रामेछाप, १४ कार्तिक । साहित्यकार एबं समाजसेवी, जगदीश घिमिरेको १० औँ स्मृति दिवस मन्थलीमा मनाइएको छ ।
दिवस मनाउने क्रममा घिमिरेको सम्झना गर्दै घिमिरे द्वारा लिखित पुस्तक अन्तर्मनको यात्राको व्याख्या गरिएको थियो । तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था र तामाकोसी अस्पताल मन्थलीको संयुक्त आयोजनामा जगदीश घिमिरेको १० औँ स्मृति दिवस मनाइएको हो ।

ति आयोजक संस्थाहरुको संस्थापक तथा संरक्षक घिमिरेको सम्झनामा प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरिएको मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द घिमिरेले बताउनुभयो ।
तामाकोसी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा तामाकोसी अस्पतालका प्रबन्ध निर्देशक डाक्टर सुमन कर्माचार्य नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्री नयाँघरे, अध्यक्ष गुञ्ज वहादुर श्रेष्ठले स्व. घिमिरे द्धारा लिखित अन्तर्मनको यात्राको बारेमा चर्चा गर्नुभएको थियो । उक्त पुस्तकले भूगोल देखि इतिहास र विज्ञानको समेत कुरा समेट्दै रामेछापको पहिचान समेत उल्लेख गरेको बताइएको थियो । कार्यक्रमका अवसरमा स्व घिमिरेको तस्विरमा माल्यार्पण गरिएको थियो ।
यो बारेमा तपाईको प्रतिकृया