चरिकोट,३०वैशाख । बागमती प्रदेशका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पत्रकारहरूलाई निडर भएर समाचार लेख्न आग्रह गर्नु भएको छ । सो कुरा उहाले नेपाल प्रेस युनियन दोलखा शाखाको चरिकोटमा नवौँ जिल्ला अधिवेशन को उद्घाटन गर्दै वताउनुभएको हो ।

पत्रकारहरूले निडर भएर समाचार लेख्दा केही समस्या आइलाग्यो भने आफूहरू समस्या समाधानका लागि तयार रहेको बताउनुभयो । लोकतन्त्र प्राप्तिका लागि पत्रकारहरुको पनि उल्लेख्य भूमिका रहेको स्मरण गर्दै विगतको तुलनामा पत्रकारिता क्षेत्र र अन्य पूर्वाधारको क्षेत्रमा निकै विकास भएको बताउनुभयो । उहाँले बागमती प्रदेशमा हाल सम्म भएको विकास पर्याप्त नभएकोले अझै धेरै विकास निर्माणका कामहरू गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले नयाँ आएको दल काम गर्न भन्दा पनि नाटक मञ्चन गर्न आएको अनुभूति आफूलाई भएको बताउनुभयो । उहाँले जनताहरूलाई झुक्क्याउने दिन गए भन्दै गैर कानुनी काम गर्न कुनै दललाई पनि छुट नभएको बताउनुभयो । शाह वंशीय राजाहरूको अन्त्य सँगै मन्दिरका मूर्तिहरू चोरी हुने दर घटेकोले चोरी कार्यमा राजपरिवारकै संलग्नता हुने गरेको आरोप लगाउनुभयो । सबैले इमान्दारीताका साथ काम गर्ने हो भने देश विकासका लागि लामो समय नलाग्ने बताउनुभयो ।

कार्यक्रमका अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल प्रेस युनियनका पूर्व महासचिव अजयवावु शिवाकोटीले सञ्चार गृहहरूलाई स्थानीय निकाय हरुले बढी माया गर्नु पर्ने बताउनुभयो । पत्रकारले पनि आफ्नो पेसा प्रति दत्तचित्त भएर लाग्नु पर्ने बार्गेनिङका समाचार लेख्न नहुने र समाचार लेख्दा आचारसंहितालाई ध्यान दिनुपर्ने कुरालाई जोड दिनुभयो । सो अवसरमा नेपाली काँग्रेस दोलखा शाखाका सभापति वर्मा लामाले राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रको विकासका लागि आफू पनि लागि पर्ने बताउनुभयो । उहाँले राजनीतिक दलका पत्रकार भन्दा पनि निष्पक्ष समाचार लेख्ने पत्रकारले मात्र समाजमा योगदान दिन सक्ने बताउनुभयो । कार्यक्रमका अवरमा पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लाल कुमार मोक्तान, प्रेस युनियनका केन्द्रीय प्रतिनिधि रमेश ढुङ्गेल, प्रेस युनियन दोलखाका पूर्व अध्यक्ष सम्भू गौतम, दोलखा काँग्रेसका नेता रामजी प्रसाद चौलागाई,प्रेस युनियन वागमती प्रदेशका सचिब राजन वस्नेत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिब दिल सागर केशी, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल लगाएतले आ–आफनो मन्तब्य राख्नु भएको थियो ।

अधिवेशनले सुजन काफ्लेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । यसरी निर्विरोध निर्वाचित हुनेहरूमा उपाध्यक्ष द्वय निर्वाचित उपेन्द्र सुवेदी र सुशीला कार्की,सचिव सुवास बस्नेत, सह सचिव प्रेम तामाङ,कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी,र सदस्यहरूमा क्रमशः हरि खत्री, बाबुराम थापा, शिव सापकोटा भीष्म खड्का, पर्शुराम जोशी र इश्वर वल्लभ थापा रहनु भएको छ ।
यो बारेमा तपाईको प्रतिकृया