मन्थली,७ भाद्र । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रामेछाले रामेछाप र मन्थली वजारमा छुट्टा छुट्टै रुपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ब्रह्माकुमारी राजयोगीनी प्रकाशमणीको १९ आंै पुण्य तिथिको अबसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको ब्रह्मकुमार भरत श्रेष्ठले बताउनुभयो ।
उक्त कार्यक्रममा सहभागि भएर रामेछाप बजारमा २३ र मन्थलीमा २३ जना गरी कुल ४६ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका कोषाध्यक्ष दिनेश कार्कीले जानकारी दिनुभयो ।
रक्तदान जीवन दान, भन्ने मूomल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमको प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापले गरेको थियो ।












यो बारेमा तपाईको प्रतिकृया