Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

काठमाण्डौ बाट रामेछाप गठबन्धनमा एकताको सन्देश

नेपाल अभियान नेपाल अभियान
२८ आश्विन २०७९, शुक्रबार
in राजनीति, विविध, समाचार
0
35
SHARES
Share on FacebookShare on Twitter

रामेछाप,२८ असोज । काठमाण्डौमा शुक्रवार भएको भेलाले रामेछाप गठबन्धनमा एकताको सन्देश दिएको छ ।
यहि असोज २३ गते मनोनयन दाखिला गर्ने दिन नेपाली काग्रेसका केहि महाधिबेशन प्रतिनिधि लगाएतका नेताहरु जिल्लामा नदेखिएपछि,माओवादी र नेकपा एसका नेताहरुले बाँगी उमेद्वारी दर्ता गराएपछि बिपक्षी दलहरुले गठबन्धनमा एकता नभएका कारण आफ्नो जित पक्का भन्ने हल्ला फैलाउदै आएका थिए ।
तर बिहिवार काठमाण्डौमा भएको गठबन्धनको संयुक्त भेलामा काँग्रेसका असन्तुष्ट पक्ष मानिएका सबै नेताहरुको उपस्थिति भएपछि, नेकपा माओवादी केन्द्र र नेकपा एसका उमेद्वारहरुले आफ्नो उमेद्वारी फीर्ता लिएपछि काँग्रेस पार्टिका नेताहरु सहित गठबन्धनले थप एकताको सन्देश देखाएर उनीहरुको हल्लालाई निराधार बाइदिएको हो ।
टिकट वितरणमा अनियमितता भएको भदै प्रदेश सभा (ख) का बागि उम्मेदवार बनेका माओवादी केन्द्रका नेता तथा संविधानसभा सदस्य डिल्लीमान तामाङले जसरी पनि गठवन्धनका उमेद्वारलाई विजय गराउनु पर्ने अवस्था भएकाले आफुले वागी उमेद्वारी फीर्ता लिएको हँुदा चुनाव जिताउन तिनै दलले निष्ठापूर्वक भूमिका खेल्नु पर्ने बताउनु भयो । उहाले भन्नुभयो– ‘म उमेदवारी फिर्ता लिने मात्र हैन, गठवन्धनका उमेद्वारहरुलाई विजयी गराउनका लागि प्रमुख जिम्मेवारी वहन गर्न पनि सक्रिय भएर लाग्छु ।’
नेपाली काँग्रेसका असन्तुष्ट मानिएका अधिकांस नेताहरुले वोल्ने क्रममा टिकट वितरणका बेला पार्टिमा भएका कमीकमजोरीलाई थाति राखेर अवका दिन निर्वाचनमा एक भएर जाने कुरा लाई जोड दिएका थिए ।
भेलामा काँग्रेसका युवा नेता भरत प्रसाद चौलागाईले गठवन्धन भएपनि निर्वाचन जितिहालिन्छ भनेर ठुक्क भएर बस्न नहुने, बिपक्षी दलको उमेद्वारलाई कमजोर ठान्न नहुने भएकोले काँग्रेस र माओवादीका नेता तथा कार्यकर्ताहरुले इमान्दारीता पुर्बक काम गरी बढि भन्दा बढि भोट गठबन्धनको पक्षमा पार्न आग्रह गर्नुभयो । उहाले भन्नुभयो– “निर्वाचन सहज हुदैन सवैले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्छ, पार्टि प्रति कसैको असन्तुष्टि भए निर्वाचन पछि त्यसका बारेमा कुरा गरौं अहिले भने सबै कुरा थाति राखेर ३ जना गठबन्धनका उमेद्वार हरुलाई जिताउन लागौं ।”
नेपाली काँग्रेस प्रदेश सभा (ख) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पूर्व पार्टि सभापति रामचन्द्र खड्काले पार्टिले योगदानको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै टिकट जसले पाएपनि निर्वाचन जिताउनै पर्ने जिम्मेवारी रहेको वताउनु भयो । उहाले भन्नुभयो– “ गठवन्धनको तर्फबाट उमेद्वार भएका प्रतिनिधि सभाका कान्छाराम तामाङ र प्रदेश सभाका तारानारायण श्रेष्ठ र युवराज चौलागाईलाई जिताउने जिम्मेवारी हाम्रो काँधमा आएकाले त्यसका लागि आफु पनि क्रियासिल भएर लाग्ने र स्वास्थले साथ दिए सम्मका ठाँउहरुमा आफ्नो उपस्थिति जनाउने बताउनुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नेता श्यामकुमार श्रेष्ठ , उमेदवारहरु पूर्णवहादुर तामाङ (कान्छाराम) तारानारायण श्रेष्ठ र युवराज चौलागाई, माओवादी नेता धावा लामा समेतले आ –आफ्नो धारणा राखेका थिए ।

Share14Tweet9Share2

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२८ आश्विन २०७९, शुक्रबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२८ आश्विन २०७९, शुक्रबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

२८ आश्विन २०७९, शुक्रबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२८ आश्विन २०७९, शुक्रबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२८ आश्विन २०७९, शुक्रबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२८ आश्विन २०७९, शुक्रबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero