेछाप नगरपालिकाका शिक्षा शाखा प्रमुख रामसिं डडालले बताउनुभयाे ।
सेतो गुँरास राष्ट्रिय बाल विकास सेवाले चाइल्ड एड नेटवर्कको सहयोगमा जिल्लाको रामेछाप र मन्थली नगरपालिका, गोकुलगंगा गाँउपालिका र लिखु तामाकोशी गाँउपालिकामा विगतका वर्षबाटनै प्रारम्भिक वालविकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।

Share7Tweet5Share1

Related Posts

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

३१ बैशाख २०८३, बिहीबार
मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो मन्थली,१५ असार । खडेरीका बाबजुत पनि रामेछाप मा २३ औं धान दिवस मनाइएको छ ।æजलवायु मैत्री प्रबिधि,धानमा आम्मनिर्भता र सम्बृद्धिÆ भन्ने मुल नाराका साथ रामेछापको मन्थलीमा मन्थली नगरपालिका र अन्य निकायहरूले छुट्टाछुट्टै धान दिवस मनाएका हुन् ।कृषि विकास कार्यालय रामेछाप र राष्टिय कृषि आधुनिकिकरण कार्यक्रम रामेछाप र रामेछाप बहु प्राबिधिक शिक्षालयको संयुक्त आयोजनामा मन्थली नगरपालिका वडा नं– १ स्थित मदौमा धान रोपेर धान दिवस मनाएको छ भने मन्थली नगरपालिकाले वडा नं –५ को छत्तिवनमा धान रोपेर धान दिवस मनाएको हो ।यति बेला सम्म करिब ५० प्रतिशत भन्दा बढि क्षेत्रफलमा धान रोपाई भैसक्नु पर्नेमा यस वर्ष परेको लामो खडेरीका कारण २० प्रतिशत मात्र धान रोपाई भएको कृषि विकास कार्यालय रामेछापका प्रमुख प्रमोद दाहालले बताउनुभयो । उहाँका अनुसार रामेछाप जिल्लामा ७ हजार ८ सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आइरहेको छ । रामेछाप जिल्लाका अन्य पालिकाहरुले पनि आ आफ्नो पालिका क्षेत्र भित्र रहेका विभिन्न फाँटहरुका धान रोपेर धान दिवस मनाको समाचार प्राप्त भएको छ ।
कृषि

मन्थलीमा छुट्टा छुट्टै धान दिवस मनाइयो

३१ बैशाख २०८३, बिहीबार
सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु
समाचार

सकरात्मक सोच द्वारा रचनात्मक जीवनशैली कार्यक्रम मन्थलीमा सुरु

३१ बैशाख २०८३, बिहीबार
यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ
राजनीति

यो सरकार तीन महिनामै असफल भैसक्यो– पूर्ब मन्त्री घिसिङ

३१ बैशाख २०८३, बिहीबार
नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार
समाचार

नीति र विधि मिचेर काम गर्न दिन्न – प्र.ना.उ. जैसवार

३१ बैशाख २०८३, बिहीबार
बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम
समाचार

बिद्यार्थीहरूलाई सूचना तथा सञ्चार प्रबिधि र कृतिम बौद्धिकता सम्बन्धी तालिम

३१ बैशाख २०८३, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero