रामेछाप २० असोज । जिल्ला ट्राफिक कार्यालय रामेछापले सर्व साधारण नागरिको लागि शुरु गरेको दसैँतिहारलाई लक्षित यात्रु सहायता कक्ष सर्व साधारणका लागि सहयोगि सावित भएको छ । ट्राफिक प्रहरी कार्यालयले दुई दिन अघि जिल्लाको दुई स्थान सेलेघाट र मन्थलीको देवकोटा चोकमा संचालनमा ल्याएको यात्रु सहायता कक्ष स्थापना गरिएसंगै यात्रु सहायता कक्ष यात्रीहरुका लागि सहयोगि सावित भएको हो ।
जिल्ला सदरमुकाम मन्थलीको देवकोटा चोक र सेलेघाट चोकमा ब्यानर र टेवुल सहि बसेको प्रहरीको टोली समक्ष आफुहरु जस्ता समस्यामा परेकाहरुका लागि गुनासो सुनुवाईमा सहज भएको रामेछाप नगरपालीका ९ का ७० बर्षिय मान बहादुर कसाईले बताउनु भयो । उहाँले भन्नु भयो गाडिवालले मन्थली देखि काठमाडौ सम्मका लागि १ हजार रुपैयाँ भाडा लाग्छ भनेको थियो । तर सेलेघाटमा पुगेर प्रहरीलाई सोधेपछि आफुले निधारित भाडा तिरेर यात्रा गर्न पाउँदा आफुलाइ खुसि लागेको पनि यात्री मान बहदुरले बताउनु भयो ।
त्यसैगरि गोकुलगंगा गाउँपालिका घर बताउने बर्ष ७२ कि देउसुरा सुनुवारले पनि आफुलाई हेल्प डेक्समा बसेको प्रहरीका कारण सहयोग पुगेको बताउनु भयो । उहाँले भन्नु भयो– म मन्थलीमा पहिलोपटक आएकोले यहाँको बारेमा मलाई कुनै पनि जानकारी थिएन् । भोक लागेर केहि खान पाईन्छकि भनेर पसलमा पुगेर फर्कदा गाडि सडकमा थिएन् । सानो नाति र झोला बसमै छुटेर अतालिएकी सुनुवारले पनि हेल्प डेक्सको प्रहरीका कारण आफु चढेको बस र नातिलाई सहजै फेला पार्न सफल भएकोमा खुसि ब्यक्त गर्नु भयो ।
विगतको अनुभबका आधारमा दसैँतिहारको समयमा वढ्ने भिडभाड संगै सर्वसाधारण मानिसहरु विभिन्न कारणले दुःख पाउने र ठगिने गरेको र यसबर्ष त्यसो नहोस भन्नकालागि वेलेमा हेल्प डेक्स स्थापना गरिएको हो । त्यस बाहेक सबै भन्दा बढि यात्रीहरु गाडिवालाहरु बाट समेत ठगिने गरेकोले प्रहरिले भिड भाड शुरु हुनु अगावै यात्रु कक्ष संचालनमा ल्याएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख तथा प्रहरी सहायक निरीक्षक दिपक चौँलागाईले जानकारी दिनुभयो ।
उक्त सहायता कक्षबाट जुनसुकै ब्यक्तिले पनि सेवा लिन सक्ने ब्यवस्था पनि प्रहरीले मिलाएको छ । उक्त सेवा पछि यात्रीहरुले भाडा गाडि हुने यात्रुको चाप, यात्रुमाथि हुनसक्ने अभद्र व्यवहार, वोकेर ल्याएको समान र यात्रु ठगिने सम्भावना लगायत विषयमा चिन्ता लिनु पर्ने अवस्थामा न्युनिकरण भएको देवकोट चोक टोल सुधार समितिका अध्यक्ष समेत रहनु भएको समाज सेवी शुरेस उदासले बताउनु भयो । यात्रु सहायता कक्ष छठ पर्वसम्म सञ्चालनमा ल्याईने जानकारी पनि प्रहरीले गराएको छ ।











यो बारेमा तपाईको प्रतिकृया