Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

नेपाल अभियान नेपाल अभियान
१० मंसिर २०८०, आईतवार
in देश, प्रदेश नं ३, समाचार
0
107
SHARES
Share on FacebookShare on Twitter

महासमितिको स्वार्थले  रामेछाप काँग्रेसको विवाद मिलायो   सहमतिका लागि न्यौपानेको संयोजकत्वमा समिति गठन

रामेछाप –शनिवार जिल्ला पार्टि कार्यालय मन्थलीमा सम्पन्न २०ओै जिल्ला कार्यसमितिको  बैठक सँगै  नेपाली काँग्रेस रामेछापमा देखिएको विवाद सकिएको छ । सभापति पूर्ण बहादुर तामाङले बोलाएको बैठकमा नेतृत्व सँग पूर्ण रूपमा असहमत राख्दै आएको पूर्व सभापति रामचन्द्र खड्का नेतृत्वको समूह पनि बैठकमा सौहार्दपूर्ण तरिकाले सरिक भएको थियो । उत्कर्षमा पुगेको रामेछाप काँग्रेसको विवाद  विद्रोही पक्षको सक्रिय सहभागिता  सँगै समाधान भएको काँग्रेसका जिल्ला कार्य समितिका प्रभावशाली  सदस्य हिमाल ढुङ्गेलले जानकारी दिनु भयो । उहाँले भन्नु भयो बैठक मर्यादित पूर्ण र साँच्चिकै बैठक जस्तै भएर सकिएको छ । बैठकले यसै गरी निरन्तरता पाउने कुरामा आफू र अन्य साथीहरू  आशावादी रहेको पनि उहाँले बताउनु भयो । बैठकमा नेतृत्व सँग असहमत राख्ने पक्षका नेताहरूले पनि सक्रियता र सकारात्मक  पूर्वक आ आफ्नो धारण राखेका थिए । 

२७ महिना अघि सम्पन्न पर्टिको जिल्ला अधिवेशनबाट सङ्घीय सांसद एवं वर्तमान सभापति पूर्ण बहादुर तामाङ नेतृत्वमा आए सँगै विभिन्न आरोप सहित पूर्व पार्टी रामचन्द्र खड्काको नेतृत्वमा वर्तमान उपसभापति नवराज थोकर र सचिव विनोद कार्की लगायतका करिब १ दर्जन भन्दा बढी नेताहरूले  वर्तमान नेतृत्वको कार्यशैली प्रति असहमति जनाउँदै आएका थिए । 

बैठकले यही मङ्सिर २३ गते पार्टीको  महासमिति सदस्यका लागि मन्थलीमा निर्वाचन गराउने मिति समेत तोकेको छ । त्यसै गरी बैठकले निर्वाचनको मिति अगावै दुवै  पक्षका नेताहरू सँग बसेर सर्व सम्मत महासमितिको प्रयास गर्नका लागि रामेछाप नगरपालिकाका मेयर एवं पार्टीका पूर्व सभापति  लव श्री न्यौपानेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।  

समितिमा नेपाली काँग्रेस रामेछापका सल्लाकार कृष्ण महत, सदस्य चिना खड्का, दुवै प्रदेश क्षेत्रीय सभापतिहरू निरोज खड्का र राजेश श्रेष्ठ सदस्य रहेका छन् । उक्त समितिलाई बैठकले महासमिति सदस्यहरुमा सहमति जुटाउने जिम्मेवारी दिएको छ । समितिले मङ्सिर १७ गते सम्म सहमतिको पहल गर्ने र सहमति जुट्न नसकेमा सहमति जुट्न नसक्नुको कारण सहित जिल्ला कार्यसमितिलाई प्रतिवेदन बुझाउनु पर्ने र उक्त प्रतिवेदनका आधारमा  मङ्सिर २३ गते महासमिति सदस्यको चुनाव हुने गरी चुनावी प्रक्रिया अघि बढाइने जिल्ला कार्यसमितिको बैठकले निर्णय गरेको छ ।

 नेपाली काँग्रेसको विधान अनुसार ११ सदस्य महाधिवेशन प्रतिनिधिका लागि ५ जना खुल्ला र अन्य ६ जना समावेसीकोटा बाट छनौट गर्नु पर्ने प्रावधान रहेको छ ।  महासमितिका लागि दुवै पक्षका नेताहरू सहमति नजिक पुगि सकेकोले  सहमतिमा आउन सक्ने सम्भावना अत्याधिक रहेको एक नेताले बताए । महा समितिको भावण्डामा आ आफ्ना पक्षका मान्छेलाई मिलाउनु पर्ने भएकोले अहिले नेतृत्वको मुख मिलेको भए पनि यो मिलापले दीर्घकालीन निकास पाउने कुरामा भने कार्यकर्ता हरुले आशङ्का व्यक्त गरेका छन्  । त्यसैगरि बैठकले पूर्व जिल्ला कोषाध्यक्ष कुमार श्रेष्ठलाई जिल्ला सदस्यमा मनोनीत गर्ने सभापतिको प्रस्तावलाई पनि सर्व सम्मत रूपमा अनुमोदन गरेको जानकारी पार्टी सचिव दीपक खड्काले दिनु भयो । 

Share43Tweet27Share7

Related Posts

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा
देश

रामेछाप काँग्रेस सभापति कान्छाराम निल्म्बनमा

१० मंसिर २०८०, आईतवार
तालिम सुरु
समाचार

तालिम सुरु

१० मंसिर २०८०, आईतवार
थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ
संघ

थपलियाको नेतृत्वमा होटल तथा पर्यटन ब्यवसायी संघ

१० मंसिर २०८०, आईतवार
घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग
समाचार

घरेलु हिसा पिडित शर्मिला लाई इन्सेककाे सहयाेग

१० मंसिर २०८०, आईतवार
रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी
समाचार

रामेछाप उद्योग बाणिज्य संघमा प्रकाश श्रेष्ठ बिजयी

१० मंसिर २०८०, आईतवार
समाचार

६९ आैं सहकारी दिवस विविध कार्यक्रमका साथ मनाईयाे

१० मंसिर २०८०, आईतवार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© २०७६ नेपाल अभियान | Powered by वेबपल नेपाल.