Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप नगरपालिका कर्मचारीहरू मूल ढोका बन्द गरेर आन्दोलनमा सुनापति ठप्प, अन्यमा असर देखिएन

नेपाल अभियान नेपाल अभियान
२३ आश्विन २०८०, मंगलवार
in देश, प्रदेश नं ३, समाचार
0
63
SHARES
Share on FacebookShare on Twitter

रामेछाप २३ असोज । विभिन्न माग सहित आन्दोलनमा उत्रिएको स्थानीय तहका कर्मचारीहरूका आन्दोलनका कारण आज रामेछाप नगर र सुनापति गाउँ पालिकाको काम ठप्प भएको छ । राजधानी काठमाडौँ केन्द्रित आन्दोलनका क्रममा सोमबार  कर्मचारीहरूलाई प्रहरीले निर्घात पिटेको विषय र आफ्नो सङ्गठनले उठाएका मागहरूलाई सरकारले सम्बोधन नगरेको भन्दै कर्मचारीहरूले नगरपालिकाको मूल ढोकामानै ताला र ब्यानर राखेर पूर्ण रूपमा काम ठप्प गराएका हुन् । आन्दोलनकारी हरुले ढोकामा ताला लगाएका कारण नगरपालिकामा सेवा ग्राहीहरूका कुनै पनि काम हुन पाएनन् । 

कर्मचारीहरूले आफूहरूको माग पुरा नभएसम्म काममा नफर्कने भन्दै केन्द्रीय समितिको निर्देशन अनुसार नगरको मूल ढोकामा ताल लगाएर कामकाज ठप्प बनाएका हुन् । आन्दोलनका क्रममा बिहान १० बजे नै कार्यालयमा भेला भएका कर्मचारीहरूले सङ्गठनले उठाएको मागहरू र काम ठप्प पार्नू पर्ने विषयलाई लिएर प्रमुख प्रशासकीय अधिकृतलाई  जानकारी गराएका थिए । सो लगत्तै उनीहरूले नगर परिसरमानै विभिन्न नारा पनि लगाएका थिए । 

सङ्घीय निजामती कानुनमा भएका विभेदकारी दफालाई निस्तेज पार्दे नयाँ एकीकृत निजामती कानुन मार्फत  स्थानीय तहका कर्मचारीहरूलाई समेत निजामती कर्मचारीहरूले पाउने  सरह सेवा सुविधा,सरुवा बढुवा तथा वृत्ति विकास लगायतका कुराहरूमा समेत समान व्यवहार हुनु पर्ने  लगायतका डेढ  दर्जन जति माग सहित  सङ्गठन आन्दोलनमा उत्रिएको स्थानीय तह कर्मचारी युनियनकी जिल्ला अध्यक्ष घना श्रेष्ठले जानकारी दिनु भयो । 

अहिले सरकारले स्थानीय तहका कर्मचारीका नाममा गरेको विभेदकारी व्यवहार र हेपाहा प्रवृत्तिका कारण आफ्नो सङ्गठन आन्दोलनमा उत्रिन बाध्य भएको पनि अध्यक्ष श्रेष्ठले बताउनु भयो । शान्तिपूर्ण आन्दोलनमा सोमबार काठमाडौँमा प्रहरीले कर्मचारीहरू माथि निर्मम रूपमा लाठी चार्ज गरी घाइते बनाएको विषयलाई सरकारको थप ध्यानाकर्षणका लागि आज देशभरका सबै स्थानीय तहहरूमा काम ठप्प भएको जानकारी पनि युनियनकी अध्यक्ष घना श्रेष्ठले दिनुभयो । 

आन्दोलनका क्रममा  रामेछाप नगरमा कर्मचारीहरूले ताला लगाए भने सुनापति गाउँपालिकाका कर्मचारीहरूले कार्यालय बाट प्रवाह गरिने सबै सेवा दिनभर ठप्प बनाएका थिए ।  त्यस बाहेक  जिल्लाका अन्य स्थानीय निकायहरूमा भने आन्दोलनको कुनै प्रभाव नपरेको त्यहाँका कर्मचारीहरूले बताएका छन् ।  बाँकी रहेका सबै पालिकाहरूमा दैनिक गरिने सबै काम सञ्चालनमा आए भने कर्मचारीहरूले पनि  स्वतःस्फूर्त रूपमा काम गरेको त्यहाँबाट कर्मचारीहरूले बताएका छन् । 

सदरमुकाम स्थित मन्थली नगरपालिकामा पनि सेवाग्राही हरूलाई कर्मचारीको आन्दोलनले कुनै असर गरेन । आन्दोलन जारी छ । हाम्रा माग सम्बोधन हुनु पर्छ भन्ने कुरामा हामी पनि दृढ छौ  । तर कार्यालय पूर्ण रुपमानै  बन्द भने नगराएको र पूर्ण रूपमा बन्द गराउने  अधिकार भने आफूहरू सँग नभएकोले मन्थली नगरमा भने कामै ठप्प नभएको मन्थली नगरपालिका आन्दोलन समितिका संयोजक उज्ज्वल पोखरेलले बताउनु भयो । कर्मचारीहरूको आन्दोलनका कारण जिल्लाको  खाँडादेवी,दोरम्बा,उमा कुण्ड र गोकुलगंगा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकामा पनि कुनै प्रभाव नपरेको र नियमित काम भएको छ । 

७७ वटा जिल्लाका सबै स्थानीय तह र  राजधानी केन्द्रित आन्दोलनमा उत्रिएका कर्मचारी र प्रहरी बिच झडप भएको थियो । सो क्रममा दर्जनौँ कर्मचारी घाईत भएपछि केन्द्रले आन्दोलनलाई थप शसक्त बनाउन सबै स्थानीय तहलाई निर्देशन दिएको भए पनि रामेछाप जिल्लामा भने आन्दोलनमा एकरुपता भने देखिएन । 

Share25Tweet16Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

२३ आश्विन २०८०, मंगलवार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

२३ आश्विन २०८०, मंगलवार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

२३ आश्विन २०८०, मंगलवार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

२३ आश्विन २०८०, मंगलवार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

२३ आश्विन २०८०, मंगलवार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

२३ आश्विन २०८०, मंगलवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero