Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

सेलेघाट– रामेछाप –साँघुटार सडकको हरि विजोेग 

नेपाल अभियान नेपाल अभियान
६ भाद्र २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
339
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप ६ भदौ । सडक सुधार कार्यको काम भइरहेको सेले घाट– रामेछाप –साँघुटार सडक सवैका लागि हरि बिजोग भएको छ । निर्माण कम्पनीको हेलचक्रयाई र ठेकेदारको गैर जिम्मेवारीपनका कारण उक्त सडकबाट यात्रा गर्ने र  पैदल हिँड्ने यात्री देखि सडक आसपासका बासिन्दाको  समेत हरि बिजोग भएको हो ।   

 विगत ३ वर्ष देखि कालोपत्रेको काम गर्ने जिम्मा लिएको भारतीय एक्जिम बैङ्कमार्फत भारतीय निर्माण कम्पनी टीसीआईएलले पाएको उक्त सडक खण्डमा भएको ढिला सुस्तीले भत्काएर राखिएको सडकको कामले तीव्रता पाउन सकेको छैन । सडकको काममा आएको ढिला सुस्तीले निर्माणको काम समेत प्रभावित भएको छ । 

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको उक्त सडक यति बेला  भताभुङ्ग पारेर छोडिएको छ । जसको कारण गाडी चढ्ने यात्रीहरूको यात्रा भने यो सडक निकै कष्टकर भएको छ । सडक नराम्रो गरी बिग्रिएकै कारण बर्सादको समयमा पोखरी सरह जमेको हिलोले पैदल यात्री र सडक छेउका सर्वसाधारण हरुले पनि सास्ती बेहोर्नु परेको सेतीदेवी मावि सालुका प्र अ गगन श्रेष्ठले बताउनु भयो । यो समस्याका बारेमा आफूहरूले सरोकारवाला पक्ष सँग पटक पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको पनि प्र अ श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय नजिकैको भेडिखर्कमा पोखरी जत्तिकै अवस्थामा रहेको हिलोका कारण बाल बालिका लाई विद्यालय आउन र जान पनि समस्या भएको पनि प्र अ श्रेष्ठले गुनासो गर्नु भयो । 

निर्माणको काम  थालेको करिब ३ वर्ष बितिसक्दा पनि ठेकेदारका कारण सडक निर्माणको काममा आएको शिथिलता सँगै उक्त सडक खण्डका जनप्रतिनिधि समेत आक्रोशित भएका छन् । रामेछाप नगरपालिका ७ का वडा अध्यक्ष समीर कार्कीको संयोजनमा केही दिन अघि शुकाजोरको वडा कार्यालयमा बसेको बैठकमा सहभागी जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरूले पनि उक्त कार्यको  विरुद्ध आक्रोश पोखेको घटनाले पनि  उक्त कुरालाई पुष्टलाई गरेको छ । 

असार १५ सम्म जेनतेन काम गरेका ठेकेदार हरू सेले घाट खण्डको बाहेक अहिले पूर्ण रूपमा बेखबर जत्तिकै छन् । सडक अन्धाधुन्ध रूपमा भत्काएर छाडेकोले सालुदेखी साँघुटारसम्मको विभिन्न भागमा वर्षा सुरु भएसँगै सडक ठाउँ ठाउँमा पहिरो जाने, भासिने साथै दजनौ खाल्डाका कारण यातायात सञ्चालनमा समेत निकै कठिनाइ भएको गाडी चालकहरूको गुनासो रहेको छ । सडकमा देखिएको अस्तव्यस्तताका कारण विभिन्न बस्तीहरू समेत जोखिममा परेको रामेछाप नगरपालिका वडा नं २ का वडाध्यक्ष निर कुमार श्रेष्ठले बताउनु भयो । उक्त वडा सबै भन्दा बढी प्रभावित वडा हो । 

मन्थली नगरपालि अन्तर्गतको वडा नं ४ सालु खण्डको अवस्था पनि उत्तिकै दयनीय रहेको वडाध्यक्ष राजन घिमिरेले बताउनु भयो । उहाँका अनुसार आयोजनाले समयमै काम सक्ने अवस्था अहिले पनि नदेखिए पछि यसको व्यवहार विरुद्ध संयुक्त विरोधमा जानको विकल्प छैन । आयोजनाका ठेकेदारहरूले काम गर्दा नीति नियम भन्दा माथि रहेर  अस्तव्यस्त र भद्रगोल तरिकाले काम गरेको गुनासो पनि अध्यक्ष घिमिरेले गर्नु भयो  ।

 रामेछाप बजारका अगुवा गौतम कुमार श्रेष्ठ सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीलाई सडकको अवस्था,नागरिकले पाएको हैरानी र सास्तीका बारेमा आफूहरूले नगरपालिका सँग समेत समन्वय गरेर पटक पटक अनुरोध गर्दा पनि काम अघि नबढ्नू दुखद कुरा भएको बताउनुभयो ।

 सरोकारवालहरूको गुनासोका सम्बन्धमा सडक आयोजना हेर्ने परामर्शदाता कम्पनीका प्रतिनिधि विनोद भारतीले नेपाल सरकारले मुआब्जा वितरण नगर्दा काम समयमै सम्पन्न हुन नसकेको बताउनुभयो । सरोकारवालहरूबाट आएको गुनासा र सुझावलाई टीसीआईएलका प्रमुख समक्ष आफूले प्रस्तुत गरेर तत्काल समाधानका लागि पहल गर्ने आश्वासन पनि  उहाँले दिनु भयो । आयोजनाको काम गराई र ढिला सुस्तीका बारेमा कुरा उठेपछि र उठ्नु अघि पनि आफूले मुख्य आ आयोजना लाई लिखित र मौखिक रूपमा पनि अनुरोध गरिसकेको र चाँडै नै कामको थालनी हुने विश्वास रामेछाप नगर प्रमुख लव श्री न्यौपानेले गर्नु भयो । उहाँले भन्नु भयो– हामीले छिटो भन्दा छिटो काम सक्न अनुरोध गर्दे लिखित रूपमा अनुरोध पनि गरिसकेका छौ ।  

Share136Tweet85Share24

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

६ भाद्र २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

६ भाद्र २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

६ भाद्र २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

६ भाद्र २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

६ भाद्र २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

६ भाद्र २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero