Nepal Abhiyan
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका
No Result
View All Result
Nepal Abhiyan
No Result
View All Result

रामेछाप उद्योग वाणिज्य संघले मन्थलीमा महोत्सव गर्ने

नेपाल अभियान नेपाल अभियान
१३ मंसिर २०८०, बुधबार
in देश, प्रदेश नं ३, समाचार
0
57
SHARES
Share on FacebookShare on Twitter

 

रामेछाप, १३ मङ्सिर । रामेछाप उद्योग वाणिज्य सङ्घ रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आगामी पुस २६ गतेदेखि माघ ६ गते सम्म वृहत् रामेछाप महोत्सव गर्ने भएको छ । जिल्लाको कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई दर्बिलो र गर्विलो बनाई स्थानीय उत्पादनको महत्त्व र बजारीकरणको समेत उचित व्यवस्थापन  गरी संवृद्ध रामेछापको परिकल्पनालाई साकार गराउने  मूल उद्देश्यका साथ सङ्घले  जिल्ला समन्वय समिति मन्थलीको हाता भित्र महोत्सवको आयोजना गर्न लागेको हो  । 

 सङ्घको  नियमित  बैठकले जिल्लाको पर्यटन ,कृषि तथा औद्योगिक क्षेत्रको अभिवृद्धिका लागि  समृद्ध रामेछापको परिकल्पनालाई साकार बनाउने उद्देश्यले वृहत् रामेछाप महोत्सवको आयोजना गर्न लागिएको रामेछाप उद्योग बाणिज्यसंघका अध्यक्ष नविन थापाले जानकारी दिनुभयो । महोत्सव मार्फत आन्तरिक तथा वाह्य पर्यटर्कहरुको समेत आकर्षणलाई समेत वढावा दिनुका साथै होटेल ब्यवसायीहरुको  व्यवसाय लाई पनि  प्रवर्द्धन सँगै प्रचार प्रसार मार्फत बजारीकरण र आय आर्जन सँगै जोड्ने मूल उद्देश्यले रामेछाप उद्योग वाणिज्य सङ्घले जिल्ला सदरमुकाममा  वृहत् रामेछाप महोत्सव गर्न लागेको पनि अध्यक्ष थापाले बताउनुभयो । 

कार्यक्रमलाई सबै क्षेत्र र पक्ष सँग समन्वय गरेर सफल बनाउनका लागि सङ्घले पूर्व अध्यक्ष केशव प्रसाद घिमिरेको संयोजकमा मूल आयोजक समिति गठन गर्ने समेत निर्णय गरेको छ । समितिले घिमिरे संयोजक रहेको समितिलाई अर्को हप्ता बैठक बसी पूर्णता दिने जानकारी पनि अध्यक्ष थापाले दिनु भयो । सो बैठकले उक्त कार्यक्रम तयारीका लागि आवश्यक पर्ने प्रचार प्रसार लगायत अन्य उप समितिहरू गठन गरी जिम्मेवारी तोक्ने तयारी पनि  गरेको छ । 

विभिन्न उप समितिलाई जिम्मेवारी तोकेपछि सोही जिम्मेवारीका आधारमा वृहत् महोत्सवलाई भव्य र सभ्य बनाउँदै  सबै जिल्ला वासी र स्थानीय सरकारहरू सँग  समेत समन्वय गरी महोत्वसबको आवश्यक तयारी गर्ने निर्णय गरेको छ । यसको सफलता सँगै सबै जिल्लावासीहरू समेतलाई महोत्सवमा अपनत्व कायम गराउनका लागि  पनि सङ्घले जिम्मेवार पूर्ण भूमिका निर्वाह गरेर अगाडि बढ्ने पनि बैठकले निर्णय गरेको छ । बैठकले मूल समारोह समिति सँगै  आवश्यकताका आधारमा उप समितिहरू गठन गरेपछि सबै तयारी र प्रक्रियाका बारेमा जिल्लाका सरोकारवालाहरू समेतको रोहबरमा  वृहत् पत्रकार सम्मेलन मार्फत आवश्यक जानकारी गराउने  निर्णय गरेको पनि अध्यक्ष थापाले जानकारी दिनु भयो । यसको सफलताका  लागि प्रचार प्रसारलाई पनि अभियानको रूपमा अगाडि बढाइने छ । यसलाई सफल र पूर्णता दिने कार्यमा सहयोग गर्न सबै जिल्लावासी र सरोकार पक्ष सँगै समेत सङ्घको बैठकले आग्रह गरेको छ । 

Share23Tweet14Share4

Related Posts

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते
प्रहरी-प्रशासन

मन्थलीमा बलेरो दुर्घटना , एकको मृत्यू एक घाइते

१३ मंसिर २०८०, बुधबार
ढुङ्गेल र हायू सम्मानित
समाचार

ढुङ्गेल र हायू सम्मानित

१३ मंसिर २०८०, बुधबार
नेपाल प्रेस युनियनमा कुमार
राजनीति

नेपाल प्रेस युनियनमा कुमार

१३ मंसिर २०८०, बुधबार
सेती पाखाको स्थानीयले पठाए राहत सामग्री
समाचार

सेती पाखाको स्थानीयले पठाए राहत सामग्री

१३ मंसिर २०८०, बुधबार
मन्थलीमा लाखे नाँचसुरू
समाचार

मन्थलीमा लाखे नाँचसुरू

१३ मंसिर २०८०, बुधबार
रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात
समाचार

रसुवाको बाढीमा परी रामेछापका बेपत्ता हुनेको संख्या ३२ मध्ये १ जना सम्पर्कमा ३१ जनाको अबस्था अझै अज्ञात

१३ मंसिर २०८०, बुधबार

यो बारेमा तपाईको प्रतिकृया

हाम्रो बारेमा

सभ्य समाज समृद्धिको आधार, तपाई हामी नै हौं विकासको पूर्वधार भन्ने नाराका साथ हामी नेपाल अभियान मार्फत तपाईहरू माझ आएका छौं । नेपाल अभियानले तथ्यमा आधारित ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण, अन्तर्वार्ता लगायतका सामाग्री निरन्तर सम्प्रेषण गर्दै जानेछ ।

नेपाल अभियान मिडिया ग्रुप प्रालि

अध्यक्ष- बद्री नयाँघरे
सम्पादक- रमेश ढुंगेल

सम्पर्क

नेपाल अभियान मिडिया ग्रुप प्रा.लि.
मन्थली-१¸रामेछाप
फोन : ०४८-५४०३२७
मोबाइल नं ९७४४०००२९२,९८५४०४००८३
ईमेल- [email protected]
सूचना विभागमा दर्ता-१३२०/०७५/०७६

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero

No Result
View All Result
  • गृह
  • समाचार
  • समाज
  • राजनीति
  • स्थानीय सरकार
  • कुराकानी
  • विचार
  • कारोबार
  • खेलकुद
  • विश्व
  • विविध
    • प्रहरी-प्रशासन
    • पर्यटन
    • पुर्वाधार
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • साहित्य
    • रोचक
    • फोटो फिचर
    • पत्रपत्रिका

© 2026 Nepal Abhiyan | Design & Developed By TwoZero