रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले आफनो पालिकामा निर्मित हाइड्रो पावरको आतंकले सिमा नाघेको भन्दै पालिकाले सडकमा गाडि चल्न नदिने चेतावनी दिएको छ । रामेछाप, ओखलढुंगा र सोलु जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा निर्मित हाइड्रो पावरको आतंकले सर्बसाधारण हैरानीमा परेको भन्दै पालिकाले सडकमा गाडि चल्न नदिने चेतावनी दिएको हो ।
केहि दिन अघि उमाकुण्ड १ को दुगड हाईड्रोपावरको लापरबाहिका कारण एक जना मजदुरको ज्यान गएको विषय पछि त्यहाँका हाईड्रोपावरको लापरबाहि र दादागिरीको थप विवरण बाहिरिएको हो । उसले गरेको अमानविय ब्यवहारका कारण मज्दुरको त ज्यान गयो नै उनि संग आश्रीत श्रीमती र २५ दिनको अबोध बालक सहित आधा दर्जन परिवारको पनि विचल्ली भयो । राहत र न्यायको लागि बसेको परिवारले ५ दिन सम्म लास नबुझिकन बस्दा पनि विचौलिया प्रयोग गरि सहमतिका नाममा परिवारलाई किरिया खर्च दिएको भरमा टारेपछि पालिकालाई थप तनाब भएको हो ।
जलविद्युत आयोजनाहरूको दादागिरी संस्थागत हुँदै जाँदा उमाकुण्ड गाउँपालिाका –२ का खम्बध्वज बस्नेतको पनि रातमा निद्रा हराएको छ । निर्माणाधीन जलविद्युत आयोजनाहरूका कारण त्यहाँका खम्बध्वज मात्र हैन त्यस आसपासका सयौ कृषकहरुको घर बास उठ्ने अवस्थामा पुगेको छ । आयोजना निर्माणका लागि सामाग्री ल्याउन मनलाग्दी रूपमा सडक ठुलो बनाउँदा बस्नेतको घर पहिरोको उच्च जोखिममा छ भने उसले विभिन्न शिर्षकमा सर्वसाधारणलाई पेल्ने र ठेल्ने ब्यवहारले सर्वसाधारण मात्र नभएर सिङ्गो गाउँपालिका पनि अक्रान्त छ ।
आयोजनाले सर्व साधारणलाई उपयोग गरेर आफनो स्वार्थ सिद्ध् गराउन विभिन्न कर्महरु गर्दा आश्वासन दिने र काम सकिएपछि दिएको आश्वासनलाई वेवास्त गर्ने गरेको उमाकुण्ड २ जनज्योति बजारका चुडामडि श्रेष्ठले बताउनु भयो । जलविद्युत आयोजनाले आफ्नो सामान ल्याउन ठुला गाडी गुडाउन मनलाग्दि फराकिलो बनाउने र प्रयोगपछि सडकको स्तरोन्तिमा ध्यान समेत नदिने गरेका कारण सडकमा सार्वजनिक गाडि गुडाउन समेत समस्या भएको पनि श्रेष्ठले बताउनु भएको छ । आयोजनाको दादगिरि नरोक्ने हो भने यस क्षेत्रका सर्वसाधारणको उठिबास लाग्ने अबस्था सृजना भएको पनि चुडामणिको भनाई रहेको छ ।
आयोजनाले आफनो स्वार्थ अनुकुल जथाभाबी खनेको सडकका कारण स्थानिय खम्बध्वज बस्नेतको भूकम्पपछि बनाएको घर पहिरोले खस्न लागेको छ भने अहिले बसिरहेका दुई वटा घर पनि उच्च जोखिममा छन् ।सडकबाट पहिरोले तान्दा अहिले घरमा बस्ने स्थिति नभएको पनि बस्नेतले बताउनुभयो । ‘पहिरोले घरमा बस्ने स्थिति छैन, अहिले त जसो त्यसो बसेका छौँ, तर वर्षामा बस्ने अवस्था छैन, हाइड्रोले उठिबास लगायो, हाम्रो समस्या न त कसैले देखे न त कसैले सुने उहाँले रुँदै भन्नुभयो ।
अरू केही चाहिँदैन स्थानीय, प्रदेश, संघिय सरकार वा हाइड्रो कसले हुन्छ घर र जग्गामा गइरहेको पहिरो रोकथाम गरेर परिवारलाई सुरक्षित बस्ने वातावरण बनाइदिए मात्र पनि आफना लागि ठुलो राहत हुने पनि बस्नेतको भनाइ छ । खम्बध्वज बस्नेतको मात्रै होइन उमाकुण्ड गाउँपालिका–२ कै तेजबहादुर बस्नेतको पनि पीडा उस्तै छ । गाउँपालिकाको विभिन्न स्थानमा निर्माण भइरहेका जलविद्युत आयोजनाहरूले भएको बाटो स्त्तरोउन्नति गर्ने क्रममा उहाँको पनि चार घर सहित खेत पनि पहिरोको उच्च जोखिम छ ।
सडक ठुलो बनाउने बहानामा केही मतलब नगरी जथाभाबी सडक खन्दा आफ्नो चार वटा घर पहिरोको उच्च जोखिम पर्दा सिङ्गो परिवारकै उठिबास लागेको उहाँले बताउनुभयो । ‘तत्कालीन अवस्थामा गाउँको विकासका लागि एक घर एक कोदालो अभियानले सडक बनाइयो, अहिले हाइड्रो पावरले यही सडकलाई प्रयोग गरेर उठिबास लगाएको पनि उहाँले गुनासो गर्नुभयो ।
उमाकुण्ड गाउँपालिकामा निर्माणाधीन जलविद्युत आयोजनाहरूका कारण वडा नं २ का बस्नेत परिवार जस्ता धेरै परिवारको अहिले उठिबास लाग्ने अवस्था बनेको छ । जलविद्युत आयोजनाले आयोजना निर्माणका लागि आवश्यक सामाग्री ल्याउन प्रयोग गरेको उमाकुण्ड गाउँपालिकाबाट सोलुखुम्बु जिल्ला जोडिने देउराली, बाम्ती ठाडो खोला सडक खण्ड भत्किएर लथालिङ्ग बनेको छ ।
यो सडक खण्डमा जलविद्युत परियोजनाको ठुला ठुला ट्रक हिँडेका कारण सडक भत्किएर अन्य साना यात्रु बाहक सवारी साधानहरु गुड्न सक्ने अवस्था नरहेको चालकहरुले बताएका छन् । ‘ठुला ठुला ट्रक गुडेर बाटो खराब बनेको छ । गोकुलगंगा गाउँपालिकाको वडा नं २ ठोसेको शिवालयदेखि उमाकुण्ड गाउँपालिकाको देउराली, बाम्ती ठाडो खोला सडकमा साना सवारी साधन गुड्न सक्ने अवस्था नभएपछि साना तथा ठुला गाडिहरु पनि संचालन गर्न समस्या भएको छ ।
लिखु नदीमा मात्र अहिले ९ वटा जलविद्युत आयोजनाहरू चालु र निर्माणाधीन अवस्थामा छन् । जसमध्य उमाकुण्ड गाउँपालिकामा अहिले ५७.५ मेघा वाटको नुप्चे जलविद्युत आयोजना, ७७ मेघा वटको लिखु–१ जलविद्युत आयोजना र ५५ मेघा वटको लिखु–२ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा छन् । त्यसै गरी ४.५ मेघा वटको मध्य लिखु साना जलविद्युत आयोजना, ३० मेघा वाटको लिखु खोला जलविद्युत आयोजना, ८.५२ मेघा वाटको चुले खोला जलविद्युत आयोजना भने निर्माणाधीन अवस्थामा छन् ।
त्यसैगरि २९ मेघा वाटको लिखु–ए जलविद्युत आयोजना र ५२.४ मेघा वाटको लिखु–४ जलविद्युत आयोजनाले भने आफनो उत्पादनलाई केन्द्रिय गिब्रमा जोडेर उनिहरुले नियमित आम्दानी गर्न सुरु गरिसकेका छन् ।
नियम कानून र सहमतिको बर्खिलाप गरि सर्बसाधारण नागरिकलाई दुःख दिने जलविद्युत आयोजनाहरू आफुहरुको लागि आवश्यक नरहेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो । ‘जलविद्युत आयोजनाहरूले वातावरण प्रभाव मूल्याङ्कन कार्यान्वयन गरेर अघि बढ्नु पर्ने थियो । तर उसले त्यसो नगरेर विभिन्न आश्वासन र प्रलोभनमा नागरिकलाई दुःख दिने बाहेक केही काम गरेको छैन ।
अरु त कुरै छाडौ आयोजनामा काम गर्ने मज्दुरले विरामि हुँदा पाउनु पर्ने सामान्य उपचार र ज्यान गुमाएका मजदुरले पाउनुपर्ने क्षतिपूर्ति दिन पनि आयोजनाले नमान्ने गरेको पनि अध्यक्षले गुनासो गर्नु भयो । उहाँले भन्नुभयो – आयोजनाका कारण भत्किएको सडक निर्माण गरिदिने बारेमा स्थानीय सरकार, जिल्ला प्रशासन र स्थानीयका बिचमा पनि यस अघि भएको सहमति पनि जलविद्युत आयोजनाले कार्यान्वनमा नल्याएका कारण उक्त सडक आफै स्तरोन्नति गर्ने र जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएर हाईड्रोका कुनै पनि गाडि चल्न नदिने पनि अध्यक्ष सुनुवारले बताउनु भयो ।

यो बारेमा तपाईको प्रतिकृया