Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

अदीति कप प्रतियोगीताको पुरस्कार वितरण

नेपाल अभियान नेपाल अभियान
४ फाल्गुन २०८०, शुक्रबार
in खेलकुद, प्रदेश नं ३, समाचार, समाज
0
47
SHARES
Share on FacebookShare on Twitter

मन्थली ,४ फागुन । रामेछापको मन्थली माविमा संचालित १२ औं अदीतिकप प्रतियोगिताका विजेताहरुलाई शुक्रबार पुरस्कार वितरण गरी समापन गरिएको छ ।


उक्त प्रतियोगितामा बिजयी हुने खेलाडिलाई प्रमुख अतिथि मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले पुरस्कार मेडल, ट्रफि र छात्रवृत्ति प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले खेलको माध्यमबाट समाजका युवालाई अनुशासित र नैतिकवान बनाउनुको साथै शारिरीक विकासका लागि योगदान पुग्ने भएकाले हरेक बर्ष प्रतियोगिताका लागि सहयोग गर्ने दाताहरुको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले आफ्नो जन्मथलोलाई सम्झेर खेलकुदको विकासका लागि घिमिरे दम्पतीले गरेको योगदानको चर्चा गर्नुभएको थियो । खेलका माध्यमबाट समाजलाई अनुसासित वनाउनका लागि सहयोग पुग्नेमा निरौलाले जोडदिनुभएको थियो ।
गल्फ खेलाडि तथा स्थानिय समाजसेवी सुहृद घिमिरे र उहाँकी धर्मपत्नी रेखा घिमिरेले १२ बर्ष अघि आफनी छोरी अदीति घिमिरेका नाममा स्थापना गरिदिएको अदीति कप प्रतियोगिता अन्तरगत मन्थली माविले हरेक बर्ष आफना विद्यार्थिहरुका विच विभिन्न विधाका खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गराउँदै आएको छ । सो अबसरमा बोल्दै मन्थली माविका पूर्व प्रअ गुन्ज बहादुर श्रेष्ठले आफु प्र अ हुँदा १२ वर्ष अघि घिमिरे परीवारलाई खेलकुदमा सहयोग गर्न गरेको आग्रहलाई घिमिरे परिवारले स्वीकार गरेर हाल सम्म निरन्तरता दिएको प्रति खुशी ब्यक्त गर्नुभयो । उहाँले जिल्लामा जिवन विज्ञानका गुरुहरु रमेश नेपाल र भानु शर्मा लाई भित्र्याएर जीवन विज्ञानका वारेमा ज्ञान दिने सुरुवाती पनि घिमिरे परिवारलेनै गरेको प्रति पनि धन्यावाद प्रकट गर्नु भयो ।
प्रतियोगिताका सम्पूर्ण खेलहरु केहि समय अघीनै सम्पन्न भएकाले शुक्रबार भने पुरस्कार वितरणको कार्यक्रम मात्र राखिएको विद्यालयका प्रअ टंकप्रसाद दाहालले वताउनु भयो । उहाँले प्रतियोगिताका लागि करिव ७ लाख खर्च लागेको वताउनुभएको थियो ।
अदीति कपका संरक्षक एवं सहयोगदाता सुहृद घिमिरे र उहाँकी धर्मपत्नी रेखा घिमिरेले छोरीका नाममा शुरु गरीएको प्रतियोगितालाई भविष्यमा समेत निरन्तरता दिने वताउनु भएको थियो । हाम्रो सानो सहयोगले दुर्गम वस्तीको विद्यालयको खेल क्षेत्रको विकास हुन सक्छ भने दिल खोलेर सहयोग गर्छौ – उहाँहरुले वताउनु भएको थियो ।
सो कार्यक्रम संगै विद्यालयले ४ जना जेहन्दार छात्र छात्राका लागि छात्रवृत्ति समेत प्रदान गरेको छ । उक्त छात्रवृत्ति पनि सुहृद र रेखा घिमिरेलेनै प्रदान गर्नु भएको थियो । छात्रवृत्ति कार्यक्रम अन्र्तगत उहाँहरुले प्रत्यक वर्ष मावि तहका जेहन्दार छात्र छात्रालाई एक वर्ष सम्म अध्ययन गर्दा लाग्ने सबै शैक्षिक सामाग्रि समेत प्रदान गर्दे आउनु भएको छ ।
कार्यक्रमका अवसरमा विद्यालयका प्रअ टंकप्रसाद दाहाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे लगाएतले घिमिरे परिवारको मन्थली मावि स्थापना देखि हाल सम्मका विभिन्न शैक्षिक र भौतिक गतिविधिमा सक्रिय सहभागिताका बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजप्रसाद सुवेदीको अध्यक्षतामा भएको थियो । सो अवसरमा बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मार्शल आर्ट र एन सि सि अन्तर्गतका कार्यक्रमहरु प्रदर्शन गरेका थिए । अदिती कप प्रतियोगिताका कारण बारम्बार खेल र अभ्यासमा बालबालिका लगाउन पाएकाले सो विद्यालयले हरेक बर्ष राष्ट्रपति रनिङशिल्डमा कव्जा जमाउदै आएको छ ।

Share19Tweet12Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

४ फाल्गुन २०८०, शुक्रबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

४ फाल्गुन २०८०, शुक्रबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

४ फाल्गुन २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

४ फाल्गुन २०८०, शुक्रबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

४ फाल्गुन २०८०, शुक्रबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

४ फाल्गुन २०८०, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.