
मन्थली,२६ भाद्र । रामेछापको पुरानो सदरमुका रामेछाप बजारबाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा प्र ०१–०२६ च ४९१३ नं को टाटा योद्धा -बलेरो) गाडि मन्थली न.पा वडा नं– १ मा शुक्रवार साँझ दुर्घटना हुँदा भिमेश्वर नगरपालिका वडा नं ३ स्थायी ठेगाना भएका २८ बर्षिय सन्जिब तामाङ्गको उपचारका क्रममा मृत्यू भएको छ भने अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठेगाना भएका ३० बर्षिय बलेरो चालक प्रदिप लामा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी कमल राउतका अनुसार– विटार स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा सो गाडि अन्दाजी दुई सय पचास मिटर तल खसेको थियो । दुर्घटनामा परी घाइते भएका चालक तामाङ लाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।












यो बारेमा तपाईको प्रतिकृया