Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिमा पुनः सुवेदी

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
१० पुष २०८२, बिहीबार
in विविध, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली,१० पुष । मन्थली सामुदायिक खानेपानी उपभोक्ता तथा सरसाफाई समितिको विहीवार मन्थलीमा सम्पन्न २३ औं साधारण सभा एबं आठौं अधिबेशनले पुर्ण सुबेदीलाई पुनः दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ ।

यसरी निर्विरोध निर्बाचित हुने अन्य पदाधिकारीहरुमा उपाध्यक्ष, महासचिब र सचिबमा क्रमशः यम बहादुर बुढाथोकी, ढाकल थापा र शान्ता कुमारी न्यौपाने सुवेदी रहनुभएको छ । त्यसैगरी एरिया नं २,३,४,५,६,७ का सदस्यहरु क्रमशः दामोदर घिमिरे, डेक बहादुर श्रेष्ठ, दिपक भट्ट, श्याम कुमार श्रेष्ठ , शंकर बहादुर थापा र राम कुमार श्रेष्ठ पनि निर्बिरोध निर्बाचित हुनु भएको हो । त्यस्तैगरी लेखा समितिको सदस्यहरुमा रामचन्द्र अधिकारी र निलराज जैशी पनि निर्विरोध निर्वाचित हुनु निवाचन संयोजक लक्ष्मण भुजेलले बताउनुभयो ।

पदाधिकारीहरु मध्ये कोषाध्यक्षमा कुमार घिमिरे र हरिशरण सुबेदी साथै लेखा समितिको संयोजकमा कृष्ण बस्नेत र दिपक राज दाहालको उमेद्वारी परेको छ ।

त्यसैगरी एरिया नं १ को १ जना सदस्यका लागि बिजय सुबेदी, युवराज सुबेदी हेमन्त पौडेल , अम्बिका प्रासद काफ्ले , दिनेश सुबेदी, को उमेद्वारी परेको छ भने ३ जना खुल्ला महिला पदका लागि भने कबिता श्रेष्ठ, बिनिता काफ्ले, जयन्ती खड्का, रीता आचार्य, कोपिला कार्की, र पबित्रा सापकोटा गरी ६ जनाको उमेद्वारी परेको छ । निर्बान समितिले शुक्रवार सम्मका दावी विरोध र नाम फिर्ता लिने समय तोकेको छ यदि सर्बसम्बत हुन नसके शनिवार मतदान हुने जनाइएको छ । शुक्रवारनै निर्विरोध हुने नेतृत्वले सहमतिको प्रयास गर्ने बताइएको छ ।

समितिका अध्यक्ष पूर्ण सुबेदीको अध्यक्षतामा सम्पन्न उक्त साधारण सभाको उद्घाटन निवर्तमान उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पूर्ण बहादुर तामाङले गर्नु भएको थियो । उहाले आफु मन्त्री हुदा पनि क्रमागत रुपमा यस उपभोक्ता समितिका लागि ५ करोडको योजना पारेको साथै आगमी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सो अबसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि एबं बगमती प्रदेस शभाका सांसद आनन्द श्रेष्ठ ले तामाकोसीको लिफ्ट गरिएको पानी को लियर घटने क्रममा रहेकोले यसको दीर्घकालिन टीकाउपनाको बारेमा सम्बन्धित निकायले गम्भिर भएर सोच्नु पर्ने बताउनुभयो ।

साधारण सभाले सचिब ढाकल थापा र कोषाध्यक्ष कृष्ण बस्नेत द्वारा प्रस्तुत सांगठनिक र आर्थिक प्रतिबेदन समेत पास गरेको छ ।

Share9Tweet6Share2

Related Posts

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१० पुष २०८२, बिहीबार
रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित
देश

रामेछापका विपेश खत्री प्रदेश कोषाध्यक्षमा मनोनित

१० पुष २०८२, बिहीबार
जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन
समाचार

जिल्ला प्रहरी कार्यालय रामेछाप मार्फत ३ करोड भन्दा बढी राजस्व संकलन

१० पुष २०८२, बिहीबार
रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड
विविध

रामेछापका सरकारी कार्यालयको वार्षिक समीक्षा,सेवा प्रवाह र गुणस्तर सुधारमा जोड

१० पुष २०८२, बिहीबार
सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम
समाचार

सिमित स्रोत र साधनले भ्याएसम्म विकास निर्माणका काम गछौं– कानून मन्त्री गौतम

१० पुष २०८२, बिहीबार
मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती
समाचार

मन्थली नगरमा अनलाइन प्रणालीको राजस्व संकलन नहुँदा सेवाग्राहीलाई सास्ती

१० पुष २०८२, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero