मन्थली,४ कार्तिक । कार्तिक ५ गते सोमबार देखि मन्थलीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता एवं ‘तेस्रो रामेछापको कप–२०८१’ सुरु हुने भएको छ ।
दिपशिखा व्वाइज युनाइटेड क्लबले एक पत्रकार सम्मेलनको आयोजना गरि सो खेलकुद कार्यक्रमको बारेमा जानकारी गराएको हो ।
दिपशिखा व्वाइज युनाइटेड क्लबको आयोजना तथा मन्थली नगरपालिकाको मुख्य प्रायोजनमा करम्बोटमा उक्त खेल सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले एक समारोहका बिच उद्घाटन गर्ने तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्षआशिष कार्कीले बताउनुभयो ।
प्रयिोगिता कात्तिक ८ गते सम्म चल्ने प्रतियोगिताको विजेताले नगद ३ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगिताको उपविजेताले नगद २ लाखसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने, फाइनल प्रवेश नगर्ने टिमहरुले पनि प्रति टिम ५०–५० हजार प्राप्त गर्ने जनाईको छ ।
यो बारेमा तपाईको प्रतिकृया