![](https://nepalabhiyan.com/wp-content/uploads/2024/02/final-1024x770.jpg)
खाँडादेवी, २० माघ । रामेछापको खाँडादेवी गाँउपालिकामा जारी आठौं राष्ट्रिय प्रोफेशनल तेक्वान्दो आइ.टि.एफ.प्रतियोगिताको उपाधि पुरुष तर्फ बागमती प्रदेशका रिब्शन वाइवत तामाङ महिला तर्फ नेपाल प्रहरीकी सुस्मिता बुढा मगरले जितेका छन् ।
शनिवार सम्पन्न ५७ केजी मुनी तौल समुहको पुरुष तर्फको फाइनल खेलमा वागमती प्रदेशका रिब्सन वाइवा,तामाङ,आयोजक समुहका निर्मला लामा र नेपाल प्रहरीका श्रीप्रसाद बुढा मगर क्रमश प्रथम, द्धितिय र तृतिय भएका थिए ।
त्यसैगरी ५५ केजी मुनी तौल समुहको महिला तर्फ नेपाल प्रहरीकी सुस्मिता बुढामगर,कोशी प्रदेशकी कुशुम राजबंशी र नेपाली सेनाकी निकिता धिमाल पनि क्रमशःप्रथम,द्वितिय र तृतिय भएका हुन् ।
![](https://nepalabhiyan.com/wp-content/uploads/2024/02/tqr-stt3-1024x683.jpg)
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सम्पन्न भएको उक्त खेलमा प्रथम,द्वितिय र तृतिय हुने महिला र पुरुष तर्फका प्रतियोगीहरुलाई क्रमश नगद रु ५० हजार ४० हजार र ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र खाँडादेवी गाँउपालिकाका प्रमुख ज्ञानकुमार श्रेष्ठले छुट्टा छुट्टै प्रदान गर्नुभएको रामेछाप तेक्वान्दो आइ टि एफका अध्यक्ष धनराज तामाङले बताउनुभयो ।
रामेछाप तेक्वान्दो आइ.टि.एफको आयोजना तथा खाँडादेवी गाँउपालिका र सोहि पालिकाको वडा नं ७ को सह–अयोजनामा २ दिन सम्म चलेको उक्त खेलकुद प्रतियोगितामा ७ वटा प्रदेश,नेपाली सेना,नेपाल आर्मी,शसस्त्र प्रहरी र आयोजक सहित ११ वटा टिमको सहभागिता रहेको थियो ।
यो बारेमा तपाईको प्रतिकृया