
मन्थली ( रामेछाप) २५ मंसिर । नेकपा एमालेका अध्यक्ष एबं पूर्व प्रधानमन्त्री केपी शर्मावलीले यो वर्तमान सरकार बिचार सिद्धान्त र निति नभएको हूतिहारा र नालायक सराकर भएको ले केहि गर्न नसक्ने आरोप लगाउन ुभएको छ ।
सबृद्धिका लागि संकल्प यात्राका अवसरमा रामेछाप आइपुग्नु भएको अध्यक्ष ओलीले सोमबार साझ संङ्गकल्प सभालाई सम्बोधन गदै उहाले यस्तो बताउनुभएको हो ।
उहाले अर्कै शक्तिले गरिदिएको गठबन्धन सरकारका कारण अर्थतन्त्र पनि ओराले लागेको आरोप पनि लगाउनुभयो ।

अध्यक्ष ओलिले वर्तमान सरकाले ओरालोमा गाडि छोडिदिएको जसरी मुलुक चलाईहरको भन्दै समृद्धि ल्याएर मुलुक चलाउन एमाले बाहेक अरुले नसक्ने ठोकवा गर्नुभयो ।
उहाले यो सरकारले सबृदिका लागि केहि गर्न नसक्ने भन्दै ऋण गरेर तलव खुवाउनु पर्ने आर्थिक अबस्थाको ल्याएकोले राष्टिय पार्टि एमाले नेतृत्वको सरकार ले मात्र समृद्धि ल्याउनसक्ने भएकाले सो का खातिर यो अभियान सुरु गरेको पनि बताउनुभयो । उहाले ठुला ठुला सुन काण्डका ब्यवारीहरुलाई पक्रन नसकेको तर धोरै परिणाममा ल्याउने सुन ब्यापारीलाई पक्रन खोजेपनि त्यो पछि सम्म त्े सुन पग्ेलेर थोरैमा झरिसक्ने शंका ब्यक्त गर्नुभयो । उहाले सबै नोपली दाजुभाई दिदि बहिननी र युवायुवाति लाई बिदेश नगई स्वदेशमै केहि गर्न अनुरोध गर्नुभयो । उहाले मध्यपहाडि लोकमार्गको अबस्था आफु सरकारमा रहेको बेला जति काम भएको हो त्यसपछि उक्त लोकमार्गको काम द्र’त गतिमा अगासडि बढ्न नसकेको आरोप पनि लागउनभयो ।
अभियान थालेको १२ औ दिन उक्त टोली मन्थली आइपुगेको हो । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन गर्ने कार्यक्रम एमालेले तय गरेको छ ।












यो बारेमा तपाईको प्रतिकृया