रामेछाप,३० जेठ । नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको कार्यालय( वि.पि.स्मृति भवन)मा नेविसंघको एक समुहले रिले अनशन सुरु गरेको छ ।
ब्यानर र आफ्ना मागहरु सहित मंगलबार विहनबाट पार्टि कार्यालयको मुल ढोका अगाडि ७ जना युवाहरुले आलो पालो प्रणाली द्वारा रिले अनसन शुरु गरेका हुन् ।
जिल्ला कार्य समितिका कुनै पदाधिकारीहरुलाई जानकारीनै नदिई आफुहरु विहान ६ बजे पार्टि कार्यलयको प्राड्णमा पसेर रिले अनसन सुरु गरेको आफुलाई नेविसंघका नेता बताउने मनिष चौहन ले वताउनुभयो । अनसनमा राजेश भण्डारी,सरोज बुढाथोकी लगायत का बिद्यार्थीहरु सहभागि छन् ।
ति विद्यार्थीहरुल्े विहान आकस्मीक रुपमा पार्टिकार्यालयको मुल ढोकामा ब्यानर राखेर रिले अनसन शुर गरेपछि मात्र उक्त खवर बाहिरिएको थियो ।
विभिन्न ७ बुँदे माग सहित अनसनमा बसेकाहरुले नेविसंघको जिल्ला नेतृत्व र त्यसको बैधानिकता र अधिबेशनको माग अनि विधान विपरीत पार्टी नेतृत्वको सिफारिस तथा नेतृत्व चयनको गलत प्रक्रिया र नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछाप मनोमानी ढंगले संञ्चालन गरिऐको भन्दै त्यस विरुद्धमा रिले अनसन थालिएको र माग पुरा नभए सम्म अनसन नतोडिले अनसन कर्ताहरुले बताएका छन् ।
त्यसैगरी अनसनरत समूहले जेठ ३१ गते बुधवार पार्टिले संचालन गर्न लागेको पार्टीको जिल्ला सम्मेलन स्थगित गरी सबै तहका नेता कार्यकर्तासँग समन्वय गरेर पहिले पालिका प्रदेश गरे र मात्र जिल्ला सम्मेलनको काम गर्नु पर्ने माग पनि गरेका छन् ।
उनीहरुले पर्टिले गत स्थानीय निर्वाचनमा विधान संम्बत संसदीय बोर्ड गठन नगरी आर्थिक लेनदेनको आधारमा गैर काँग्रेसलाई टिकट वितरण गर्दा पार्टीले पराजय भोग्नु परेको आरोप पनि आफनो माग पत्रमार्फत लगाएका छन् । टिकट वितरणको बेलाको आर्थिक चलखेल भएको र चलखेलमा आवद्ध नेतालाई कारबाही गर्नुपर्ने, स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार विरुद्ध विद्रोही लड्नेलाई आफ्नो अनुकूलताको आधारमा गरेको कारबाही फुकुवा रोक्नु पर्ने र इमानदार कार्यकर्तालाई व्यक्तिगत रिसीबीको आधारमा गरिएको कारबाही तत्काल फिर्ता गर्नु पर्ने माग पनि गरिएको छ ।
त्यसैगरी सो समूहले पार्टीको १४ औँ जिल्ला अधिवेशन सकिएको २ वर्ष बितिसक्दा पनि महासमिति सदस्य चयन नभएको हुँदा तत्काल चयन गर्नु पर्ने, भातृ संस्थाहरू (नेविसंघ) सहित तरुण दल, महिला संघ, किसान संघ लगायतका संगठनहरुको लामो समयदेखि हुन नसकेको जिल्ला अधिवेशनगराई पार्टीलाई गतिशील र ऊर्जाशील बनाउन प्रशिक्षण कार्यक्रमहरू वडा तहसम्म लानुपर्ने माग पनि अनसनकारीहरुले गरेका छन् ।
अनसन टोलीमा जिल्ला तहको नेतृत्वमा रहेर काम गरेका नेता तथा कार्यकर्ताहरुको सहभागिता भने देखिएको छैन् । तर रामेछाप काँग्रेसका नेता तथा पार्टिका पुर्व प्रवक्ता नारायण बहादुर खड्काले टेलीफोन मार्फत उक्त रिले अनसनमा जिल्लाका असंख्य नेता तथा कार्यकर्ताहरुको अभुत पुर्व सर्मथन रहेको भन्दै अभियानले सार्थकता पाउने दावि पनि गर्नु भयो ।
एता नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापले भने आफुलाई धर्नाको बारेमा कुनै जानकारी नभएको स्पष्टोक्ति दिएको छ । पार्टि मुख्यालयमा धर्ना बसेको समुह र त्यस बारेमा कारणको सोधनी गर्दा पार्टिका उप सभापति लेख बहादुर कार्किले आफुहरु ३१ गतेको जिल्ला सम्मेलनको तयारीमा लागेकोले यस बारेमा आफुहरुलाई कुनै पनि जानकारी नभएको बताउनु भयो । हामिलाई कसैलै पनि धर्ना र अनसन बस्ने कुरा र कारणका बारेमा जानकारी पनि नगराएको र पार्टि निर्णय र विधान अनुसारको काममा आफुहरु जुटेको भन्दै अपरिचित ब्यक्तिहरुले शुरु गरेको कथित अनसनलाई वेमौसमी बाजाको संज्ञा दिनु भयो ।












यो बारेमा तपाईको प्रतिकृया