Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछापका सबै  विद्यालय बन्द गर्नै  महासङ्घको निर्णय 

नेपाल अभियान नेपाल अभियान
३१ भाद्र २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
1.3k
SHARES
Share on FacebookShare on Twitter

रामेछाप ३१ भदौ । नेपाल शिक्षक महासङ्घ रामेछापले  जिल्ला भरका सामुदायिक विद्यालय बन्द गर्नै घोषणा गरेको छ । शिक्षक महासङ्घले शनिवार राती सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी औपचारिक कार्यक्रम मार्फत उक्त घोषणा गरेको हो । 

लामो समय देखि आफ्ना विभिन्न जायज माग राखेर शान्ति पूर्ण आन्दोलन मार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएको महासङ्घले आगामी असोज ३ गतेदेखि जिल्ला भरका सबै सामुदायिक विद्यालय अनिश्चित कालको लागि बन्द गर्ने जानकारी पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष शङ्कर ढुङ्गेलले जानकारी गराउनु भएको थियो । सो क्रममा अध्यक्ष ढुङ्गेलले  महासङ्घले उठाएका आफ्ना मागहरूका बारेमा चरण चरणमा भएका प्रयासहरूको समेत सरकारल्ो बेवास्ता गरेपछि आफूहरूका माग सम्बोधन नभए सम्मका लागि आफूहरूले बाध्य भएर विद्यालयका  शैक्षिक गतिविधि ठप्प पार्न लागेको जानकारी गराउनु भयो ।   

शनिवार मन्थलीमा  बसेको महासङ्घको जिल्ला कार्यसमितिको बैठकले केन्द्रीय समितिले गरेको  आह्वान अनुसार विरोध स्वरूप सबै विद्यालय ठप्प पारेर शिक्षकहरू राजधानी केन्द्रित आन्दोलनमा सहभागी हुने जानकारी पनि पत्रकार सम्मेलनमा गराइएको थियो । संसद्मा दर्ता भएको ‘शिक्षा विधेयक’ ले शिक्षकहरूको हित गर्न नसक्ने भन्दै  विधेयकले शैक्षिक क्षेत्रलाई नै धरापमा पार्न सक्ने, आगामी दिनमा नयाँ पुस्तालाई शिक्षण  पेसा प्रति वितृष्णा जगाउने गरी उक्त  विधेयक आउन लागेकाले त्यसको विरुद्धमा पनि आफूहरूले आन्दोलन गर्न लागेको जानकारी पनि अध्यक्ष ढुङ्गेलले गराउनु भयो  । 

शिक्षकहरू प्रति सरकारी बेवास्ता र विभेदले चरम रूप लिएपछि महासङ्घले बाध्य भएर विद्यालय ठप्प गराउने सम्मको निर्णय गरेको भए पनि आफ्नो आन्दोलनबाट विद्यार्थिहरुको पढाइमा भने कुनै पनि किसिमको बाधा नपुर्‍याउने पनि अध्यक्ष ढुङ्गेलले बताउनु भयो । उहाँले भन्नु भयो – हामीले  आन्दोलन पछि पनि  अन्य बिदा वा खालि समय मिलाएर विद्यार्थीको बाँकी  कोर्स र पढाइलाई पनि सम्बोधन गर्नै कार्यक्रम पनि तय गरेका छौ । 

महासङ्घका सचिव रवीन्द्र घिमिरेले सञ्चालन गर्नु भएको पत्रकार सम्मेलनमा महाँसंघका अगुवा एवं शिक्षक सङ्घका संस्थापक लक्ष्मण कुमार घिमिरेले आन्दोलन गर्नु महासङ्घको रहर नभएर बाध्यता भएको बताउनु भयो । उहाँले  असोज ३ गतेबाट सबै शिक्षकहरूलाई राजधानी काठमाडौँ केन्द्रित आन्दोलनमा सहभागी हुन र सहयोगका लागि विद्यार्थी अभिभावक र आम सरोकारवालाहरू सँग पनि आग्रह गर्नु भयो ।   

Share535Tweet335Share94

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

३१ भाद्र २०८०, आईतवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

३१ भाद्र २०८०, आईतवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

३१ भाद्र २०८०, आईतवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

३१ भाद्र २०८०, आईतवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

३१ भाद्र २०८०, आईतवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

३१ भाद्र २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero