Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

उमाकुण्डमा हाईड्रोपावरको आँतक,पालिकाले गाडि चलाउन रोक लगाउने

superadmin superadmin
२२ फाल्गुन २०७९, सोमबार
in आधारभूत, कारोबार, देश, प्रदेश नं ३, समाचार, समाज, स्थानीय सरकार
0
39
SHARES
Share on FacebookShare on Twitter


रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आफनो पालिकामा निर्मित हाइड्रो पावरको आतंकले सिमा नाघेको भन्दै पालिकाले सडकमा गाडि चल्न नदिने चेतावनी दिएको छ । रामेछाप, ओखलढुंगा र सोलु जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा निर्मित हाइड्रो पावरको आतंकले सर्बसाधारण हैरानीमा परेको भन्दै पालिकाले सडकमा गाडि चल्न नदिने चेतावनी दिएको हो ।
केहि दिन अघि उमाकुण्ड १ को दुगड हाईड्रोपावरको लापरबाहिका कारण एक जना मजदुरको ज्यान गएको विषय पछि त्यहाँका हाईड्रोपावरको लापरबाहि र दादागिरीको थप विवरण बाहिरिएको हो । उसले गरेको अमानविय ब्यवहारका कारण मज्दुरको त ज्यान गयो नै उनि संग आश्रीत श्रीमती र २५ दिनको अबोध बालक सहित आधा दर्जन परिवारको पनि विचल्ली भयो । राहत र न्यायको लागि बसेको परिवारले ५ दिन सम्म लास नबुझिकन बस्दा पनि विचौलिया प्रयोग गरि सहमतिका नाममा परिवारलाई किरिया खर्च दिएको भरमा टारेपछि पालिकालाई थप तनाब भएको हो ।
जलविद्युत आयोजनाहरूको दादागिरी संस्थागत हुँदै जाँदा उमाकुण्ड गाउँपालिाका –२ का खम्बध्वज बस्नेतको पनि रातमा निद्रा हराएको छ । निर्माणाधीन जलविद्युत आयोजनाहरूका कारण त्यहाँका खम्बध्वज मात्र हैन त्यस आसपासका सयौ कृषकहरुको घर बास उठ्ने अवस्थामा पुगेको छ । आयोजना निर्माणका लागि सामाग्री ल्याउन मनलाग्दी रूपमा सडक ठुलो बनाउँदा बस्नेतको घर पहिरोको उच्च जोखिममा छ भने उसले विभिन्न शिर्षकमा सर्वसाधारणलाई पेल्ने र ठेल्ने ब्यवहारले सर्वसाधारण मात्र नभएर सिङ्गो गाउँपालिका पनि अक्रान्त छ ।
आयोजनाले सर्व साधारणलाई उपयोग गरेर आफनो स्वार्थ सिद्ध् गराउन विभिन्न कर्महरु गर्दा आश्वासन दिने र काम सकिएपछि दिएको आश्वासनलाई वेवास्त गर्ने गरेको उमाकुण्ड २ जनज्योति बजारका चुडामडि श्रेष्ठले बताउनु भयो । जलविद्युत आयोजनाले आफ्नो सामान ल्याउन ठुला गाडी गुडाउन मनलाग्दि फराकिलो बनाउने र प्रयोगपछि सडकको स्तरोन्तिमा ध्यान समेत नदिने गरेका कारण सडकमा सार्वजनिक गाडि गुडाउन समेत समस्या भएको पनि श्रेष्ठले बताउनु भएको छ । आयोजनाको दादगिरि नरोक्ने हो भने यस क्षेत्रका सर्वसाधारणको उठिबास लाग्ने अबस्था सृजना भएको पनि चुडामणिको भनाई रहेको छ ।
आयोजनाले आफनो स्वार्थ अनुकुल जथाभाबी खनेको सडकका कारण स्थानिय खम्बध्वज बस्नेतको भूकम्पपछि बनाएको घर पहिरोले खस्न लागेको छ भने अहिले बसिरहेका दुई वटा घर पनि उच्च जोखिममा छन् ।सडकबाट पहिरोले तान्दा अहिले घरमा बस्ने स्थिति नभएको पनि बस्नेतले बताउनुभयो । ‘पहिरोले घरमा बस्ने स्थिति छैन, अहिले त जसो त्यसो बसेका छौँ, तर वर्षामा बस्ने अवस्था छैन, हाइड्रोले उठिबास लगायो, हाम्रो समस्या न त कसैले देखे न त कसैले सुने उहाँले रुँदै भन्नुभयो ।
अरू केही चाहिँदैन स्थानीय, प्रदेश, संघिय सरकार वा हाइड्रो कसले हुन्छ घर र जग्गामा गइरहेको पहिरो रोकथाम गरेर परिवारलाई सुरक्षित बस्ने वातावरण बनाइदिए मात्र पनि आफना लागि ठुलो राहत हुने पनि बस्नेतको भनाइ छ । खम्बध्वज बस्नेतको मात्रै होइन उमाकुण्ड गाउँपालिका–२ कै तेजबहादुर बस्नेतको पनि पीडा उस्तै छ । गाउँपालिकाको विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूले भएको बाटो स्त्तरोउन्नति गर्ने क्रममा उहाँको पनि चार घर सहित खेत पनि पहिरोको उच्च जोखिम छ ।
सडक ठुलो बनाउने बहानामा केही मतलब नगरी जथाभाबी सडक खन्दा आफ्नो चार वटा घर पहिरोको उच्च जोखिम पर्दा सिङ्गो परिवारकै उठिबास लागेको उहाँले बताउनुभयो । ‘तत्कालीन अवस्थामा गाउँको विकासका लागि एक घर एक कोदालो अभियानले सडक बनाइयो, अहिले हाइड्रो पावरले यही सडकलाई प्रयोग गरेर उठिबास लगाएको पनि उहाँले गुनासो गर्नुभयो ।
उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाहरूका कारण वडा नं २ का बस्नेत परिवार जस्ता धेरै परिवारको अहिले उठिबास लाग्ने अवस्था बनेको छ । जलविद्युत आयोजनाले आयोजना निर्माणका लागि आवश्यक सामाग्री ल्याउन प्रयोग गरेको उमाकुण्ड गाउँपालिकाबाट सोलुखुम्बु जिल्ला जोडिने देउराली, बाम्ती ठाडो खोला सडक खण्ड भत्किएर लथालिङ्ग बनेको छ ।
यो सडक खण्डमा जलविद्युत परियोजनाको ठुला ठुला ट्रक हिँडेका कारण सडक भत्किएर अन्य साना यात्रु बाहक सवारी साधानहरु गुड्न सक्ने अवस्था नरहेको चालकहरुले बताएका छन् । ‘ठुला ठुला ट्रक गुडेर बाटो खराब बनेको छ । गोकुलगंगा गाउँपालिकाको वडा नं २ ठोसेको शिवालयदेखि उमाकुण्ड गाउँपालिकाको देउराली, बाम्ती ठाडो खोला सडकमा साना सवारी साधन गुड्न सक्ने अवस्था नभएपछि साना तथा ठुला गाडिहरु पनि संचालन गर्न समस्या भएको छ ।
लिखु नदीमा मात्र अहिले ९ वटा जलविद्युत आयोजनाहरू चालु र निर्माणाधीन अवस्थामा छन् । जसमध्य उमाकुण्ड गाउँपालिकामा अहिले ५७.५ मेघा वाटको नुप्चे जलविद्युत आयोजना, ७७ मेघा वटको लिखु–१ जलविद्युत आयोजना र ५५ मेघा वटको लिखु–२ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यसै गरी ४.५ मेघा वटको मध्य लिखु साना जलविद्युत आयोजना, ३० मेघा वाटको लिखु खोला जलविद्युत आयोजना, ८.५२ मेघा वाटको चुले खोला जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन् ।
त्यसैगरि २९ मेघा वाटको लिखु–ए जलविद्युत आयोजना र ५२.४ मेघा वाटको लिखु–४ जलविद्युत आयोजनाले भने आफनो उत्पादनलाई केन्द्रिय गिब्रमा जोडेर उनिहरुले नियमित आम्दानी गर्न सुरु गरिसकेका छन् ।
नियम कानून र सहमतिको बर्खिलाप गरि सर्बसाधारण नागरिकलाई दुःख दिने जलविद्युत आयोजनाहरू आफुहरुको लागि आवश्यक नरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । ‘जलविद्युत आयोजनाहरूले वातावरण प्रभाव मूल्याङ्कन कार्यान्वयन गरेर अघि बढ्नु पर्ने थियो । तर उसले त्यसो नगरेर विभिन्न आश्वासन र प्रलोभनमा नागरिकलाई दुःख दिने बाहेक केही काम गरेको छैन ।
अरु त कुरै छाडौ आयोजनामा काम गर्ने मज्दुरले विरामि हुँदा पाउनु पर्ने सामान्य उपचार र ज्यान गुमाएका मजदुरले पाउनुपर्ने क्षतिपूर्ति दिन पनि आयोजनाले नमान्ने गरेको पनि अध्यक्षले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो – आयोजनाका कारण भत्किएको सडक निर्माण गरिदिने बारेमा स्थानीय सरकार, जिल्ला प्रशासन र स्थानीयका बिचमा पनि यस अघि भएको सहमति पनि जलविद्युत आयोजनाले कार्यान्वनमा नल्याएका कारण उक्त सडक आफै स्तरोन्नति गर्ने र जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएर हाईड्रोका कुनै पनि गाडि चल्न नदिने पनि अध्यक्ष सुनुवारले बताउनु भयो ।

Share16Tweet10Share3

Related Posts

तालिम सुरु
समाचार

तालिम सुरु

२२ फाल्गुन २०७९, सोमबार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

२२ फाल्गुन २०७९, सोमबार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

२२ फाल्गुन २०७९, सोमबार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

२२ फाल्गुन २०७९, सोमबार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

२२ फाल्गुन २०७९, सोमबार
रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु
समाचार

रामेछाप उद्योग बाणिज्य संघको अधिबेशन सुरु

२२ फाल्गुन २०७९, सोमबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.