Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

श्याम सुबेदीद्वारा विपन्न र जेहनदार छोरीलाई ७ लाखको छात्रवृत्ति 

नेपाल अभियान नेपाल अभियान
१७ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
152
SHARES
Share on FacebookShare on Twitter

रामेछाप १६ भदौ । मन्थली नगरपालिका वडा नं १ सानिमदौ निवासि  श्याम सुवेदी र उहाँको परिवारले विभिन्न विद्यालयमा अध्ययनरत विपन्न र जेहनदार छोरीहरूका लागि करिब ७ लाख बराबरको छात्रवृत्ति प्रदान गर्नू भएको छ । आफ्नो परिवारको साथमा उपस्थिति हुनु भएका सुवेदीले मन्थली माविमा एक औपचारिक कार्यक्रम मार्फत १ सय ८३ जना छोरीहरूलाई छात्रवृत्ति सहित शैक्षिक सामाग्री प्रदान गर्नु भएको हो  । 

          विपन्न र जेहनदार छात्रा शिक्षा हातेमालो कार्यक्रम शीर्षकमा सुवेदीले ८ वर्ष अघि स्थापना गरेको उक्त छात्रवृत्तिको आठौँ वर्ष गाँठोको अवसर पारेर प्रदान गर्दे आउनु भएको छ । जेहनदार छात्रा शिक्षा हातेमालो कार्यक्रम अन्तर्गत नगद,स्कुल पोसाक,झोला कपी र कलम वितरण  गर्नु भएको थियो । त्यसका लागि तामाकोसी क्याम्पस खिम्ति बेसीमा अध्ययनरत  ४ जना छोरीहरूलाई कपडा, ब्याग र प्रति व्यक्ति १८हजारका दरले नगद रकम उपलब्ध गराइएको हो । 

त्यसैगरि सुवेदीले सहिद स्मृति क्याम्पस मन्थलीमा अध्ययनरत ४ जना,सेतीदेवी मावि सालुका ७ जना,भैरवी मावि सुनारपानिका ७ जना,३२ जना र मन्थली माविमा अध्ययनरत ३२ जना  छोरीहरूलाई  कपडा, ब्याग र प्रति व्यक्ति १८ हजारका दरले नगद रकम वितरण गरेको हो । छात्रवृत्ति कार्यक्रम अन्तर्गत नगद पाउनेहरूलाई नगद पैसा कपडा र झोला,शैक्षिक सामाग्री तर्फ झोला सट्याकसुटुक,र एक वर्षका लागि कपी र कलम वितरण गरिएको थियो । 

त्यस्तै सेतीदेवी आधारभूत विद्यालय गैराथोकमा अध्ययनरत ३८ जना र पशुपति आधारभूत विद्यालय गेलुका ७५ जना  विद्यार्थिहरुका लागि विद्यालय पोसाक पनि वितरण गरिएको आयोजक पक्षले जनाएको छ ।  छात्रवृत्ति पाउने सबै छोरीहरूका लागि खाने बस्ने र आउने जाने व्यवस्थापन आयोजक आफैले गरेको थियो  ।

        उक्त शैक्षिक सामाग्री मन्थली माविका पूर्व प्र अ तथा शिक्षाविद् गुन्ज बहादुर श्रेष्ठले वितरण गर्नु भएको थियो । कार्यक्रमका अवसरमा सुवेदी र सुवेदी परिवारका सबैजसो सदस्यहरू सहभागी भएर सहजीकरण गर्नू भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो । श्याम सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा  प्रमुख अतिथि  मन्थली माविका पूर्व प्र अ गुन्ज बहादुर श्रेष्ठले आफ्नो शुभकामना मन्तव्यमा सुवेदी परिवारले हरेक वर्ष विपन्न छात्रवृत्ति लक्षित कार्यक्रम सञ्चालन गरी ठुलो सङ्ख्यामा  विद्यालय पढ्ने  विपन्न छोरीहरूका लागि ठुलो टेवा र हौसला मिलेको बताउनु भयो । 

Share61Tweet38Share11

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१७ भाद्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१७ भाद्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१७ भाद्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१७ भाद्र २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१७ भाद्र २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१७ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero