रामेछाप (भुजी),१२ कात्तिक । रमाेछाप जिल्लाकाे उमाकुण्ड गाउपालिका वडा नं -७ भुजीमा भुजी लिग फुटवल प्रतियोगिता -२०८० आज देखि सुरू भएकाे छ । सस्थाका अध्यक्ष शाेभराज सुनुवारकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे उद्घाटन संघिय सांसद पु्र्ण बहादुर तामाङ( कान्छाराम) ले गर्नु भएकाे थियाे । साे क्रममा बाेल्दै प्रमुख अतिथि तामाङले खेलकुदकाे विकास बिना देशकाे बिकास नहुने बताउनु भयाे । उहाले खेलकुद राजनितिक बिकासका लागि अबश्यक पर्ने भन्दै त्यसका लागि पर्याप्त बजेट बिनियाेजाका लागि अाफु पनि लागिपर्ने बताउनुभयाे ।
७ दिन सम्म चल्ने बताईएकाे उक्त खेलमा प्रथम र द्वितीय हुने प्रतियाेगी टिमहरूलाई क्रमश: नगद रू १ लाख २ हजार ५ सय पच्चिस र ५० हजार पच्चिस नगद साथै उत्कृष्ट प्लेयर,किपर,गाेलकर्ता,डिफेन्डर र म्यान अफ दि म्याच उपाधि हासिल गर्ने खेलाडिलाई मेडल, प्रमाणपत्र र ट्रफि हस्तान्तरण गर्ने कार्यक्रम रहेकाे आयाेजकले जनाएकाे छ । साे अबसरमा जिल्ला समन्वय समितिकि प्रमुख चिना कार्की, उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार, राप्रपाका जिल्ला उपाध्यक्ष दशराम सुनुवार लगाएतले शुभकामना मन्तब्य राख्नु भएकाे थियाे । उद्घाटन खेल अायाेजक संस्था फुटवल क्लव भुजी ” बि” र गुप्तेश्वर बिच हुने बताईएकाे छ । साेहि अबसर पारेर अायाेजक संंस्था भुजी फुटवल क्लवकाे २५ आै बार्षिकाेत्सब पनि बिबिध कार्यक्रमकासाथ मनाईएकाे थियाे ।
प्रमुख अतिथि तामाङलाई बाजागाजा सहित स्वागत गर्नुका साथै, अायाेजकले घाेडा चढाएर कार्यक्रम स्थल सम्म पुर्याएकाे थियाे । खेलमा १७ वटा िटमकाे सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ ।
यो बारेमा तपाईको प्रतिकृया