Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जिल्ला ट्राफिक कार्यालय रामेछापले आज बाट पायो नयाँ भवन

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० श्रावण २०८२, शुक्रबार
in प्रहरी-प्रशासन, समाचार, समाज
0
37
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१० साउन । जिल्ला ट्राफिक कार्यालय रामेछापले शुक्रवारदेखि औपचारिक रुपमा आफ्नै भवन पाएको छ ।
नव निर्मित भवन शुक्रवार बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले एक समारोहका विच उद्घाटन गरे सँगै कार्यालयले औपचारिक रुपमा नीजि भवन पाएको हो ।


सो अवसरमा बोल्दै मन्त्री लामिछानेले प्रदेश सरकार प्रदेशको सुरक्षा चुनौतीसँग जुध्न प्रहरी सेवा प्रणालीलाई थप प्रभावकारी बनाउन लागिपरेको बताउनुभएको छ । उहाँले प्रदेशभरी रहेका प्रहरी कार्यालयहरूलाई व्यवस्थित गर्न प्रदेश सरकारले हालसम्म ३ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेर कार्यान्वयनमा लगेको पनि बताउनुभयो ।
उहाँले भौतिक संरचना सुदृढीकरणले जनताप्रति उत्तरदायी प्रहरी सेवा दिन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।


‘जनताको जीउधनको सुरक्षा गर्नु प्रहरीको दायित्व हो, सेवा र सुविधाको अभिवृद्धिले प्रहरी प्रशासन अझ सशक्त र जिम्मेवार बन्छ’, उहाँले भन्नुभयो ।

उहाँले नेपालमा दिनहुँ जसो बढ्दो सवारी चाप, सडक अवस्था र लापरबाहीका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै प्रहरीले यसलाई अवसरका रूपमा लिएर सेवा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) अरुण पौडेलले ‘वागमती प्रदेशभरी जम्मा ६ हजार प्रहरी भएको र जसमध्ये ट्राफिक तर्फ करिब ३०० जना मात्र कार्यरत हुँदा प्रभावकारी सेवा प्रवाहका लागि कठीनाई भैरहेको बताउनुभयो ।


उहाँले प्रहरी जनशक्ति र पूर्वाधार अभावका कारण धेरै ठाउँमा चौकी थप र भवन निर्माणको माग बढ्दो रहेको पनि बताउनुभयो । ‘हामीसँग उपलब्ध स्रोतले माग धान्न सकिरहेको छैन, अझै धेरै ठाउँमा प्रहरी चौकीका लागि आवश्यक पूर्वाधार नै छैन’, उहाँले भन्नुभयो ।

३ करोड ८ लाख रुपैयाँ को लागतमा नव निर्मित भवनको भुई तला सहित चारतला र कम्पाउण्ड भित्र प्रतिक्षालय पनि रहेको छ ।
यो भवन निर्माणको ठेक्का ब्रह्मायणी–विरुपाक्ष–बिजी जेभीले २०८० असोज ८ गते सम्झौता गरेर थालेको थियो ।
कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेहरूलाई सम्मान गरिएको थियो ।


कार्यक्रमका सहभागीलाई रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले स्वागत गर्नुभएको थियो ।
सुविधा सम्पन्न भवन निर्माणसँगै रामेछापमा ट्राफिक सेवा अझ व्यवस्थित हुने अपेक्षा गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताउनुभयो ।

Share15Tweet9Share3

Related Posts

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१० श्रावण २०८२, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१० श्रावण २०८२, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

१० श्रावण २०८२, शुक्रबार
एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू
समाचार

एस इ इ परीक्षा दिन जाँदै लामबद्द बिद्यार्थीहरू

१० श्रावण २०८२, शुक्रबार
रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने
देश

रामेछापमा एसईईको तयारी पुरा २ हजार ४६१ जना विद्यार्थी सामेल हुने

१० श्रावण २०८२, शुक्रबार
रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार
समाचार

रामेछापमा सुत्केरी हुन नसकेकी महिलाको उद्दार

१० श्रावण २०८२, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.