Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

मन्थली नगरपालिकाद्धारा ६६ वटा पसलको अनुगमन ३ लाख बराबरको सामान नष्ट 

नेपाल अभियान नेपाल अभियान
२५ श्रावण २०८०, बिहीबार
in देश, प्रदेश नं ३, समाचार
0
280
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २५ साउन । बुधवार र बिहीबार ३ वटा वडाका ६६ वटा वडाका होटेल र पसल अनुगमन गरेको मन्थली नगरपालिकाले अनुगमनका क्रममा जफत गरेको म्याद नाघेका अखाद्य सामाग्री नष्ट गरेको छ । उसले ३ वटा वडामा बरामद गरेका करिब ३ लाख रुपैयाँ बराबरको अखाद्य  सामाग्री बिहीबार एयरपोर्ट नजिकैको तामाकोसी नदी किनारमा लगेर व्यवस्थित तरिकाले  नष्ट गरेको हो । 

सदरमुकाम मन्थली बजार सँगै ग्रामीण बजारका ब्यवसायीहरुको मन लाग्दी र हेलचेक्याईपनले उपभोक्ता आहत भएको सूचनाका आधारमा मन्थली नगरले बुधवार वडा नं १३ को देवीटार र मिल्ती बजारका कुल ४० वटा र बिहीबार वडा नं ४को सालुपाटि बजार र वडा नं ५ को सुनारपानी बजारका होटेल तथा पसलहरूको आकस्मिक अनुगमन गरेको थियो । 

मन्थली नगरकी उप प्रमुख ईश्वरी बस्नेतको नेतृत्वमा खटिएको सरोकारवालाहरूको टोलीले  बजारका अधिकांश पसल र होटेलको समेत अनुगमन गरेको थियो । सो क्रममा टोलीले नुन र सुन बाहेक म्याद नाघेका र किरा परेका समेत  आइटम बरामद गरेको थियो । जसमा सबै भन्दा बढी मदिराजन्य सामाग्रीहरू,दुई तीन वर्ष म्याद नाघिसकेको  सामन्नेगल बियर,टुवोर्ग बियर,लियोपाड्र्स बियर आइस बियर,विभिन्न प्रजातिका जुस र पेय पदार्थ,चार वर्ष म्याद नाघेको गोलभेँडाको सस देखि किरा परेको पापड,भुजा बिस्कुट लगायतका दर्जनौँ अखाद्य सामिग्रि नष्ट गरिएको उप प्रमुख ईश्वरी बस्नेतले जानकारी दिनु भयो  । 

 आकस्मिक रूपमा अनुगमन  टोली ती बजार केन्द्रमा पुग्दा कतिपय ब्वसायीहरु सटर थुनेर हिँडेका थिए । अनुगमनका क्रममा इजाजत  फर्म नवीकरण दर्ता नगराई बसेका करिब ३० जना जति व्यवसायी हरूको स्थलगत रुपमानै  नवीकरण गरिएको थियो । अनुगमनका क्रममा बुधवार  करिब १ लाख र बिहीबार करिब ७० हजार रुपैयाँ बराबरको   राजस्व सङ्कलन पनि भएको अनुगमनमा संलग्न  मन्थली नगरपालिकाका राजस्व शाखा प्रमुख उज्ज्वल पोखरेलले जानकारी दिनुभयो । 

  नेपाल सरकार र स्थानीय सरकारले तय गरेको कार्यविधिका आधारमा सूक्ष्म तरिकाले गरिएको अनुगमनका क्रममा साना ठुला सबै जसोमा   केही न केही  कमजोरी भेटिएको  थियो । टोलीले ती बजारका  औषधि पसलको समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा व्यापारी हरुले जान अनजानमा भएका सबै खाले गल्ती हरूलाई पूर्ण रूपमा सच्याएर जान तयार रहेको बताउनु भएको थियो । सो क्रममा ब्यवसायीहरले  पहिलो अनुगमन भएकोले आइन्दा कमजोरी नहुने भनेपछि आधार हुँदाहुँदै पनि कसैलाई पनि खासै जरिवाना भने गरेन । 

 तर कमी कमजोरी गर्ने सबैलाई एक हप्ता भित्र दर्ता व्यवसाय नवीकरण गरी भएका कमजोरी दोहोर्‍याइsन कानूनी दायरा भित्र रहेर  व्यवसाय गर्नका  लागि नगरपालिकाले लिखित रुपमानै सचेत गराएको पनि राजस्व शाखा प्रमुख उज्ज्वल पोखरेलले बताउनु भयो ।

अनुगमनका क्रममा नीति विधि बुझाएर गरिएकोले सबै जसो व्यवसायीहरूले नगरपालिका सँग भने खासै असन्तुष्टि देखिएका थिएनन् । तर उनीहरूले बरामद गरिएको सामानमा भने ठुला र घरनिया व्यापारीहरूबाट भने आफूहरू नराम्रो सँग ठगिएको गुनासो गरेका थिए  । सो क्रममा एक दिन अघि ल्याइएको मंहगो मदिराजन्य सामान पनि म्याद सकिएका कारण टोलीले बरामद गरेको थियो । जसमा एक जना सामान्य ब्यपारीको ५ हजार देखि ५०हजार रुपैयाँ जति सम्मको सामान बरामद हुँदा भने व्यवसायीहरूले दुख मनाउ गरेको अनुगमन टोलीमा सहभागी रामेछाप उद्योग वाणिज्य सङ्घका प्रतिनिधि विजय श्रेष्ठले बताउनु भयो । उहाँले भन्नु भयो – यसरी नै  जिल्ला भरिका सबै बजार अनुगमन गर्न सक्ने हो भने व्यवसायी क्षेत्रमा देखिने गरेका  धेरै समस्या र कमजोरी दूर हुनुका साथै उपभोक्ताहरूले पनि म्याद नागेका खाद्यान्न सेवन गर्न बाट जोगिने थिए । 

Share112Tweet70Share20

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२५ श्रावण २०८०, बिहीबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२५ श्रावण २०८०, बिहीबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२५ श्रावण २०८०, बिहीबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२५ श्रावण २०८०, बिहीबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२५ श्रावण २०८०, बिहीबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२५ श्रावण २०८०, बिहीबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero