Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

गोकुलगंगा र उमाकुण्डको सम विकासमा ध्यान दिन्छौः – गठबन्धन

नेपाल अभियान नेपाल अभियान
५ कार्तिक २०७९, शनिबार
in राजनीति, विविध, समाचार, समाज
0
16
SHARES
Share on FacebookShare on Twitter


रामेछाप ५,असोज । आगामी मंसिर ४ गते हुने निर्वाचन अभियानमा निस्केको लोकतान्त्रिक गठबन्धनले वडा स्तरीय कार्यक्रम अन्तर्गत शनिबार गुम्देल र चुचुरेमा पुगेर मतदाता संग भेटघाट गरेको छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार गठबन्धन दलको संयुक्त वडा स्तरीय जनसभामा शुक्रवार उमाकुण्ड गाउँपालिका वडा नं ३ कुबुकास्थली र वडा नं २ बाम्तीभण्डारमा कार्यक्रम सम्पन्न भएको थियो भने शनिवार गुम्देल र चुचुरेमा कार्यक्रम भएको थियो । । गठबन्धनले जिल्लाको दुर्गम क्षेत्रको रुपमा परिचित उमाकुण्ड संगै गुुम्देल र चुचुरेको विकासलाई निर्वाचनबाट जितेपछि आफुहरुले पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता ब्यक्त गरेका थिए ।
दुवै वडामा भएको जनसभामा यी वडाहरु जिल्लाकै दुर्गम वडा भएकोले यस क्षेत्रको विकासमा आफूहरुको पहिलो प्राथमिकतामा परेको बताएका हुन् ।

अभियानको छैटौं दिन गुम्देल र चुचुरेको कार्यक्रममा त्यहाँका मतदाता सँग साक्षात्कार गरेको गठबन्धनका उमेद्वारहरुले उमाकुण्ड गाउँपालिका जस्तै गोकुलगंगा गाउँपालिकाको विकासलाई पनि आफुहरुले प्राथमिकतामा राखेर काम गर्ने बताए । सो अबसरमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार एवं नेपाली कांग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ ले आफू निर्वाचित भए गोकुलगंगाको विकासलाई विकासको पहिलो प्राथमिकतामा राखेर काम गर्ने बचन दिएका छन् । उहाले गोकुलगंगा गाँउ पालिका आफ्ने गृह पालिकापनि रहेकोले सबै भोट गठबन्धनलाई प्राप्त हुने बिश्वास ब्यक्त गर्नुभयो ।
जलबिद्युत उत्पादन सहित प्राकृतिक तथा ब्यावसायिक कृषिको क्षेत्रमा फड्को मादै गरेको यस क्षेत्रको कृषि र प्राकृतिक स्रोतलाई समुचित ब्यवस्थाप गरेर समृद्ध गोकुलगंगा बनाउने आफ्नो कार्ययोजना रहेको पनि तामाङ ले बताउनुभयो । उहाँले रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका विगत देखि विकासमा धेरै पछि परेको भन्दै आफू निर्वाचित भएपछि गोकुलगंगा र उमाकुण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेर धेरै विकास निर्माणका कामहरु गर्ने बताउनुभयो ।
प्रतिनिधिसभाका उमेद्वार तामाङले भौगोलिक रुपमा पिछडिएको यस क्षेत्रको सर्वाङीण विकासका लागि आफूले यस अघि पनि व्यक्तिगत रूपमा सहयोग गरेको र भोलि निर्वाचित भएपछि यस क्षेत्रलाई विकाससँग जोड्ने प्रतिबद्धता पनि जनाउनु भयो ।


कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेद्वार तारानारायण श्रेष्ठले पालिकाको सम्पूर्ण भू–भागको बारेमा र पालिका विकासमा पछि परेको कुरा आफुलाई पूर्ण रूपमा जानकारी रहेको भन्दै यहाको बिकासका लागि गठबन्धनको जित अनिवार्य रहेको बताउनुभयो । । आफू निर्वाचित भइसकेपछि समृद्ध उमाकुण्ड र गोकुलगंगा बनाउने गरी काम गर्न चाहेको बताउनुभयो ।
त्यस्तै माओवादीका नेता एवं पूर्व गृह राज्य मन्त्री श्याम कुमार श्रेष्ठ ‘कुशल’ले २०७४ को निर्वाचनमा माओवादीको बलमा चुनाव जितेको एमाले अहिले राजा ल्याउने एजेण्डा बोकेर हिँडेको आरोप लगाउँदै नेकपा एमालेलाई देश भरीबाट हराउन आम मतदातालाई अनुरोध गर्नुभयो ।
उहाले आफू प्रतिनिधि सभाको सदस्य हुँदा जिल्लालाई पूर्ण बिद्युतिकरण गरिएको, दर्जनौँ पक्की पुल निर्माण भएको, सयौँ किलोमिटर सडक कालोपत्रे गरिएको बताउँदै अब ठूलठूला पूर्वाधारका काम गर्न अहिलेका गठबन्धनका उम्मेदवारलाई जिताउन अत्यावश्यक रहेको अनुरोध गर्नुभयो ।
चुनावी सभामा रामेछापका निवर्तमान पार्टी सभापति लवश्री न्यौपाने,पार्टि सचिब दिपक खड्का नेकपा माओवादी केन्द्रबाट प्रदेश सभाका समानुपातिकका उम्मेद्वार केशर कुमार कालिकोटे, नेविसंघका पूर्व महामन्त्री गजेन्द्र बहादुर कार्की, लगायतले आ आफनो धारणा राखेका थिए ।


यसैगरी गठबन्धनको प्रदेश सभा (ख) को टोलीले शनिवार दोरम्बा शैलुङ्ग गाउपालिकामा पुगेको छ । त्याहा टोलिले त्याहापुगेर घरदैलो अभियान गर्नुका साथै चुनावी आमसभा समेत गरेको थियो । कार्यक्रमममा प्रदेश शभा (ख) का उमेद्वार युवराज चौलागाँईले आफ्नो पक्षमा भोट माग्दै गठबन्धनलाई जिताए मात्र दोरम्बा गाउपालिकाको पर्याप्त बिकास हुने बताउनुभयो ।

Share6Tweet4Share1

Related Posts

ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

५ कार्तिक २०७९, शनिबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

५ कार्तिक २०७९, शनिबार
मन्थली बजारमा डस्विन बितरण
विविध

मन्थली बजारमा डस्विन बितरण

५ कार्तिक २०७९, शनिबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

५ कार्तिक २०७९, शनिबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

५ कार्तिक २०७९, शनिबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

५ कार्तिक २०७९, शनिबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero