Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

जातीय छुवाछुत कायमै

रमेश ढुङ्गेल रमेश ढुङ्गेल
२१ जेष्ठ २०८३, बिहीबार
in विविध, शिक्षा, समाचार, समाज
0
22
SHARES
Share on FacebookShare on Twitter

मन्थली, २२ जेठ । सरकारले वर्षेनी जातिय छुवाछुत उन्मुलन दिवस मनाउने गरेको भएपनि रामेछापमा भने अझै जातीय छुवाछुत अन्त्य हुन सकेको छैन ।
रामेछापको शहरी क्षेत्रमा जातिय छुवाछुत केही हदसम्म कम भएपनि ग्रामिण स्तरमा यो अझै कायमै रहेको छ । बिशेषगरी २०६३ साल जेठ २१ गतेका दिन नेपाल सरकारले मुलकुलाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरे सँगै त्यही ेला देखि हरेक बर्ष जातीय विभेद उन्मुलन दिवस मनाइदै आइरहेको छ ।

नेपालको संबिधान २०७२ ले पनि दलित समुदायलाई बिशेष प्रथमिकता दिदै धारा १८ मा समानताको हक, धारा २४ मा छुवाछुत तथा भेदभाव विरुद्धको हक र धारा ४० मा दलितको हक सम्बन्धि ब्यवस्था गरको छ तर यो ब्यवहारमा लागु नभएको रामेछाप नगरपालिका वडा नं ८ कि दलित महिला अधिकारकर्मी देवकुकारी नेपाली बताउनुहुन्छ । उहाले भन्नुभयो–æ म दलित अधिकारको क्षेत्रमा काम गर्ने आफै पनि धेरै पटक जातिय छुवाछुत भोगेको छु , सरकारले मनाउने यस्ता दिवसले जातिय छुवाछुत रोकिन्न त्यसका लागि समुदाय स्तरमै गएर जनचेतना जगाउने, कानुनि कुराहरु बताउने गरियो भने मात्र संम्भव छ ।
लुगा सिउनु र बाजा वजाउनु परियार समुदायको पुख्र्यौली पेशा हो भने ,जुत्ता सिउने मिजार समुदायको,पुख्यौली पेशा हो । त्यस्तै आरन चलाएर फलाम अर्जाप्ने बि.क समुदायको र मादल बनाएर विक्रि वितरण गर्नु बादी समुदायको पुख्यौली पेशा हो । यो पेशा ति समुदायले पुस्तौ देखि अंगाल्दै आइरहेका छन् । तर यी पेशा अपनाउने सबै दलित जाति भित्र पनि जतिय विभेद पाइने गरेको छ ।

सरकारले मनाउने यस्ता दिवसले केही उपलब्धि नहुने तर गाउका जेष्ठनागरिकहरुलाई चेतना जगाउने खालका कार्यक्रमहरू ल्याउन सके मात्र छुवाछुतको अन्त्य हुने मन्थली नगरपालिका वडा नं ५ सुनारपानीकी मिका सार्की बताउनुहुन्छ । उहाँले भन्नु भयो म गैर दलितको घरमा काम गर्न जाँदा धेरै पटक जातिय विभेद भोगेको छु , हामीलाई वाहिरै राखेर खानेकुरका दिइन्छ, हामीले छोएको पानी गैरदलितले खाँदैनन ।

दलित समुदायको सदियौ पुरानो विभेद अन्त्य गर्न र सामाजिक न्याय तथा समानता प्रवद्र्धन गर्ने उदेश्यले यो दिवस मनाउने गरिएको भएपनि यसले मात्र जातिय छुवाछुत अन्त्य हुनेकुरामा आफुहरुलाई विश्वास नलागेको अध्यक्ष नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापका अध्यक्ष लेख बहादुर विक बताउनुहुन्छ । उहाँले भन्नुभयो –æजातिय छुवाछुत गर्ने लाई सरकारी सेवा सुबिधा रोकिदिनु पर्छ अनि मात्र छुवाछुत हुन्न अन्यथा यो उन्मुलन त केही गरी पनि हुन्न न्यूनिकरण सम्म हुन सक्छ ।

यत नगर प्रमुख लव श्रेष्ठ भने भने छुवाछुत अन्त्यका लागि कानूनी रुपमा जे–जे प्राबधान भएपनि ब्यवहारीक रुपमा हामी आफैबाट लागु नगरे सम्म यो अन्त्य नहुने बताउनुभयो ।
उहाले भन्नुभयो – तपाइ हामीले कार्यान्वयन गर्न सकेनौ भने यो लागु हुन्न त्यसैले सचेत नागरिक नै यसमा अगाडि सर्नु पर्छ ।

जातीय छुवाछुत न्यूनिकरण गर्न सहज होस भन्ने उद्देश्यले मन्थली नगरपालिकाको सहयोगमा विहीवार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ रामेछापले २० औ राष्ट्रिय जातीय छुवाछुत उन्मूलन दिवको २०८३ को अबसर एक कार्यक्रमको आयोजा गरेको थियो ।

सो अवसरमा बर्तमान अबस्थामा रामेछाप जिल्लामा विभेदका घटना र आगामी योजनाÆका वारेमा अन्तरकृयात्मक कार्यक्रम गरको थियो ।

सो संस्थाका अध्यक्ष लेख बहादुर विक को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका अबसरमा २०८२ को एस इ इ मा ४ जि पि ए ल्याउने प्रतिमा नेपाली, दलित समुदायबाट रामेछाप उद्योग बाणिज्य संघमा बरिष्ठ उपाध्यक्ष बन्नुभएका आकास रिजाल र सचिब सिताराम लोहार सहित मन्थली नगरपालिकाका १४ वटा वडाका १ – १ जना सफल उद्यमी तथा ब्यवसायीहरूलाई सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरुमा वडा नं १ का २५ बर्षदेखि इलेक्ट्रोनिक काम गर्दै आएका धन बहादुर वि क, वगा नं का आरन ब्यवसायी झम्क सिं बि क, वगा नं ५ का अन्तरजातिय विवाह गर्ने तारा बहादुर रोका र शर्मिला विक , वडा नं ६ बाट ब्यवसायिक तरकारी खेति गर्ने सुस्मिता मंग्राती, वडा नं ७ बाट मादल बनाउने पेशा सञ्चालन गर्ने जब्बर बहादुर बादी, वडा नं ८ बाट ब्यवसायीक गोलभेडा खेती गर्ने कृष्ण बहादुर सार्की, वडा नं ९ बाट शिक्षक सेवा मा रहेकी सीता दर्नाल, वडा नं १० बाट कृषि उद्यमी सरीता मंग्रती, रहेका छन् ।
त्यसैगरी वडा नं १२ बाट आरन ब्यवसायी केदार बि क , वडा नं १३ बाट सिस्नुको धुलो बनाएर बेच्ने ब्यवसायी सुन्तली बर्देवा र वडा नं १४ बाट फर्निचर ब्यवसायी लाल बहादुर वि क रहेका थिए ।

कार्यक्रममा सहभागिहरुले दलित भएर गाँउमा आफुले भोग्नु परेको पिडा, ब्यवसाय सञ्चालन गर्दा आइपरेका समस्या र दलित प्रति सरकारी निकायले गरेको विभेदका बारेमा गुनासो र जिज्ञासा राखेका थिए ।

जातिय छुवाछुत विरुद्ध सरकारले धेरै नीति तथा कानूनहरु बनाए पनि त्यो ब्यबहारमा अझै लागु हुन सकेको छैन । समुदाय स्तरमै जनचेतनाका कार्यक्रमहरु गरी दलित र गैर दलित लाई सँगै राखेर अन्तरघुलन गराई सहभोज गराउने हो भने छुवाछुत उन्मुलन हैन न्यूनिकरणका लागि सहयोग पुग्ने मन्थली नगरपालिका वडा नं २ का पूर्व शिक्षक गुञ्ज बहादुर श्रेष्ठ बताउनुहुन्छ ।

Share9Tweet6Share2

Related Posts

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र
विविध

रामेछाप न.पा.काे खर्च ६८.७ प्रतिशत मात्र

२१ जेष्ठ २०८३, बिहीबार
राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार
समाचार

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान रामेछापमा कल्पना सुनुवार

२१ जेष्ठ २०८३, बिहीबार
चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत
विविध

चालु आवमा’ मन्थली नगरको प्रगती ८५.०४ प्रतिशत

२१ जेष्ठ २०८३, बिहीबार
अग्रजको विदाईमा सहकर्मिको आईरो
देश

अग्रजको विदाईमा सहकर्मिको आईरो

२१ जेष्ठ २०८३, बिहीबार
हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम
देश

हात्तिटारमा अविभावक शिक्षा कार्यक्रम

२१ जेष्ठ २०८३, बिहीबार
भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब
खेलकुद

भैसैश्वर योग साधना केन्दले मनायो आफनो दोस्रो बार्षिक उत्सब

२१ जेष्ठ २०८३, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero