Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

एम्बुलेन्समै बच्चा जन्मिएपछि स्वास्थ्य उपचार र पढाई खर्च बेहोर्ने कान्छारामको घोषणा

बद्री नयाँघरे बद्री नयाँघरे
२७ बैशाख २०७७, शनिबार
in समाज, स्वास्थ्य
0
1.3k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप– नेपाली काँग्रेसका नेता एवं समाजसेवी पूर्ण बहादुर तामाङ कान्छारामले एम्बुलेन्समै जन्मिएका दुई बच्चालाई पढाउन लाग्ने खर्च र स्वास्थ्य उपचारको लागि लाग्ने खर्च आफूले बेहोर्ने बताउनुभएको छ । कोरोना भाइरस नियन्त्रणको लागि लगाईएको लकडाउनको समयमा रामेछापका विरामीलाई काठमाण्डौ सम्म निःशुल्क लैजाने व्यवस्था मिलाउनुभएका समाजसेवी तामाङले तिनै एम्बुलेन्समा दुई बच्चा जन्मिएपछि पढ्ने खर्च, स्वास्थ्य उपचार खर्च र विवाह खर्च समेत आफूले बेहोर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

एम्बुलेन्समै जन्मिएको बच्चा र आमा सर्मिला पाण्डे

जिल्लामा सुत्केरी हुन नसकेपछि रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरकी विन्दा बस्नेत कार्की र सुनापति गाउँपालिका वडा नम्बर ४ बेथानकी सर्मिला पाण्डेलाई तामाङले दिएको एम्बुलेन्स मार्फत काठमाण्डौ लैजादैँ गर्दा बाटोमै सकुशल बच्चा जन्मिएका थिए ।

समाजसेवी तामाङले भन्नुभयो, ‘जीवन रक्षाको लागि म आफैले दिएको एम्बुलेन्समा दुई जना बच्चा जन्मिए, यो दुई बच्चाका बाबा आमाको मात्रै खुसी हैन मेरोपनि खुसी हो, त्यसैले पढ्न लाग्ने खर्च र स्वास्थ्य उपचारमा लाग्ने खर्च म आफै बेहोर्छु । राम्रोसँग पठनपाठन सकेपछि दुबै जनाको विवाहमा समेत सहयोग गर्छु ।’

नेपाली काँग्रेस रामेछापबाट प्रतिनिधिसभाका लागि उम्मेद्वार समेत बन्नुभएका तामाङले चुनावताका गाउँमा जाँदा आम नागरिक माझ दिएका आश्वासन आफ्नै व्यक्तिगत खर्चमा पूरा गर्दै आउनुभएको छ ।

कान्छारामले लगाएको गुण तिर्न सकिँदैनः सेवाग्राही

गाउँमा सुत्केरी गराउन नसकेपछि काठमाण्डौ लैजाँदा लकडाउनको समयमा निःशुल्क एम्बुलेन्स उपब्ध गराएर कान्छारामले लगाएको गुण आफूहरुले कहिल्यै पनि बिर्सन नसकिने दुई बच्चाका बुबाहरुले बताएका छन् ।

सुकाजोरका सुदिर कार्कीले भन्नुभयो, ‘बैशाख पाँच गते श्रीमतीलाई बच्चा जन्माउने बेथा लाग्यो, रामेछाप अस्पतालमा लगेँ त्यहाँ केही बेर राखेपछि डाक्टरहरुले काठमाण्डौ लैजाने सल्हा दिए ।, कान्छाराम दाईले नै दिनुभएको एम्बुलेन्समा लैजादै गर्दा मंगलटार कटेपछि सकुशल छोरी जन्मिइन् । त्यसपछि बिस्तारै धुलिखेल अस्पताल पु¥याउँदा त्यहाँका डाक्टरहरुको भनाई सुन्दा यदि एम्बुलेन्स नभएको भए निकै जोखिम हुने कुरा थाहा भयो । त्यसैले पनि त्यस्तो विपद्को समयमा कान्छारामले लगाएको गुण कहिल्यैपनि बिर्सन सँकिदैन ।, त्यति मात्रै हैन आफ्नो छोरीलाई पढ्न, स्वास्थ्य उपचार गर्न र विवाहको लागि पनि सहयोग गर्ने खबर पाउँदा झन खुसी छु ।’

त्यस्तै सुनापति गाउँपालिका वडा नं ४ बेथानका कल्याण पाण्डेले पनि गाउँमा रहेको एम्बुलेन्स बिग्रेर बसेको बेला कान्छारामले खाँडादेवीलाई उपलब्ध गराएको एम्बुलेन्स मार्फत आफ्नो श्रीमतीलाई निःशुल्क लैजन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उहाँले लगाएको यो गुण बिर्सनै नसक्ने छ ।, त्यतिमात्र हैन उहाँले आफ्नो छोरालाई पढ्न, स्वास्थ्य उपचार खर्च र विवाहमा समेत सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । यसले झन मेरो छोरोका उज्वल भविष्यमा सहयोग पुग्छ ।’

विकास प्रेमी नेता निर्वाचित नहुनु जिल्लाका लागि दुर्भाग्य होः युवा नेता खड्का

जिल्लाका आम नागरिकका हरेक समस्यामा सँगै जुध्ने नेता कान्छारामलाई निर्वाचित गराउन नसक्नु जिल्लाका लागि दुर्भाग्य भएको नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र खड्काले बताउनुभएको छ । निर्वाचित नभएपनि रामेछापबासीको हरेक समस्यामा सँगै हिड्ने समाजसेवी तामाङले गरेको सहयोग निकै महत्वर्पूण भएको समेत उहाँले बताउनुभयो । जिल्लाका आम नागरिकलाई साना-ठूला गुण लगाएर नागरिकको मन जित्न सफल हुनुभएका समाजसेवी कान्छारामको विकासे अभियानमा सबैले साथ दिनु पर्ने नेता खड्काको भनाइ रहेको छ ।

Share506Tweet317Share89

Related Posts

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

२७ बैशाख २०७७, शनिबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२७ बैशाख २०७७, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२७ बैशाख २०७७, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२७ बैशाख २०७७, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२७ बैशाख २०७७, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता २६ मध्ये १ जनाको उद्धार २५ अझै सम्पर्क विहीन

२७ बैशाख २०७७, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero