रामेछाप १ असोज । अनुगमनका क्रममा कम तौल भएको ढक प्रयोग गरी उपभोक्ताहरूलाई ठगी गरेको भन्दै जिल्ला अनुगमन समितिले सदरमुकाम मन्थलीमा रहेका आधा दर्जनभन्दा बढी सुनचाँदी पसलहरूलाई कार्वाहि गर्ने भनी गरेको सिफारिस प्रति नेपाल सुनचाँदी कला व्यवसायी सङ्घले आप्रति जनाएको छ । उसले मङ्गलवार आफ्नो कार्यकक्षमा पत्रकार सम्मेलनको आयोजना गरी अनुगमन समितिले कार्वाहिका नाममा आफ ना ब्यवसायीहरुलाई पत्राचार गरी अनावश्यक तनाव दिएको आरोप पनि लगाएको छ ।

सुनचाँदी कला व्यवसायी सङ्घ जिल्ला शाखाले अनुगमन समितिले आफ ना ब्यवसायीहरुलाई लगाईएको आरोप पुष्टि गरेर देखाउन पनि चुनौती दिएको छ । उसले अनुगमन समिति समक्ष ब्यवसायीहरुलाई गल्ती प्रमाणित गरेर मात्र कार्वाहि प्रक्रिया अघि बढाउन पनि अनुरोध गरेको छ । कार्वाहिको सिफारिसमा परेका आफना ब्यवसायीहरुको रोहबरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सङ्घका कार्य वाहक अध्यक्ष तुल बहादुर विश्वकर्माले व्यवसायीहरूले कानुनको पावन्दि भित्र रहेर काम गर्दा गर्दाे पनि नियामक निकायले कार्वाहिका लागि पत्राचार गर्नु गलत रहेको बताउनु भयो ।
चाँडवाड नजिएसँगै गत असोज २३ र २४ गते जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, रामेछाप खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली र गुणस्तर तथा नापतौल कार्यालय जनकपुर समेतको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको थियो । सोही क्रममा मन्थली बजारका आठ वटा सुनचाँदी पसलहरूले मापदण्ड बमोजिम कम तौल भएका ढक प्रयोग गरेर सुनचाँदीको कारोबार गरेका पाइएको भन्दै कानुनको दफा सहित उल्लेख गरी जनही १० हजार रुपैयाँ जरिवाना बुझाउन पत्राचार गरेको थियो ।
सङ्घको नेतृत्वमा अनुगमनको केही दिन अघि ब्यवासायीहरुले आफ ना ढक र तराजु कानुन अनुसार व्यवस्थापन र नवीकरण गरेर ल्याएको र उक्त सरकारी कागजात र प्रमाण सुरक्षित रहेको अवस्थामा अनुगमन समितिले ब्यवसायीहरुको कुरानै नसुनी एक पक्षीय ढङ्गले कार्वाहि प्रक्रिया अघि बढाउनु दुःखद कुरा रहेको सङ्घका सचिव सिताराम लोहारले पत्रकार सम्मेलनमा बताउनु भयो । उहाँले व्यवसायीहरूले निर्दाेसिताको प्रमाण पेश गर्दा गर्दे पनि कार्वाहिका लागि पत्राचार गरिनु दुःखद कुरा भएको भन्दै यस बारेमा आफुहरुले प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराई सकेको बताउनु भयो ।
अनुगमन समितिका नाममा निर्दोष रहेका आफ ना ब्यवसायीहरुलाई कार्वाहि स्वरूप जरिवाना तिर्न बाध्य बनाए सुन चाँदी कला व्यवसायी सङ्घ कानुनी लडाइँका लागि अदालत सम्म जान तयार रहेको पनि सचिव लोहारले चेतावनी दिनु भयो । ब्यवासायीहरु कानुनी रूपमा सुरक्षित हुँदा हुँदै पनि अनुगमनका नाममा समितिले एक्लौटि रूपमा गरेको निर्णयले ब्यवसायीहरुको व्यवसायी नैतिकता माथि नै प्रश्न उठ्नु दुःखद कुरा रहेको पनि सङ्घले बताएको छ ।
समितिका नाममा जारी प्रतिवेदनको समाचार विभिन्न मिडियाहरूमा आएको प्रति पनि सङ्घले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।व्यवसायीहरू निर्दोष हुँदा हुँदै पनि अनुगमन समितिले कार्वाहि प्रक्रिया अगाडी बढाउनु उक्त प्रतिवेदनको समाचार विभिन्न मिडियामा प्रकाशन भएको प्रति पनि सङ्घको ध्यानाकर्षण भएको भन्दै प्रतिवेदन र समाचार दुवै गलत रहेको पनि पत्रकार सम्मेलन मार्फत प्रस्टाएको छ ।
जिल्ला बजार अनुगमन समितिका सदस्य सचिव सुबोध कुमार शाह कर्मयोगीको हस्ताक्षरमा २०८० असोज २५ गते जारी भएको प्रतिवेदनअनुसार मापदण्ड बमोजिम कम तौल भएको ढक राखेर सुनचाँदीको कारोबार गर्ने सुनचाँदी पसलहरूमा न्यु सनराइज ज्वेलर्स, शम्भु सुनचाँदी पसल, कालिका सुनचाँदी पसल, र मनकामना सुनचाँदी पसल रहेका छन् । यस्तै, माया ज्वेलर्स, दीपलक्ष्मी सुनचाँदी पसल, ओम शिव शक्ति सुनचाँदी पसल र श्रीकृष्ण सुनचाँदी पसलको नाम पनि उल्लेख गरिएको छ । उक्त प्रतिवेदनको ५ नम्बर बुँदामा ती सुनचाँदी पसलहरूलाई १०÷१० हजार रुपैयाँका दरले जरिवाना गरिएको उल्लेख छ ।
यसरी अवैधानिक र अविश्वसनीय नापतौल यन्त्र राखेर सुनचाँदी बिक्री गर्ने सुनचाँदी पसलहरूलाई प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन, २०७६ को दफा ६० को खण्ड (क) दफा ६१ को उपदफा (१) को खण्ड क, ख, ग, घ, ङ बमोजिम १०÷१० हजार रुपैयाँ दरले समितिले जरिवाना गरेको भए पनि प्रतिवेदनमा सुनचाँदी पसलहरूलाई किन जरिवाना गरिएको ? भन्ने विषयमा भने कुनै स्पष्ट धारणा उल्लेख गरिएको छैन ।











यो बारेमा तपाईको प्रतिकृया