Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

निडर भएर समाचार लेख्नुस्,अप्ठेरो परे हामी छौँ – सांसद काफ्ले 

नेपाल अभियान नेपाल अभियान
३० बैशाख २०८०, शनिबार
in राजनीति, विविध, समाचार, समाज
0
30
SHARES
Share on FacebookShare on Twitter

चरिकोट,३०वैशाख । बागमती प्रदेशका सांसद एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य  कुन्दनराज काफ्लेले पत्रकारहरूलाई निडर भएर समाचार लेख्न आग्रह गर्नु भएको छ । सो कुरा उहाले नेपाल प्रेस युनियन दोलखा शाखाको  चरिकोटमा नवौँ जिल्ला अधिवेशन को उद्घाटन गर्दै  वताउनुभएको हो । 

पत्रकारहरूले  निडर भएर समाचार लेख्दा केही समस्या आइलाग्यो भने आफूहरू समस्या समाधानका लागि तयार रहेको बताउनुभयो । लोकतन्त्र प्राप्तिका लागि पत्रकारहरुको पनि उल्लेख्य भूमिका रहेको स्मरण गर्दै विगतको तुलनामा पत्रकारिता क्षेत्र र अन्य पूर्वाधारको क्षेत्रमा निकै विकास भएको बताउनुभयो । उहाँले बागमती प्रदेशमा  हाल सम्म भएको विकास पर्याप्त नभएकोले अझै धेरै विकास निर्माणका कामहरू गर्न जरुरी रहेको बताउनुभयो । 

उहाँले नयाँ आएको दल काम गर्न भन्दा पनि नाटक मञ्चन गर्न आएको अनुभूति आफूलाई भएको बताउनुभयो । उहाँले जनताहरूलाई झुक्क्याउने दिन गए भन्दै गैर कानुनी काम गर्न कुनै दललाई पनि छुट नभएको बताउनुभयो । शाह वंशीय राजाहरूको अन्त्य सँगै मन्दिरका मूर्तिहरू चोरी हुने दर घटेकोले चोरी कार्यमा राजपरिवारकै संलग्नता हुने गरेको आरोप लगाउनुभयो । सबैले इमान्दारीताका साथ काम गर्ने हो भने देश विकासका लागि लामो समय नलाग्ने बताउनुभयो ।  

कार्यक्रमका अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं नेपाल प्रेस युनियनका पूर्व महासचिव अजयवावु शिवाकोटीले सञ्चार गृहहरूलाई स्थानीय निकाय हरुले बढी माया गर्नु पर्ने बताउनुभयो । पत्रकारले पनि आफ्नो पेसा प्रति दत्तचित्त भएर लाग्नु पर्ने बार्गेनिङका समाचार लेख्न नहुने र समाचार लेख्दा आचारसंहितालाई ध्यान दिनुपर्ने कुरालाई जोड दिनुभयो । सो अवसरमा नेपाली काँग्रेस दोलखा शाखाका सभापति वर्मा लामाले राज्यको चौथो अङ्गको रूपमा रहेको पत्रकारिता क्षेत्रको विकासका लागि आफू पनि लागि पर्ने बताउनुभयो । उहाँले राजनीतिक दलका पत्रकार भन्दा पनि निष्पक्ष  समाचार लेख्ने पत्रकारले मात्र समाजमा योगदान दिन सक्ने बताउनुभयो । कार्यक्रमका अवरमा  पत्रकार महासंघका केन्द्रीय सदस्य रमेश खतिवडा   प्रेस काउन्सिलका सदस्य चिरञ्जीवी मास्के, नेपाल प्रेस युनियनका केन्द्रीय सचिव लाल कुमार मोक्तान, प्रेस युनियनका केन्द्रीय प्रतिनिधि रमेश ढुङ्गेल, प्रेस युनियन दोलखाका पूर्व अध्यक्ष सम्भू गौतम, दोलखा काँग्रेसका नेता रामजी प्रसाद चौलागाई,प्रेस युनियन वागमती प्रदेशका सचिब राजन वस्नेत, नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिब दिल सागर केशी, प्रेस चौतारी नेपाल दोलखाका अध्यक्ष प्रभु जिरेल लगाएतले आ–आफनो मन्तब्य राख्नु भएको थियो ।

अधिवेशनले सुजन काफ्लेको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन  गरेको छ । यसरी निर्विरोध निर्वाचित हुनेहरूमा उपाध्यक्ष द्वय निर्वाचित उपेन्द्र सुवेदी र सुशीला कार्की,सचिव सुवास बस्नेत, सह सचिव प्रेम तामाङ,कोषाध्यक्ष कृष्ण प्रसाद भण्डारी,र सदस्यहरूमा क्रमशः हरि खत्री, बाबुराम थापा, शिव सापकोटा भीष्म खड्का, पर्शुराम जोशी र इश्वर वल्लभ थापा रहनु भएको छ । 

Share12Tweet8Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३० बैशाख २०८०, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३० बैशाख २०८०, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

३० बैशाख २०८०, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३० बैशाख २०८०, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३० बैशाख २०८०, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३० बैशाख २०८०, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero