Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरका २७ अगुवा कृषकलाई ब्यवसायिक तरकारी तालीम

superadmin superadmin
१२ माघ २०७९, बिहीबार
in आधारभूत, कृषि, देश, प्रदेश नं ३, विविध, समाचार, समाज, स्थानीय सरकार
0
62
SHARES
Share on FacebookShare on Twitter


रामेछाप नगरपालिकाका भित्रका २७ जना अगुवा तरकारी कृषकहरुलाई ब्यवसायीक तालिम दिएको छ । उसले आफना सबै वडाका अगुवा कृषकहरुलाई व्यवसायिक तरकारी खेति तर्फ आत्म निर्भर बनाउने उदेश्यल उक्त तालिम संचालन गरेको हो ।
रामेछाप नगरपालीकाको समन्वय र तरकारी बाली विकास केन्द्र खुमलटारको आयोजनामा बुधबार र विहिबार गरि दुई दिन सम्म संचालन गरिएको उक्त तालिममा केन्द्रका प्रमुख दिनेश प्रसाद सापकोटा लगायत वरिष्ठ कृषि विज्ञहरुले सहजिकरण गर्नु भएको थियो । तालिममा कृषि क्षेत्रका विज्ञहरुले कृषकलाई तरकारी खेती गर्ने तरिका ,रोग किरा नियन्त्रण विधि र भण्डारन र बजार सम्म लैजाने तरिकाका बारेमा पनि प्रशिक्षण दिईएको नगरपालिकाका प्रशासन शाखाका प्रमुख नारायण सुवेदीले जानकारी दिनुभयो ।
वडा कार्यालयको सिफारिसमा प्रत्यक वडा वाट तीन तीन जनाको सहभागिता रहेको तालिमको उद्घाटन नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले गर्नु भएको थियो । सो क्रममा उहाँले ब्यवसाय गर्न चाहने कृषक हरुका लागि यो तालिम सार्थक हुने विश्वास ब्यक्त गर्नु भएको थियो । उहाले कृषि क्षेत्रको परिवर्तन विना सम्बृद्ध नगर सम्भब नहुने भएकोले नगरले ब्यवसायी तरकारी खेतिका लागि वालि विकास केन्द्रको सहजिकरणमा कृषकहरुका लागि तालिम उपलब्ध गराएको जानकारी गराउनु भयो ।
उहाँले पछिल्लो समयमा कृष फर्म दर्ता गर्दैमा अनुदान पाईन्छ भन्ने भ्रम अधिकाँश कृषकहरुमा परेकोले कुनै पनि कृषकलाई उक्त भ्रममा नपर्न पनि आग्रह गर्नु भयो । उहाँले अनुदान प्राप्त गर्नका लागि नगरले तयार पारेको मापदण्डलाई आत्मासात गरेर काम गर्न पनि आग्रह गर्नु भयो । अनुदानका लागि ब्यवसाय गरि रहेको कृषक मात्र योग्य हुने भन्दै सवै कृषकहरुलाई ब्यवसायीक तरकारी खेतिमा सामेल हुनका लागि पनि आग्रह गर्नु भयो। कार्यक्रममा बोल्नु हुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी थापा कार्कीले सुख्खा ग्रस्त क्षेत्र भएर पनि रामेछाप नगरपालिमा भएको तरकारीको उत्पादनले सदरमुकाममा पनि राम्रो बजार पाएकोले यसको थप विस्तरकालागि पनि तालीमले सहयोग पुग्ने धारणा राख्नु भयो । तरकारी संगै विभिन्न वडाहरुमा भईरहेको फलफूल तथा गेडागुडी उत्पादनलाई थप विस्तार गर्न बाताबरण सृजना गर्नु पर्ने पनि उप प्रमुख कार्किले बताउनु भयो ।

तालिम उद्घाटन्का क्रममा रामेछाप नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत निरज पौडेलले रामेछाप नगरपालिका भित्र उत्पादित फलफुल र तरकारीले ब्यवसायीक कृषकहरुलाई उत्साहित बनाएकोमा खुसि ब्यक्त गर्दे नगरले कृषकले उत्पादन गरेको चिजवस्तुहरु बजारसम्म पुर्याउनका लागि नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गर्ने तयारी गरिरहेको जानकारी पनि दिनु भयो ।

Share25Tweet16Share4

Related Posts

रामेछाप न.पा.काे समीक्षा सम्पन्न
समाचार

रामेछाप न.पा.काे समीक्षा सम्पन्न

१२ माघ २०७९, बिहीबार
अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ –  घिसिङ
प्रदेश नं ३

अबको निर्वाचन पछि प्रदेश सरकार उज्यालो पार्टिको नेतृत्वमा बन्छ – घिसिङ

१२ माघ २०७९, बिहीबार
मन्थली र रामेछापमा रक्तदान कार्यक्रम
विविध

मन्थली र रामेछापमा रक्तदान कार्यक्रम

१२ माघ २०७९, बिहीबार
विआईजीकाे रक्तदान
प्रदेश नं ३

विआईजीकाे रक्तदान

१२ माघ २०७९, बिहीबार
सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)
विचार

सामजिक यथार्थमा आधारित नाटक – मिस मेनुका, (एक अनुभूति)

१२ माघ २०७९, बिहीबार
पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा
शिक्षा

पालिकाका असल अभ्यास शिक्षा विकास तथा समन्वय इकाइको क्यालेन्डरमा

१२ माघ २०७९, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero