Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

आठौं राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगितामा पुरुषहरुको समुह क्वाटर फाइन र महिलाहरुको समुह सेमी फाइनलमा प्रवेश

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१९ माघ २०८०, शुक्रबार
in खेलकुद, समाचार, समाज, स्थानीय सरकार
0
93
SHARES
Share on FacebookShare on Twitter


खाँडादेवी(रामेछाप),१९ माघ । “स्वास्थ्यका लागि खेलकुर राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रामेछापमा सुरु भएको आठौं राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको आज (शुक्रवार) भएको खेलमा ४७ –५५ के ेजि तौल समुहका महिलाहरु सेमी फाइनलमा र ५०–५७ केजी समुहका पुरुषहरु क्वाटर फाइनलमा प्रबेश गरेका छन् ।
शुक्रवार भएको उद्घाटन खेलमा ४७ –५५ के.जी.तौल समुह अन्तर्गत महिला तर्फ कोशी प्रदेशकी कुसुम राजवंसिले गण्डकी प्रदेशकी प्रदेशकी नविना विक लाई,नेपाल आर्मीकी निकिता धिमालले आयोजक टिम की प्रमिला थापा मगरलाई, लुम्बीनि प्रदेशकी सविना श्रेष्ठ ले गण्डकी प्रदेशकी रजिना रसाइली र नेपाल पुलिस कि सुस्मिता थापाले आयोजक टिम की विनिता मगरलाई हराउदै सेमी फाइनलमा पुगेका छन् ।


त्यसैगरी ५० देखि ५७ उमेर समुहको पुरुष तर्फ गण्डकी प्रदेशका खगेन्द्र मगरले आयोजक टिमका रोशन घिसिङलाई, नेपाल प्रहरीका श्री प्रसाद बुढामगरले लुम्वीनी प्रदेशका विरेन्द्र बुढा मगरलाई, वागमती प्रदेशका रिक्सन तामाङले नेपाल आर्मीका अनिल तामाङलाई, हराउदै क्वाटर फाइनलमा प्रबेश गरेका छन् । त्यसैगरी शसस्त्र प्रहरी वलका संगम विकले सुदुरपश्चिम प्रदेश र कोशी प्रदेशका क्रमशः दिनेश वोहोरा र सोम बहादुर राजबंशीलाई,शसस्त्र प्रहरी वलका शुनिल महतोले नेपाल प्रहरीका थान बहादुर पुन मगर लाई,आयोजक टिमका निर्मल लामाले नेपाल आर्मीका सुमन मार्साङ्गी मगरलाई, बागमती प्रदेशका सुवास तामाङले मधेस प्रदेशका संजिव ग्यावा लाई र गण्डकी प्रदेशका प्रदिप मगरले लुुम्बीनी प्रदेशका कृष्ण बाल्मीकीलाई हराउदै क्वाटर फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल शनिवार हुने रामेछाप तेक्वान्दो आइ.टि.एफ.का अध्यक्ष धनराज तामाङले वताउनुभयो ।


रामेछाप तेक्वान्दो आइ.टि.एफ.को आयोजना तथा खाँडादेवी गाँउपालिका र सोहि पालिकाको वडा नं ७ को सह–अयोजनामा चलिरहेको उक्त खेलकुद प्रतियोगितामा ७ वटा प्रदेश,नेपाली सेना,नेपाल प्रहर्री,शसस्त्र प्रहरीवल र आयोजक सहित ११ वटा टिमको सहभागिता रहेको छ ।
रामेछापको खाँडादेवी गाँउपालिकाको प्राङ्गडमा चलिरहेको उक्त खेलमा प्रथम द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई क्रमशः नगद रु ५० हजार ४० हजार र ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


खाँडादेवी गाँउपालिका वडा नं –७ का वडा अध्यक्ष सिरेलाल तामाङको अध्यक्षतामा दुई दिन सम्म चल्ने बताइएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एबं खाँडादेवी गाँउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रमममा वागमती प्रदेशका पुर्व मन्त्री शान्ति प्रसाद पौडेल,मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ, नेपाली काँग्रेसका नवराज थोकर,नेकपा एमालेका इन्द्र तामाङ, खाँडादेवी गाँउपलिका वडा नं –२ का का वडा अध्यक्ष केशब प्रधान,राष्ट्रिय तेक्वान्दो आइ.टि.एफका पदाधिकारी एबं सदस्य लगाएतले आ आफ्नो मन्तब्य राख्नुभएको थियो । कार्यक्रमका लागि आर्थिक सहयोग गर्ने खाँडादेवी गाँउपालिकाका अध्यक्ष ज्ञान कुमार श्रेष्ठ वडा न–६ का वडा अध्यक्ष नारायण कार्की, वडा नं–७ का वडा अध्यक्ष शिरेलाल तामाङ लगाएतलाई आयोजकले सम्मान गरेको थियो । कार्यक्रमका अवसरमा सो पालिका अन्तर्गत रहेका विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्यका साथै मार्सल आर्टका विभिन्न खेलहरु समेत प्रदर्शन गरेका थिए ।

Share37Tweet23Share7

Related Posts

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी
समाचार

मन्थली नगरपालिका सहित ६ वटा पालिकामा सर्बसम्बत नेतृत्व चयन,२ पालिका अझै बाँकी

१९ माघ २०८०, शुक्रबार
चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ
समाचार

चोरीको सुन किन्ने बेच्ने दुवै पक्राउ

१९ माघ २०८०, शुक्रबार
मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१९ माघ २०८०, शुक्रबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१९ माघ २०८०, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१९ माघ २०८०, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१९ माघ २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero