मन्थली(रामेछाप) ,१८ कार्तिक । रामेछापको मन्थली विमानस्थलमा भएको तारा एयरका दुई क्याप्टेनको झगडा जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेर मिलेपनि नागरिक उड्ययन प्राधिकरणले बल्ल अनुसान्धन सुरु गरको छ ।
शुक्रबार बिहान वरिष्ठ क्याप्टेन सन्तोष साह र क्याप्टेन सञ्जीव श्रेष्ठ विच भएको हात हालाहालको विषयलाई लिएर प्राधिकरणले द’वै क्याप्टेन को लाइसेन्स रद्ध गर्नुका साथै रामेछाप शाखा प्रमुख रहेका सातौ तहका अधिकृत अशोक थापालाइ समेत छानविनका लागि काठमाण्डौ बोलाएको हो ।

थापाको ठाउमा १५ महिना अघि त्रिभुवन अन्तराट्रिय विमनस्थलमा रामेछाप बाटै सरुवा भइ जानुभएका आठौ तहका अधिकृत कर्मचरी केदार प्रसाद सत्याललाई पुनः शनिवार बाट मन्थली पठाएको छ ।
जहाज चलाउने अनुमति रद्ध भएपछि दुबै क्याप्टेनहरु छानविनका लागि यात्रीको रुपमा जहाज बाटै काठमाण्डौ गएका हुन् ।
कटपिटका वारेमा जिल्ला प्रहरी कार्यालय रामेछापमा उजुरी हालेका शाह र पिडक भनिने सन्जीव श्रेष्ठ बिच शक्रवार नै जिल्ला प्रहरी कार्यालयमा दुबैले आत्माआलोचना गरे पछि मेलमिलाम भएको थियो ।
यस अघि पटक पटक रामेछाप बसेर सेवा गरीसक्नु भएका आठौं तहका अधिकृत सत्याल नागरिक उड्ययन प्राधिकरण भित्र असल र इमान्दार कर्मचारीका रुपमा चिनिनुहुन्छ ।
उक्त घटनाको छानविन गर्न सजिलो होस भनेर प्राधिकरणले द’बै पाइलट र प्राधिकरणका रामेछाप शाखा प्रमख अशोक थापालाई काठमाण्डौ बोलाएको हो ।
यो बारेमा तपाईको प्रतिकृया